भक्मिलो
नेपाली विकिपीडियाबाट
| Chinese sumac | |
|---|---|
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| (unranked): | Angiosperms |
| (unranked): | Eudicots |
| (unranked): | Rosids |
| गण: | Sapindales |
| कुल: | Anacardiaceae |
| वंश: | Rhus |
| प्रजाति: | R. chinensis |
| द्विपद नाम | |
| Rhus chinensis Mill. |
|
| पर्याय | |
|
Rhus javanica auct. |
|
भक्मिलो नेपालमा पाइने एक प्रकारको फललाग्ने वनस्पति हो । यसको बोट २० देखि ३५ फीटसम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको फल झुप्पो आकारमा साना साना दाना फलेको हुन्छ। पाक्दा यसमा दही जस्तो सेतो पदार्थ लागेको देखिन्छ। यसलाई पानीमा पकाई अचारमा हाल्ने अमीलो(चुक अमिलो) बनाइन्छ। नेपालको पहाडी भागमा पाइन्छ। यसलाई "भकारे", "भाँगा चुक", "बन्दुके", "चड्नेठ" आदी नामले पनि जानिन्छ। यो अचारमा हालेर खाने मात्र नभएर ओखतीको रूपमा पनि प्रयोग गरिन्छ। यसको पातको आकार करिब टुनीको पातको आकारसँग मिल्दो जुल्दो हुन्छ। टुनीको पात चिल्लो हुन्छ भने यसको पात फुस्रो हुन्छ ।