बोया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बोया
बोया
—  गाउँ विकास समिति  —
बोया is located in Nepal
बोया
निर्देशाङ्क: 27°10′N 87°00′E / 27.16°N 87.00°E / 27.16; 87.00निर्देशांक: 27°10′N 87°00′E / 27.16°N 87.00°E / 27.16; 87.00
देश  नेपाल
अञ्चल कोशी अञ्चल
जिल्ला भोजपुर
जनसङ्ख्या (1991)
 - जम्मा ४,१०७
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

बोया नेपालको कोशी अञ्चलको भोजपुर जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ८१६ वटा घर छन्।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २००१को जनगणना अनुसार बोयाको जनसंख्या ४०६५ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्। .बोया गाविस:

२९.८८ वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको बोया गाविसको सुन्दरता आफ्नै ठाउँमा रहेको पाइन्छ । यस गाविसमा ८१६ घरधुरी रहेका छन् भने ४,०६५ जनसंख्या रहेको छ । भोजपुर सदरमुकामदेखि करिब सात कोष उत्तरमा रहेको बोया गाविसमा राई, क्षेत्री, बाहुन, नेवार, तामाङ, आदि जातिको बसोवास रहेको पाइन्छ भने किरात राई साम्पाङ रेप्सुना भाषामा ‘बुक्तामु’ अर्थात् उकालो ठाडोको अर्थबाट बोया रहन गएको भन्ने भनाइ स्थानीय बासिन्दाको रहेको देखिन्छ । अर्को अर्थमा तामाङ भाषामा बयर लाई बोयार र नेवार भाषामा बोक्नेको अर्थ बुयेको अपभ्रंश नै बोया हो भन्ने गरिएको पाइन्छ । यस गाविसमा खेती योग्य जमीन ४०% प्रतिशत रहेको छ भने धान, कोदो, मकै आदि अनाज तथा तरकारी, फलफूल पनि उत्पादन हुने गरेको देखिन्छ । यहाँ १ मावि, र ७ प्रावि स्कूल संचालनमा रहेको पाइन्छ । [२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपाल जनगणना २००१" 
  2. bhojpur.org/index.php/२०१२-०१-०८-१३-३१-३१