ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू
भारतका प्रोभिन्सहरू (Provinces of India), त्यो भन्दा पहिला ब्रिटिश भारतका प्रेसिडेन्सीहरू (Presidencies of British India) त्यो भन्दा पनि पहिला प्रेसिडेन्सी सहरहरू (Presidency Towns) यि सबैलाई संयुक्त रूपमा ब्रिटिश भारत भनिन्थ्यो। यि सबै भारतका प्रशासनिक क्षेत्रहरू थिए जुन ब्रिटिश इस्ट इण्डिया कम्पनी वा ब्रिटेनका प्रतिनीधीहरूको अधिकारमा १६१२ देखि १९४७ सम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रह्यो।
१६०० देखि १८५८ सम्म यी क्षेत्रहरू अङ्ग्रेजी इस्ट इण्डिया कम्पनीको अधिकारमा रह्यो। १८५८ देखि १९४७ सम्म यी क्षेत्रहरूमाथि संयुक्त अधिराज्य सरकारको अधिपत्य रह्यो, उनीहरूले यी क्षेत्रहरूलाई भारतको प्रभारमा सुम्पी दियेका थिए। १८७७ पछि ब्रिटिश भारत ब्रिटिश भारतीय सम्राट (British Indian Empire)को हिस्सा बन्यो, जस्मा सयौं यस्ता प्रान्तहरू थिए जहाँका शासक भारतीयनै थिए तर उनीमाथि ब्रिटिश सरकारको अधिपत्य थियो यस्ता प्रान्तहरूलाई प्रिन्सली स्टेट (Princly States) भनिन्थ्यो। ब्रिटिश भारतमा आजका भारत, पाकिस्तान, बंगलादेश तथा बर्मा थियो।
विषयसूची |
ब्रिटिश भारत [सम्पादन गर्ने]
ब्रिटिश भारतको राजनैतिक नक्शा |
|
| डच भारत | १६०४-१८२५ |
|---|---|
| दानिश भारत | १६२०-१८६९ |
| फ्रेंच भारत | १७५९-१९५४ |
| पुर्तगाली भारत १५१०-१९६१ | |
| Casa da Índia | १४३४-१८३३ |
| पुर्तगाली इस्ट इंडिया कम्पनी | १६२८-१६३३ |
| ब्रिटिश भारत १६१३-१९४७ | |
| इस्ट इण्डिया कम्पनी | १६१२-१७५७ |
| भारतमा कम्पनीको शासन | १७५७–१८५७ |
| ब्रिटिश राज | १८५८– |
| १७६५–१९४७/४८ | |
| भारतको विभाजन |
|
१६१२ इ॰मा इस्ट इण्डिया कम्पनीले मुगल सम्राटबाट अनुमति लियेर भारतमा प्रथम स्थायी कारखानाको स्थापना गर्यो र अन्य युरोपेली कम्पनीहरू सँग ब्यापारमा प्रतिस्पर्धा गर्न थाल्यो। १७५७ इ॰मा ब्रिटिश इस्ट इण्डिया कम्पनीले बंगालको नवाब सँग युद्ध गर्यो जस्लाई पलासीको युद्ध भन्छन्। यस युद्धमा ब्रिटिश इस्ट इण्डिया कम्पनीले विजय प्राप्त गर्यो र विस्तारै भारतमा आफ्नो अधिपत्य कायम गर्न थाल्यो।
१९औं शताब्दीको मध्य सम्म ब्रिटिश इस्ट इण्डिया कम्पनी भारतीय उपमहाद्वीपको ठूलो सैन्य शक्ति र ठूलो राजनैतिक शक्ति बनी सकेको थियो। पछि यस क्षेत्रहरूको दायित्व ब्रिटिश सरकारले प्राप्त गर्यो। १८७६ देखि भारत भारतीय साम्राज्य (Empire of India)को नामबाट जानिन थाल्यो। भारतीय साम्राज्य सिधै ब्रिटिश सरकारबाट प्रत्यक्ष रूपमा प्रशासित थियो। अरु क्षेत्रहरू पनि थियो जसमाथी ब्रिटिश सरकारको प्रत्यक्ष रूपमा अधिपत्य थिएन। यी क्षेत्रहरूमाथी स्थानीय राजाहरूनै राज्य गर्थे तर उनीहरूमाथि ब्रिटिश सरकारको नियम कानून लागु थियो। यस्ता राज्यहरूलाई प्रिन्सली स्टेट (Princely States) भनिन्थ्यो।
ब्रिटिश भारतले १९१० सम्म भारतको एक महत्वपूर्ण हिस्सा माथि दुबै तरिकाबाट (क्षेत्रफल र जनसंख्या) कब्जा गरि सकेको थियो। उदाहरणको लागि ५४% क्षेत्र र ७७% जनसंख्या माथि कब्जा गरिसकेको थियो, यस बाहेक भारतमाथी पोर्चुगल र फ्रान्सको पनि कब्जा थियो।
१९४७मा भारतले पाकिस्तान विभाजन संगै ब्रिटिश राजबाट स्वतन्त्रता प्राप्त गर्यो।
प्रेसिडेन्सी सहरहरू १६००-१७६५ [सम्पादन गर्ने]
-
भारत १७०० ई०मा मुगल साम्राज्य र युरोपेली व्यापारको थलो।
-
१९०८को एक नक्शामा मद्रास प्रेसिडेन्सी शहर।१६४०मा मद्रासको स्थापना फोर्ट सेंट जोर्जको रूपमा भयेको थियो।
-
IGI1908CalcuttaTown2.jpg
कलकत्ता प्रेसीडेन्सी शहर (१९०८को एक नक्शामा) यसको स्थापना फोर्ट विलियमको रूपमा १६९०मा भयेको थियो।
- मद्रास प्रेसीडेन्सी: १६४०मा स्थापित
- बम्बे प्रेसीडेन्सी: इस्ट इण्डिया कम्पनीको सदरमुकाम सुरतबाट बम्बे (मुम्बई) १६८७ इ॰ मा।
- बङ्गाल प्रेसीडेन्सी: १६९०मा स्थापित।
इस्ट इण्डिया कम्पनी, जुन ३१ डिसेम्बर १६०० इ॰मा शामेल भयो, भारतीय शासकहरू सँग मसुलीपटमको पूर्वी किनारमा १६११मा र सुरतको पश्चिम किनारमा १६१२ इ॰मा ब्यापार सम्बन्ध स्थापित गर्यो।[१] कम्पनीले मद्रासमा एक ब्यापारिक चौकी १६३९ इ॰मा भाडामा लियो।[१][१] बम्बे, जुन ब्रिटिश सरकारलाई पोर्चुगलले ब्रेगेंजाको कैथरीनलाई 1661मा दाइजोको रूपमा दिएको थियो, सरकारले ब्रिटिश इस्ट इण्डिया कम्पनीलाई सुम्पी दियो।[१]
यसैबेला, पूर्वी भारतमा मुगल सम्राट शाहजहाँ बाट ब्यापार गर्ने अनुमति प्राप्त गरि सके पछि कम्पनीले आफ्नो प्रथम कारखाना हुगलीमा १६४०मा स्थापित गर्यो।[१] लगभग आधा शताब्दी पछि सम्राट अशोकले कम्पनीलाई हुगलीबाट खदेड दियो, १६८६मा जब चार्नक द्वारा कलकत्तामा स्थापित गरियो। [१] १८ औं शताब्दीको मध्यतिर तीन प्रमुख ब्यापारिक उपनिवेश स्थापित भयो, मद्रास प्रेसिडेन्सी वा फोर्ट सेन्ट जर्जको प्रेसिडेन्सी, बम्बे प्रेसिडेन्सी र बंगाल प्रेसिडेन्सी वा फोर्ट विलियमको प्रेसिडेन्सी जुन सरकारद्वारा प्रशासित थियो।[२]