ब्रह्मपुरी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(ब्रह्मपुरी, सर्लाहीबाट अनुप्रेषित)
ब्रह्मपुरी, सर्लाही
ब्रह्मपुरी गाउँपालिका
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही जिल्ला
सरकार
 • प्रकारगाउँपालिका
 • अध्यक्षराम पदारथ साह तेली
जनसङ्ख्या
 (बि.स.२०६८)[१]
 • जम्मा२९८३२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६
वेबसाइटhttps://brahmapurimun.gov.np/

ब्रह्मपुरी नेपालको पूर्वी तराई क्षेत्रको मधेश प्रदेश को सर्लाही जिल्लामा अवस्थित एउटा गाउँपालिका हो। यो गाउँपालिका वि.सं. २०७३ मा पहिलाका ७ गाविसहरु मिलाएर बनाइएको हो। यसमा जम्मा ७ वडाहरु छन्। क्षेत्रफल ३३.८९ वर्ग किमि मा फैलिएको यो गाउँपालिकाको जनसंख्या २९,८३२ रहेको छ। यसको पूर्वमा पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिका, उत्तरमा चन्द्रनगर गाउँपालिका र ईश्वरपुर नगरपालिका, पश्चिममा मलङ्गवा र कविलासी नगरपालिका र दक्षिणमा भारतको बिहार राज्यको सीतामढ़ी जिल्ला पर्दछन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]