भरतपुर नगरपालिका
| भरतपुर नगरपालिका | |||
| [[Image:{{{तस्वीर}}}|335px]] | |||
| भरतपुर नगरपालिका | |||
| स्थापना : | २०३५ साल | ||
|---|---|---|---|
| अञ्चल: | नारायणी अञ्चल | ||
| जिल्ला: | चितवन जिल्ला | ||
| क्षेत्रफल: | - | ||
| जनसंख्या: | - | वडा संख्या: | |
| भौगोलिक अवस्थिति: | भित्री मधेस भनिने चितवन उपत्यका | ||
| मेयर: | ?? | ||
| टेलिफोन कोड: | ०५६ | ||
| वेबसाईट: | http://bharatpurmun.org.np | ||
भरतपुर नगरपालिका भरतपुर गाउँ-पञ्चायत र नारायणगढ गाउँ-पञ्चायत मिलेर २०३५ सालमा गठन भएको थियो। वि.सं. २०३५मा तत्कालीन नगरपञ्चायतको पहिलो नगरप्रमुख मुक्तिलाल चुके र नगरउपप्रमुख जङ्गबहादुर गुरुङ हुनुहुन्थ्यो। नगरपालिकामा १४ वडा छन्।
विषयसूची |
भरतपुरमा यातायात र सञ्चार [सम्पादन गर्ने]
भरतपुरमा इमेल इन्टरनेट थप ए.डि.य.यल सेवा देखि एस टि डी, आइ एस डि, लोकल फोन, पोष्टपेड मोवाइल, प्रीपेड मोवाइल लगायात सबै प्रकारको आधुनिक सञ्चार सुविधा उपलब्ध छ। दुई ठुला राजमार्ग र सारा देशको केन्द्र भएकाले याँहा बाट मुलुकको हरेक भागमा जानका लागि बस माइक्रो बस, भाडाको कार, ट्याक्सी, लगायत लामो दुरीका यातायात साधन उपलब्ध छन। इन्टर सिटी वा स्थानीय सावारीका लागि ट्याक्सी, रेन्टकार, अटोरीक्सा र रिक्सा उपलब्ध छन। राष्ट्रिय निकुन्ज प्रवेसद्धार रत्ननगरबाट सोराहासम्म घोडाले तान्ने एक्का पनि चढन पाइन्छ। भरतपुर विमानस्थल सिटी सेन्टर मै छ यदी विमानस्थल नजीकै होटल चाहीयो भने रोएल सेन्चुरी, आइलेण्ड जंगल रिर्सोट, गोल्वल जस्ता होटल त्यही नजीकै छन्। नत्रभने निकुन्ज किनार या नारायणी नदी किनारमा थुप्रै पर्यटकलाई हुने किसिमका होटल रहेकाछन।
भरतपुरमा पर्यटन [सम्पादन गर्ने]
भरतपुर नेपालको सबैभन्दा पुरानो र विश्व संपदामा सुचिकृतचितवन राष्ट्रिय निकुञ्जको प्रवेसद्धार हो। भरतपुर एअरपोर्टबाट काठमाडौं विमानस्थलसँग नियमित हवाई सेवा उपलब्ध छ। (विषेश शुल्क तिरेर अर्को मेघौली विमान स्थलमा पनि उत्रन सकिन्छ।) सातामा एक्काईस देखि पच्चीस सम्म उडान काठमाडौं जाने गर्छन। हरेक प्रकारका बस, कारको सेवाले देशको हरेक भागसँग भरतपुरलाई जोडेका छन। भर्ख र निर्माण भएको केन्द्रिय बस ट्र्मीनलले गर्दा यात्रुहरूलाई अझ सुबिधा थपिएको छ् . चितवन राष्ट्रिय निकुञ्ज वानहर्न राइनो, शाही वंगाल वाघ, मगर गोही, घडियाल गोही, हात्ती, विभिन्न किषीम का मृग, र जलचरका लागि प्रसिध्द छ। भरतपुर सिटी भित्र या निकुन्जको किनारमा हरेक प्रकारका होटल पर्यटकको स्वागत गर्दछन। यहाको पुरानो मेघौली एअरपोर्टमा एलीफेन्ट पोलोका वर्ल्ड कपको खेल हुने गर्छ साथै निकुन्जको एक प्रमुख द्धार सोराहमा हात्ती र घोडदौडको प्रतीयोगीता हुन्छ। साथै नारायणी र राप्ती नदीहरूमा जल यात्रा सनसेट भ्यु का अरू आकर्षण पनि छन्। साथै हालै यंहाबाट चितवन हिल ट्रैकको ट्रेकीङ रूट पनि चलाइएको छ।
सामाजिक सेवा संस्था [सम्पादन गर्ने]
गैर सरकारी सस्था युवा समाज नेपाल Youth Society Nepal युवा समाज नेपाल नारायणगढ चितवन एक गैर राजनैतिक, गैर नाफामूलक एवं गैर सरकारी सामाजिक संस्था हो। यस संस्थाको उद्देश्यहरूमा वातावरण संरक्षणका क्रियाकलाप प्रवर्द्धन गर्ने, सामाजिक विकास, मानव अधिकार, खानेपानी तथा सरसफाई कार्यक्रम, महिला तथा बाल अधिकार, एकिकृत विकास कार्यक्रमहरूको सञ्चालन, जनमुखी विकासका क्रियाकलाप सञ्चालन, संस्थागत विकासमा प्राविधिक सेवा उपलब्ध गराउने, युवावर्गलाई सामाजिक क्षेत्र र पेशागत विकासमा परिचालन, सचेतना अभिवृद्धि क्रियाकलाप सञ्चालन तथा क्षेत्रीय, राष्ट्रिय, अन्तराष्ट्रिय सङ्घ संस्था वा दातृ निकायसँग मिली परियोजना सञ्चालन गर्ने गराउने, आदिवासी जनजाति दलित तथा विपन्न समुदायको विकास र उत्थानको लागि कार्यक्रम गर्ने गराउने रहेको छ।
उधोग-धन्दा [सम्पादन गर्ने]
हुनत भरतपुरमा कोकोकोला, सानमिगल वियर जस्ता दुईचार वटा बहुराष्ट्रिय उद्योगका साथै ठुलासाना अरू उद्योग पनि छन, तर यो सहर मुख्यतया सेवा उद्योगमा प्रसिद्धी कमाउँदै गइरहेको छ। यहाका कलेजमा विधार्थीहरू नेपालबाट मात्र नभइ भारत र श्रीलंका बाट समेत आउने गरेका छन्। उनिहरू खास गरी चिकित्साशास्त्र र पशु बिज्ञान पढनका लागि आउने गरेका छन्। उच्च शिक्षाको लागि टाढा टाढा का बिधार्थी यहा आउनु यहाको एक मुख्य व्यवसाय भएको छ। साथै यंहा रहेका अस्पतालहरूमा आउने विरामी र तिनका आफन्त पनि यस सहर का प्रमुख ग्राहक हुन। त्यसै गरी भरतपुरले छिमेकी अञ्चल तथा जिल्लाहरूको लागि निर्माण सामाग्री तथा खाध्य सामग्री समेत पैठारी गर्ने गर्दछ।
प्रमुख शैक्षिक प्रतिष्ठानहरू [सम्पादन गर्ने]
भरतपुरक्षेत्रका मुख्य क्याम्पसहरू यस प्रकार छन्:-
सञ्चार तथा सूचना छेत्र [सम्पादन गर्ने]
सिनेर्जी एफ. एम. ९१.६ मेगाहर्ज , कालिका एफ. एम. ९१ र ९५.2 मेगाहर्ज, हाम्रो एफ. एम. ९4 मेगाहर्ज, त्रिवेणी एफ. एम. १००.६ मेगाहर्ज हरू रहेका छन्। सबै भन्दा पुरानो रेडियो स्टेशन हो जसको स्थापना २०५८ साल कत्रिक २६ गते भएको हो। (www.synergyfm.com.np)
आइटी क्षेत्रका इन्स्टिच्यूटहरू [सम्पादन गर्ने]
Foretech Pvt. Ltd., Oxford Pvt. Ltd . जस्ता तालीम दिने सस्थाहरू पनि यहा छन् . Foretech Pvt. Ltd.ले software, web hosting गर्नु क साथै Computer सम्बंदी तालीमहरू पनि दिने गर्दछ।
१, कृषि तथा पशु विज्ञान अध्यान संस्थान यो नेपालमा कृषि तथा पशु विज्ञान अध्ययन का लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय अध्ययन संस्थान हो यसका सहायक क्यामपसहरू लमजुङ जिल्लाको सुन्दरबजार र भैरहवाको पक्लीहवामा रहेका छन्। हाल हेटौडा र पोखरामा रहेका बन विज्ञान अध्यान संस्थानका क्याम्पसलाई समेत मिलाई कृषि,पशु तथा बन विश्वविद्यालय बनाउने प्रयास चलिरहेको छ। [१]
२, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको सबैभन्दा पुरानो यो क्याम्पसमा विज्ञान मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको भरतपुर हाइटमा रहेको यो क्याम्पसको स्नातकोत्तर भवन चाही बाइपास सडकमा रहेको भवनमा चलेको छ। यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगीक क्याम्पस हो।
३, बालकुमारी बहुमुखी क्यामपस त्रिभुवन विश्वविद्यालयको संबन्धन रहेको यो सामुदायीक क्यामपस नारायणगढको क्याम्पाचौरमा रहेको छ। यांहा मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको छ।
४, सप्तगण्डकी बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको संबन्धन रहेको यो दोस्रो सामुदायीक क्याम्पस भरतपुर जनरल अस्पतालको नजीकै रहेको छ। यहा मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्यापन हुने गरेको छ।
५, भरतपुर कलेज अफ मेडीकल साइन्स यो भरतपुरको पहिलो मेडीकल कलेज २०५० सालमा स्थापीत भएको हो [२]
जनसंख्या [सम्पादन गर्ने]
नेपालको सन् २००५को अनुमान अनुसार भरतपुर न.पा.को जनसंख्या ११७,१६२ छ।[२] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।भरतपुरमामा मुख्यतया थारू, दराइ, बोटे, गुरुङ,मगर,चेपाङ, तामाङ,थोरै संख्यामा राई,लिम्वु, का साथै बराल,पौडेल,अधिकारी,थापा, के.सी. बोहोरा थर भएका बाहुन तथा क्षेत्री जाती श्रेष्ठ, प्रधान, महर्जन, साही लगायत थर भएका नेवार जातीका मानिसका साथै नेपालमा पाइने सबै जात जातीका मानिस बसोबास गर्दछन।
अन्य जानकारी का लागि भिजीट गर्नुहोस [सम्पादन गर्ने]
श्रोत [सम्पादन गर्ने]
↑ Bharatpur. Falling Rain Genomics, Inc. Retrieved on अप्रिल २८, २००७. ↑ नेपाल जनगणना २००१. Retrieved on अप्रिल २८, २००७. [६]