ब्राजिल
नेपाली विकिपीडियाबाट
ब्राजिल दक्षिण अमेरिकाको सबैभन्दा ठुलो र धेरै जनसंख्या भएको राष्ट्र हो। [२] क्षेत्रफल अनुसार यो देश विश्वको पाँचौं ठुलो देश हो भने जनसंख्या अनुसार यो देश विश्वको पाँचौं ठुलो तथा चौथौं ठुलो लोकतान्त्रिक मुलुक हो। [२][३] संसारको सर्वाधिक पोर्तुगेली भाषा बोल्ने जनसंख्या यो देशमा छ। यो देशको पूर्वमा आन्ध्र महासागर (ब्राजिलको तटीय क्षेत्र ७९४१ किमि लामो छ)[२] उत्तरमा भेनेजुएला, सुरिनाम, गायना र फ्रेञ्च गायना पर्दछन्; उत्तरपश्चिममा कोलम्बिया; पश्चिममा बोलिभिया र पेरु; दक्षिणपश्चिममा अर्जेन्टिना र पाराग्वे र दक्षिणमा उरुग्वे पर्दछन्। आन्ध्र महासागरमअ धेरै आर्किपेगालोहरु ब्राजिलका भूभागमा पर्दछन् जस्तै फर्न्याण्डो दे नोरोन्हा, रोकास अटोल, सेण्ट पिटर एण्ड पल रक्स, र ट्रिन्डेड र मार्टिम भाज।[२]
सन् १५००तिर पेद्रो अल्भारेस् काब्राल ब्राजिलमा पुगेदेखि सन् १८२२मा ब्राजिलको स्वतन्त्रतासम्म ब्राजिल पोर्चुगलको उपनिवेश थियो। [४] स्वतन्त्रता पश्चात शुरुमा ब्राजिली साम्राज्यको रुपमा विकशित यो राष्ट्र १८८९ देखि गणतन्त्र बन्यो। बाइक्यामेरल लेजिस्लेचर (अहिले ब्राजिलको राष्ट्रिय काँग्रेस) १८२४ मा स्थापना भएको थियो जब प्रथम संविधान स्वीकारिएको थियो। [४] ब्राजिलको संविधानले ब्राजिललाई संघीय गणतन्त्रको[५] परिभाषा दिएको छ। संविधानले ब्राजिललाई २६ ब्राजिली राज्यहरु, ब्राजिली संघीय जिल्ला र नगरपालिकाहरु (अहिले ५,५६४ भन्दा बढी)को संघको रुपमा स्थापना गरेको छ। [५][६]
ब्राजिल संसारको १०औं ठुलो अर्थतन्त्र हो।[७] यो राष्ट्रलाई आर्थिक पुनर्संरचनाहरुले नयाँ अन्तराष्ट्रिय स्थान दिलाएका छन्। [८] यो राष्ट्र संयुक्त राष्ट्र संघको संस्थापक सदस्य हो। साथै, यो राष्ट्र दक्षिण अमेरिकी राष्ट्रहरुको संघ, पोर्तुगेली भाषिक राष्ट्रहरुको समुदायको पनि संस्थापक सदस्य हो। ब्राजिल एक बहुजातीय राष्ट्र भएतापनि यहाँको जनसंख्या प्रायः रोमन क्याथोलिक गिर्जाघरमा विश्वास राख्दछन् र प्रायः सबैले पोर्तुगेली भाषा बोल्दछन्।[३] ब्राजिल वन्यजन्तु, प्राकृतिक वातावरण, प्रचुर प्राकृतिक स्रोतले धनी राष्ट्र पनि हो।[२]
विषयसूची |
[परिवर्तन्] जनसंख्या
[परिवर्तन्] इतिहास
[परिवर्तन्] भूगोल
[परिवर्तन्] राजनीति
[परिवर्तन्] अर्थतन्त्र
[परिवर्तन्] धर्म
[परिवर्तन्] जीवनशैली
[परिवर्तन्] अरु संबन्धित विषयहरु
[परिवर्तन्] रिफरेन्स
- ↑ Fusos Brasil sem HV (Portuguese). Observatório Nacional. Retrieved on 2008-08-10.
- ↑ २.० २.१ २.२ २.३ २.४ Geography of Brazil. Central Intelligence Agency (2008). Retrieved on 2008-06-03.
- ↑ ३.० ३.१ People of Brazil. Central Intelligence Agency (2008). Retrieved on 2008-06-03.
- ↑ ४.० ४.१ Introduction of Brazil. Central Intelligence Agency (2008). Retrieved on 2008-06-03.
- ↑ ५.० ५.१ Brazilian Federal Constitution (Portuguese). Presidency of the Republic (1988). Retrieved on 2008-06-03. Brazilian Federal Constitution. v-brazil.com (2007). Retrieved on 2008-06-03. “Unofficial translate”
- ↑ Territorial units of the municipality level (Portuguese). Brazilian Institute of Geography and Statistics (2008). Retrieved on 2008-06-03.
- ↑ Economy of Brazil. Central Intelligence Agency (2008). Retrieved on 2008-06-03.
- ↑ Penner, Andre (2008-04-17). Booming Brazil could be world power soon 2. The Associated Press. Retrieved on 2008-06-03.