बोझो

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बोझो
Sweet flag
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
(unranked): फूलफुल्ने वनस्पति
(unranked): एकदलीय
गण: Acorales
कुल: Acoraceae
वंश: Acorus
प्रजाति: A. calamus
द्विपद नाम
Acorus calamus
L.

यो घाटि बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो| यदाकदा यो खानेकुरामा मसलाको रूपमा पनि प्रयोग हुन्छ| जापानी समाजमा यसलाई बीरताको प्रतीकको रूपमा पनि लिइन्छ ( पातको रूप समुराई तरवारको आकारको हुना ले)| यसको स्वाद अलि परपराउने , पीरो र तीतो अनि र वासना सुगन्धित मिश्रण युक्त हुनाले अङ्ग्रेजीमा sweet flag भनिन्छ|

Illustration Acorus calamus0.jpg

बोझो नेपालका हिमाली भेकका नदी , खोलानालातिर अक्सर समुद्री सतहभन्दा २,००० मी. उचाईसम्म पनि अलि दलदल परेका ठाउँमा पाइन्छ। यो विरुवा जमीनमुनि रहेको काण्डबाट पल्हाई आउँछ। काण्ड जमीनमुनि समकोण भएर २० से.मी. देखि १ मी. सम्म फैलिएर रहेको हुन्छ। यो फिक्का सुन्तला वा खैरो गुलाफी रंगको र ०.६ देखि २.० से.मीको मोटाई भएको हुन्छ। यो काण्डलाई सजिलैसँग टुक्रा गर्न सकिन्छ। यसको भित्री भाग सेतो वा अलि गुलाफी रंगको हुन्छ। काण्डको माथिल्लो सतहमा मसिनो झुस हुन्छ र तल्लो सतहमा जरा झरी दाग बसेका हुन्छन्। यसको वासना सुगन्धित र स्वाद अलि परपराउने , पीरो र तीतो हुन्छ।

पात जमीन मुनि रहेको काण्डबाट पल्हाई आएको हुन्छ। पात ५ देखि ४० से.मी. लामो र १ देखि ३ से. मी . चौडा भै टुप्पो तीखो भएको हुन्छ।

बोझोको खेती यसको काण्डबाट ओसिलो जमीनमा गरिन्छ। नतिशितोष्ण वा केही न्यानो जलवायु तथा प्रशस्त मल , घाम र दलदल परिस्थिति यसलाई अति उपयोगी हुन्छ।

यो जडीबुटी वाली रोपिएको एक वर्षपछि नै संकलन गर्न सकिन्छ। हरेक बसन्त ऋतुमा माटो मुनिबाट काण्ड संकलन गरिन्छ। संकलन गर्दा जमीनभित्र काण्डको केही भाग छोड्नु पर्दछ। यसले गर्दा विरुवा मासिने डर हुंदैन र यसै काण्डबाट अर्को वर्ष बोट पल्हाएर आउँछ। प्रत्येक एक एकड जमीनमा सुकेको बोझोको काण्ड १,१५२ के. जी. सम्म प्राप्त गर्न सकिन्छ। यसरी संकलन गरिएको काण्ड पानीमा पखालिन्छ र टुक्रा टुक्रा गरी घाममा राम्ररी सुकाइन्छ। राम्ररी सुकिसकेपछि ७५ प्रतिशतसम्म तौँलमा कम हुन्छ। सुकेको काण्ड बोरामा कसेर ओभानो गोदाममा राखिन्छ।

आयुर्वेदिय पद्धतिअनुसार यस जडीबुटीको काण्ड ग्रन्थी , बाथ , ज्वरो , शुल , कफदोष इत्यादिमा प्रयोग गरिन्छ। यसले भोग जगाउँछ , कण्ठ रोगलाई हित गर्दछ।

बैज्ञानिक नामः एकोरस क्यालामस (Acorus calamus Linn)

संस्कृत नामः बचा , उग्रगन्धा , गोलोमी , जटिला , उग्रा

वनस्पति परिवार एरेसी (Araceae)