1857 देखि 1947 सम्मको भारतमाथी ब्रिटिशहरूको शासन ब्रिटीश राज (British Indian Empire) भनेर चिनीन्छ। "राज" अर्थात शासन। त्यतिबेला ब्रिटिशहरूको आधिनमा रहेको भारतमा अहिलेका चारवटा मुलूकहरू (भारत, बाङ्गलादेश, पाकिस्तान र बर्मा) थियो। केही समयका लागि अरूपनि क्षेत्रहरू ब्रिटिश राजको आधिनमा रहेको थियो।