भद्रकाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भद्रकाली- जो आफ्नो भक्तलाई दिनका लागि भद्र, सुख वा मङ्गल स्वीकार गर्दछिन्, उनै 'भद्रकाली' हुन्।

दुर्गासप्तशती (देवीमहात्म्य/चण्डी पाठ)मा दुर्गा लाई देहाय का ११ नामले बन्दना गरिएको छ |

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी

दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः

  • सिंहदरबारदेखि ५०० मिटर पश्चिममा रहेको भद्रकालीको मन्दिर सामान्य स्वरूपको छ। चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ। तान्त्रिक पद्धतिअनुसार नवरात्रमा विशेष पूजा गरिने यहाँका पूजारी बताउँछन्। दुर्गा कवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो।यसलाई कतै कतै लुमडी थान पनि भनिन्छ| वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौँ नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, ङेतमरु अजिमा, बछला अजिमा, लुती अजिमा स्थापना गरी खटजात्रा चलाएका हुन्।

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]