बोक्सी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बोक्सीको एक काल्पनिक चित्र

बोक्सी जादुमन्त्र गरेर अरूलाई दुःख दिने विश्वास गरिएकी काल्पनिक महिला हो । वास्तवमा बोक्सी भन्नाले कुनै एकमात्र देवी मानेर अथवा एक विषेश प्रकारको देविलाई मानेर आफ्नो आत्मा सर्मपित गरेर कुनै मन्त्र वा ज्ञान प्राप्त गरेका महिलालाई बुझाउछ (पुराण अनुसार) बोक्सी कुनै उदेश्य प्राप्तीको लागि बन्ने हुन्छन् बिभिन्न झाक्रि तथा बिभिन्न तन्त्र मन्त्र जानेका ब्यक्तीको भनाइमा बोक्सी भन्नाले उसको बनावट नै अर्को हुने होइन ऊ पनि हामी जस्तै मानिस हो तर ऊ सँग असाधारण शक्ति हुन्छ । आफु सँग भएको एस्तो असाधारण शक्तिको दुरूपयोग गरि अरुलाई दुख दिने काम गर्नेलाई बोक्सी भनिन्छ ।भनिन्छ धामी र बोक्सीले पढेको विद्या एउटै हो | फरक एउटाले मानिसको लागि हित हुने काममा आफ्नो शक्ति अनि विद्याको सदुपयोग गर्छ भने अर्कोले अरुलाई दुख दिने काममा आफ्नो ज्ञान प्रयोग गर्छ ।