बोगटी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बोगटी नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दू धर्मावलम्बी विशेषतया नेपाली भाषीहरूको थर हो।

बोगटी थर[सम्पादन गर्नुहोस्]

नेपालमा ब्राह्मण, क्षेत्री , वैश्य र शुद्र सम्मनका जातिले बोगटी थर लेखेका छन् ।

नेपालमा वोगटी थर लेख्नेहरू[सम्पादन गर्नुहोस्]

बोगटीहरूले आफूलाई क्षेत्री भन्ने र क्षेत्री जातिसँगै वैवाहिक सम्बन्ध गर्ने गरेको पाईन्छ । तिनका कुलदेवतापनि फरक–फरक छन् । तिनका गोत्रपनि फरक–फरक देखा पर्दछ । जानकारीमा आए अनुसार निम्न तालिकामा वोगटी थर लेख्नेहरूको बसोबास भएको स्थान र गोत्र पहिचान उल्लेख गरिएको छ । :-

जिल्लाको नाम ठेगाना गोत्र लेख्नेगरेको थर
डोटी बोगटान शौनक बोगटी
,, खातीवडा ६, खुलेक शौनक बोगटी
,, भल्मा सुना बोगटी
,, अतुराली कश्यप बोगटी
बैतडी -- भारद्वाज बोकटी
अछाम मार्कु,मिस्तुर सौनम बोगटी
मंगलशेन, मार्कु कश्यप बोगटी
दैलेख भवानी ५ कश्यप बोगटी
,, -- कौशिल्य बोगटी
भोजपुर सडानन्द नगरपालीका ४ कश्यप बोगटी
म्याग्दी वेनीनगरपालीका १, रत्नेचौर कौशिल्य बोगटी
गोर्खा पालुङ्गघाट २ र व्यापानी कश्यप बोगटी
नुवाकोट विदुरनगरपालीका ९ कश्यप बोगटी
ओखलढुङ्गा -- कश्यप बोगटी
ओखलढूङ्गाबाट काठामाण्डौ आएका -- शिवनाम बोगटी
लम्जुङ सुन्दरबजार नगरपालीका ६ कश्यप बोगटी
लमजुङ भालय खर्क कश्यप बोगटी
मकवानपुर हेटौडा कश्यप बोगटी
झापा -- काँसीगोत्र,कौशिका शाखा बोगटी
काठमाण्डौ कोटेश्वर,काठमाण्डौ, सितापाईला कश्यप बोगटी
काठमाण्डौ नयाँ बानेश्वर,काठमाण्डौ शौनक बोगटी
किर्तीपुर र चोभारक्षेत्र किर्तीपुर कौशिक बोगटी
ललितपुर भैसेपाटी ७ शिवनाम बोगटी
हुम्ला अदानचुली-2 लाम्पाटा शिवनाम बोगटी

काम, स्थान र पदको आधारमा थर, थरभित्र पनि विविधता स्थान, काम, पद र निगाहाका आधारमा थरबनेका धेरै छन् । भण्डारको कामगर्ने भण्डारी, ज्योतिषि (ज्वईसी) गर्ने जोशी, रोस्या (चुला)को कामगर्ने रोस्यारा, पानीभर्ने पनेरु, फूल टिप्ने फूलारा, पूजाको कामगर्ने पूजारा, पूजारा अन्तरगत ब्राह्मणक्षेत्री दुवै थरका पाईन्छन् । निरोली बसेका निरौला । लेखनको कामगर्ने लेखक, पाठ वाचन गर्ने पाठक, बेलका रुखमुनि बास बसेको बेलवासे, सापकाटेर सापकोटा, खड्क चलाउँने खड्का, बनेका थरहरू यसै प्रकार बनेका हुन्। त्यस्तै विटकर उठाउँनेलाई विष्ट आज अधिकांश विष्ट थरका क्षेत्रीहरू हाम्रो समाजमा छन् । तिनै मध्ये बैतडी क्षेत्रमा बसोवास गर्ने गौतमकश्यप गोत्रीहरूमै कसैलाई काला विष्ट, गोरा विष्ट भनिन्छ । कठायत र विठारी थरका क्षेत्रीहरू पनि हाल विष्ट थर लेख्न थालेका छन् । यी डोटी गडसेरा क्षेत्रमा छन् । भारद्वाज गोत्री विष्ट डोटी गडसेराको बिसफरामा बस्छन् ।

बोगटीले मान्ने विशेष पर्वहरू[सम्पादन गर्नुहोस्]

बोगटी थर पद , स्थान सहित विभिन्न अवस्थाबाट बनेको एउटा थर भएकोले यसले मान्ने फरक पर्ब ,तिहार हुँदैन । बोगटी थर लेख्नेहरु हिन्दु हुन् । यी अन्तर्गत शिव ,मस्टो ,भगवती , देबी सहितका देवता मान्दछन् । बैतडीका बाहुन बोगटीका देवता मालिका छन् । एक किसिमले भन्ने हो भने नेपालको प्राय अधिकांस जिल्लामा बोगटी लेख्नेहरू बसोबास गर्छन् । हिन्दु धर्म मान्दछन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]