भँगेरी फूल
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
शिरीष पाते भँगेरी फूल , वनस्पति दक्षिण अमेरिका विशेषतः ब्राजिलको रैथाने (en:Jacaranda) भएतापनि यसको अति आकर्षक र नीलो फूल र त्यो पनि अत्यधिक मात्रामा रूखै छोपिने गरी फुल्ने भएकोले उष्ण क्षेत्रमा पर्ने विश्वका अधिक शहर बगैँचामा यसले स्थान पाएको छ। वर्तमान काठमाडौँको सडक र बगैँचा चैतको उग्र घाम र वैशाखको खडेरीले तात्दा ज्याकाराण्डा वौलाएर फुल्छ। रूखै ढकमक्क नीलो हुने मात्र हैन झरेका फूलहरूले रूखको फेदी पनि नीलै हुन्छ।
यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया ( en:Jacaranda mimosifolia )राखिएको छ |
चखुँचा स्वाँ
काठमाडौँका मालीहरूले भने भँगेरी फूललाई “चखुँचा स्वाँ” अर्थात् भँगेरी फूल भन्ने नाम दिएका थिए। हुनपनि ज्याकाराण्डाको झरेको फूल हातमा राखेर हेर्दा भँगेराको आकृति निर्माण हुन्छ।
[सम्पादन गर्ने] तस्बीरहरू
-
Jacaranda Seed Pod.jpg
बीउ