| भक्तपुर जिल्ला |
 |
| अञ्चल: |
बागमती अञ्चल |
| सदरमुकाम: |
भक्तपुर नगरपालिका |
| क्षेत्रफल: |
११९ वर्ग कि.मि. |
| जनसंख्या: |
२,५१,८४० |
| गाविस संख्या: |
१६ |
| नगरपालिका(हरू): |
भक्तपुर नगरपालिका, मध्यपुर ठिमी नगरपालिका |
| संविधानसभा निर्वाचन क्षेत्र संख्या: |
२ |
| भौगोलिक अवस्थिति: |
पहाडी प्रदेश |
| सबै भन्दा अग्लो स्थान: |
२,१६६ मिटर |
| सबै भन्दा होचो स्थान : |
१,३७२ मिटर |
| प्रमुख जातिहरू: |
नेवार, बाहुन, क्षेत्री, तामाङ, आदि |
| प्रमुख भाषाहरू: |
नेपाली, नेवारी आदि |
| मानव विकास सूचाङ्क स्थिति: |
२ (७५ जिल्लाहरू मध्ये) |
| टेलिफोन कोड: |
०१ |
| प्रमुख जिल्ला अधिकारी: |
|
| वेबसाइट: |
ddcbhaktapur.gov.np |
| हे • वा • सं |
भक्तपुर (भादगाँउ वा ख्वःप) नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलमा अवस्थित एक प्राचिन सहर हो जुन काठमाडौंं उपत्यकाको पूर्वी भागमा पर्दछ। यो सहर भक्तपुर जिल्ला अन्तर्गत भक्तपुर नगरपालिकामा पर्दछ। क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो। मध्यपुर (थिमी) नगरपालिका पनि यही जिल्लामा पर्दछ। भक्तपुर जिल्ला भादगाँउले टोपी र जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध छ। भक्तपुरमा ख्वःप कलेज र ख्वःप इन्जिनियरिङ्ग कलेजहरू छ्न् जुन भक्तपुर नगरपालिकाले सञ्चालन गर्दछ।
यस जिल्लाको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा भक्तपुरको नामांकरण सम्बन्धमा विभिन्न शिलालेख र प्रमाणहरूका आधारमा विश्लेषण गर्दा लिच्छवीकालीन राजा मानदेवको पालामा देवपाटनमा रहेको रत्न संघको अभिलेखमा "खोपाङ्ग" ग्रामको उल्लेख भएको छ भने भक्तपुरको खलाछें टोलमा भएको अभिलेखमा "खृपाङ्ग" ग्राम उल्लेख भएको पाइन्छ। यसैका आधारमा भक्तपुरलाई ख्वप खोप भन्ने चलन चलेको अनुमान छ जुन चलन हालसम्म पनि नेवारी भाषामा यद्यपि छंदैछ। अर्को ऐतिहासिक प्रमाण अनुसार बि.सं. १९९२ तिर भक्तपुर नगरलाई भद्रगाउं भन्ने नाम प्रचलनमा रहेको पनि देखिन्छ। यसै भद्रग्राम शव्दका आधारमा भादगाउं रहन गएको भन्ने अर्को अनुमान पनि छ।
भक्तपुरमा विभिन्न देवदेवीहरूका देवालय मन्दिर मठ तिर्थस्थलहरू जताततै भएको र मन्दिरमा कुंदिएको नेपाली शैलीको कलात्मक कौशल एवं सांस्कृतिक तथा धार्मिक भावनामा ओतप्रोत भएकाले र भक्तपुरका बासिन्दा ज्यादै धर्मात्मा भएकाले राणा प्रधान मन्त्री जुद्ध शम्शेरबाट साविक नाम भादगाउंको सटृटा भक्तहरूको पुर अर्थात शहर भक्तपुरको नामाकरण भएको देखिन्छ।
- देशान्तरः- ८५.२१" देखि ८५.३२" पूर्वी देशान्तरसम्म।
- अक्षांश:- २७.३६" देखि २७.४४" उत्तरी अक्षांश सम्म छ।
- सिमाना:- पूर्वमा काभ्रेपलाञ्चोक, पश्चिम र उत्तरमा काठमाडौं र दक्षिणमा ललितपुर जिल्ला पर्दछ।
- क्षेत्रफल:- ११९ वर्ग किलोमिटर
- लम्वाई:- पूर्व पश्चिम लम्वाई १.६ किलोमिटर
- चौडाई:- उत्तर दक्षिण चौडाई ११.२ किलोमिटर
- सरदर उचाई:- यस जिल्लाका यसको सरदर उचाई समुन्द्र सतहबाट १,३३१ मिटर उचाइमा रहेको छ।
- सबै भन्दा अग्लो भाग :- जिल्लाको सबैभन्दा अग्लो भूभाग नगरकोट हाइटलाई मानिन्छ जस्को उचाई २१९१ मिटर छ।
- सदरमुकाम:-भक्तपुर
धार्मिक एवं पर्यटकीय स्थलहरू [सम्पादन गर्ने]
भक्तपुर दरबार क्षेत्र, नगरकोट, चाँगुनारायण मन्दिर, सूर्यविनायक मन्दिर, ठिमी, राधे राधे
|
भक्तपुर जिल्लाका नगरपालिका तथा गाविसहरू
|
|
|
|
|