भरतपुर (नारायणी)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भरतपुर नगरपालिका
भरतपुर नगरपालिका is located in नेपाल
भरतपुर नगरपालिका
नेपालको नक्शामा भरतपुर
निर्देशांक: 27°41′N 84°26′E / 27.683, 84.433
देश  नेपाल
अञ्चल नारायणी अञ्चल
जिल्ला चितवन जिल्ला
क्षेत्रफल
 - जम्मा १०२ km2 (३९.४ sq mi)
जनसङ्ख्या (2001)census
 - जम्मा १२५,१८९
 - जनघनत्व १,२२७.३/km2 (३,१७८.८/sq mi)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+5:45)
वेबसाइट bharatpurmun.org.np

भरतपुर मध्यदक्षीण नेपालको नारायणी अञ्चलको चितवन जिल्लामा पर्ने नेपालका शहरहरू मध्य एक हो। यो ठाउँमा १९९२२ वटा घर छन। भरतपुर चितवन जिल्लाको सदरमुकाम पनि हो। भरतपुर नेपालका शहर हरूमा काठमाडौं,पोखरा,ललीतपुर,विराटनगर,विरगंज र धरान पछिको सातौं ठूलो सहर हो, यसको जनसंख्या १२५,३४५ (अनुमानीत २००५)रहेको छ। यो शहर नारायणी नदीको किनार र रापती नदीको नजीकै रहेको छ।

योसहर मध्यनेपालकोएक प्रमुख वाणीज्य केन्द्र शिक्षा और श्वास्थ का केन्द्र हो। भरतपुर नेपालको सबैभन्दा महत्वपूर्ण ट्रास्पोर्टेसन जक्सन हो। यो नेपालको सवैभन्दा लामो महेन्द्र राजमार्गको पूर्व, पस्चीमको केन्द्रमा बसेको छ , साथै काठमाडौं र पोखरालाई देसके वांकी भागसँग जोडने साहाएक राजमार्गको पनि केन्द्र भरतपुर नै हो। झण्डै २५ वर्ष अगाडी स्थापीत भएको यो नयां सहर द्रुतगतीका साथ सहरीकरणबढी रहेको छ। भरतपुरको मुख्य वाणीज्य केन्द्र नारयणगढ हो भने मुख्य प्रशासनीक क्षेत्र दिपेन्द्रनगर हो अन्य वाणीज्यकेन्द्र हाकीमचोक,भोजाड तथा हाइट लाइमानीन्छ। भरतपुर नेपालको पूर्व पस्चीम (महेन्द्रराजमार्ग ) र उत्तर दक्षिण साहायक राजमार्गको केन्द्र विन्दुमा अवस्थीत छ। यो नेपालको प्रमुख शैक्षीक तथा श्वास्थकेन्द्र हो।

भरतपुर नेपालको सबैभन्दा ठूलो लाइभस्टक प्रोड्युसर हो। याँहा उत्पादीत कुखुरा,कुखुराका फुल, तथा लाइभस्टक इन्टडस्ट्री का सहयोगी उत्पादन जस्तै कुखुराको फुलको क्रेट,कुखुराका चल्ला, दाना पुरा देसभरीनै याँहा बाट पठाइन्छ, अन्य उत्पादनमा मह (हनी), फ्लोरीकल्चर , च्याउ,(मसरूम) फार्मीङ भेजी टेवल फार्मीङ का साथै सहरको वाहीरी भागमामा धान,मकै,गँहु जस्ता खेती पनि गर्ने गरीएको छ।। याहाँको मेन इन्डस्ट्री टुरीजम हो साथ, साथै सर्वीस इन्ड्स्ट्री पनि छिट्टै इमर्जीङ भइरहेको छ।

यातायात सञ्चार[सम्पादन गर्ने]

भरतपुरमा इमेल इन्टरनेट देखि‍ एसटीडी, आइएसडी, लोकल फोन, पोष्टपेड मोबाइल, प्रीपेड मोबाइल लगायतका सबै प्रकारको आधुनि‍क सञ्चार सुविधा उपलब्ध छ। यहाँ तिन वटा एफएम: सिनर्जी, कालि‍का र हाम्रो रेडियो संचालीत छन भने दुईवटा बेसो र चितवन स्थानीय टेलीभिजन संचालीत छन। दुई ठुला राजमार्ग र सारा देशको केन्द्र भएकाले यहाँबाट मुलुकको हरेक भागमामा आउन-जानको लागि बस, माइक्रो बस, रेन्ट कार, ट्याक्सी, लगायत लामो दुरीका यातायात साधन उपलब्ध छन्। इन्टर सिटी या स्थानीय सवारीका लागि ट्याक्सी, रेन्टकार, अटोरि‍क्सा र रिक्सा उपलब्ध छन। राष्ट्रि‍य निकुन्ज प्रवेशद्वार रत्‍ननगरबाट सौराहा सम्म घोडाले तान्ने एक्का पनि चढ्न पाइन्छ। भरतपुर विमानस्थल सिटी सेन्टरमै छ यदि‍ विमानस्थल नजीकै होटल चाहि‍यो भने रोयल सेन्चुरी, आइलेण्ड जंगल रिसोर्ट, ग्‍लोबल जस्ता होटल त्यहीं नजि‍कै छन। नत्रभने निकुन्ज किनार या नारायणी नदी किनारमा पर्यटकहरूको लागि थुप्रै होटलहरू उपलब्‍ध छन।

भरतपुर पर्यटन[सम्पादन गर्ने]

भरतपुर नेपालको सबैभन्दा पुरानो र विश्व संपदामा सुचिकृत चितवन राष्ट्रिय निकुञ्जको प्रवेस द्वार हो। भरतपुर विमानस्थलबाट काठमाडौंपोखराका विमानस्थलहरूसँग नियमित उडान सेवा उपलब्ध छ। भरतपुरका होटेलहरू विमानस्थल नजीकै देखि राष्ट्रिय निकुञ्जको किनार सम्म रहेका छन। सातामा २१ देखि पच्चीस सम्म उडान काठमाडौं जानेगर्छन। हरेक प्रकार का बस, कारको सेवाले देशको हरेक भागसँग भरतपुरलाई जोडेकाछन। चितवन राष्ट्रिय निकुञ्ज एक सिंगे गैडा, बंगाली बाघ, मगरगोही, घडियालगोही, हात्ती, विभिन्न किसिम का मृग, र जलचरका लागि प्रशिध्द छ। भरतपुर नगर भित्र या निकुन्जको किनारमा हरेक प्रकारका होटल पर्यटकको स्वागत गर्दछन यहाको पुरानो मेघौली एअरपोर्टमा हात्ती पोलोको वर्ल्ड कपको खेल हुनेगर्छ। साथै निकुन्जको एक प्रमुख द्वार सौराहमा हात्ती र घोडदौडको प्रतीयोगीता हुन्छ। साथै नारायणीराप्ती नदीहरूमा जल यात्रा, सूर्यास्तका दृष्यका अरू आकर्षक पनि छन्। साथै हालै यहाँबाट चितवन पहाडी मार्गको ट्रेकीङ रूट पनि चलाइएको छ।

सेवा उद्योग[सम्पादन गर्ने]

हुन त भरतपुरमा कोकाकोला, सानमिगल वियर जस्ता दुइचारवटा मल्टीनेसनल उद्योग का साथै ठुलासाना अरू उद्योग पनि‍ छन् तर यो सहर मुख्यतया सेवा उद्योगमै प्रशिद्धी कमाउँदै गइरहेको छ। यहाँका कलेजमा विधार्थीहरू नेपाल बाटमात्र नभइ भारतश्रीलंका बाटसमेत आउने गरेका छन्। उनीहरू खास गरी मेडीकल साइन्सपसु बिज्ञान पढ्नकालागी आउने गरेका छन्। उच्च शिक्षणको लागि टाढा-टाढा का विद्यार्थी यहाँ आउनु यहाँको एक मुख्य व्यवसाय भएको छ। साथै यहाँ रहेका अस्पतालहरूमा आउने विरामी र तिनका आफन्त पनि यस सहर का प्रमुख ग्राहक हुन। त्यसै गरी भरतपुरले छिमेकी अन्चल तथा जिल्लाहरूको लागि निर्माण सामाग्री तथा खाद्य सामाग्री समेत पैठारी गर्ने गर्दछ।

भरतपुरक्षेत्रका मुख्य क्याम्‍पसहरू यस प्रकार छन्।

१, कृषि‍ तथा पशु विज्ञान अध्ययन संस्थान यो नेपालमा कृषि‍ तथा पशु विज्ञान अध्ययनका लागि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको केन्द्रीय अध्ययन संस्थान हो। यसका सहायक क्याम्‍पसहरू लम्जुङ्को सुन्दरबजार र भैरहवाको पक्लीहवामा रहेका छन्। हाल हेटौडा र पोखरामा रहेका बन विज्ञान अध्ययन संस्थान का क्याम्‍पसलाई समेत मिलाई कृषि‍,पशु तथा वन विश्वविद्यालय बनाउने प्रयास चलिरहेको छ। http://www.iaasrampur.edu.np/

२, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरको सबैभन्दा पुरानो यो क्याम्पसमा विज्ञान मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्ययन हुने गरेको भरतपुर हाइटमा रहेको यो क्याम्पसको स्नातकोत्तर भवन चाहिं बाइपास सडकमा रहेको भवनमा चलेको छ।यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगीक क्याम्‍पस हो।

३, बालकुमारी बहुमुखी क्याम्‍पस त्रिभुवन विश्वविद्यालयको संबंधन रहेको यो सामुदायीक क्याम्‍पस नारायणगढको क्याम्पाचौरमा रहेको छ यहाँ मानविकी तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्ययन हुने गरेको छ।

४, सप्तगण्डकी बहुमुखी क्याम्पस त्रिभुवन विश्ववि‍द्यालयको संबंधन रहेको यो दोस्रो सामुदायीक क्यामपस भरतपुर जनरल अस्पतालको नजि‍कै रहेको छ यहाँ मानविकी, शि‍क्षा तथा व्यवस्थापनमा स्नातकोतर तथा स्नातक सम्मको अध्ययन हुने गरेको छ।

५, भरतपुर कलेज अफ मेडीकल साइन्स यो भरतपुरको पहिलो मेडीकल कलेज २०५० सालमा स्थापीत भएको हो http://www.cmsnepal.edu.np/pages/aboutinst.htm

६, भरतपुर पाइलट ट्रेनि‍ङ् स्कूल नेपालको पहिलो निजीक्षेत्रबाट संचालीत (सरकारी नेपाली सेनाले संचालन गरि‍रहेको पाइलट ट्रेनि‍ङ् स्कूल हो ) पाइलट ट्रेनि‍ङ् स्कूल हो र यसको बेस भरतपुर विमानस्थल हो http://www.shivaniair.com/

७, चितवन मेडीकल कलेजयो नव स्थापीत मेडीकल कलेज हो http://www.cmc.edu.np

चितवन साइन्स कलेजयो बिज्ञानका विद्यार्थी माझ निजी क्षेत्रको यो बिज्ञान कलेज लोकप्रि‍य रहेको छ।

९, मैया देवी कन्या क्याम्पसयो भरतपुरको पहिलो कन्या महाविद्यालय हो।

१० भरतपुर नर्सिङ क्याम्पस नेपालकै पुरानो नर्सिङ क्याम्पस मध्यको यो नर्सिङ क्याम्पस भरतपुर अस्पतालको हाता भित्र संचालीत छ।

११, प्रेसीडेन्सी कलेज

१२, एपेक्स एकेडेमी (क्षेत्रपुर)

१३, चितवन पोलीटेक्नीक क्यामपस

१४, जेभीएर कलेज बेलचोक

१५, अर्किड साइन्स कलेज

१६ शहिद स्म्रिति बहुमुखि क्याम्पस टांडी

१७ माडी क्याम्पस बसन्तपुर १८ नेपाल् उच्च् मबि रत्ननगर १९ क्यापितल कलेज् रत्ननगर २० शन्ति विद्या मन्दिर[शन्ति एकेडेमी] भरतपुर १०मा अवस्थित छ। यो प्राइवेट कलेज हो। यो वीरेन्द्र बहुमुखी क्याम्पसको पछाडी रहेको छ। भरतपुरका अस्पतालहरू

१, महेन्द्र आदर्श चिकि‍त्सालय (भरतपुर जनरल अस्पताल) भरतपुरको यो सबैभन्दा पुरानो अस्पताल हो यो दिपेन्द्रनगरमा रहेको छ र यसलाई ५०० शैया सम्म पुर्याउने लक्ष्‍य राखि‍एको छ।

२,वि.पि.कोइराला क्यान्‍सर अस्पताल http://www.bpkmch.org.np नेपालकै एकमात्र सरकारी (भक्तपुरमा सानो सामुदायीक क्यान्सर अस्पताल रहेको छ) क्यान्सर केअर सेन्टर हो र दक्षीण एसियामै सबै भन्दा सस्तो क्यान्सर उपचार केन्द्रको रूपमा समेत प्रशिद्ध छ। यहाँ संसारमा उपलब्ध प्राय: सबै किसिमका प्रविधी बाट क्यान्सरको उपचार गरिन्छ। यो भरतपुरको वार्ड नम्बर ७ कृष्णपुरमा रहेको छ।

३, शिक्षण अस्पताल (भरतपुर कलेज अफ मेडीकल साइन्स )http://www.cmsnepal.edu.np/pages/aboutinst.htm भरतपुर कलेज अफ मेडीकल साइन्सको ७०० शैयाको यो शिक्षण अस्पताल अहिले प्रमुख उपचार केन्द्र भएको छ।

४, श्री ५ महेन्द्र स्मारक आंखा अस्पताल  : २०४५ सालमा उदघाटन भएको यो आंखा अस्पतालमा आंखाका सबै प्रकारका रोगहरूको उपचार गरिन्छ हाल यो अस्पताल ५० शैयामा संचालीत छ।

५, शिक्षण अस्पताल (चितवन मेडीकल कलेज)http://www.cmc.edu.np/ चितवन साइन्स कलेजको निर्माणाधीन यो अस्पताल छिट्टै शुरू हुँदैछ।

६,नारायणी सामुदायीक अस्पताल : भरतपुरको पहिलो सामुदायीक अस्पताल भरतपुर जनरल अस्पतालको नजि‍कै रहेको छ।

अन्य नि‍जी अस्पताल :- • आसा अस्पताल • मनकामना अस्पताल • जनसेवा अस्पताल • चितवन अस्पताल प्रा.ली. • ॐ अस्पताल इत्यादी

मुख्य आकर्षण[सम्पादन गर्ने]

नारायणी नदी :- सहरको उत्तर पश्चिम हुदै बगीरहेकी नारयणी नदी भरतपुरको लाइफलाइन एवं प्रमुख जलधारा हो यो नदीको किनारामा सुर्‍योदय एवं सूर्यास्त हेर्न तथा पवित्र देवघाट स्नान का लागि पर्यटक तथा भक्त जन सधै यो नदीकिनारमा पुगेका हुन्छन्।

रापती नदी :- चितवन राष्ट्रिय निकुञ्जको किनारामा वगेकी यो नदी पर्यटकको अत्यन्तै प्रीय छ। यो नदीको किनारामा सुर्‍योदय एवं सूर्यास्त हेर्नकालागी तथा जल यात्राका लागि पर्यटक हरू निकैनै आर्कषीत रहने गरेका छन।

चितवन राष्ट्रिय निकुञ्ज:- नेपालका सबैभन्दा पुरानो एवं विश्व संपदा सुचीमा सुचीकृत चितवन राष्ट्रिय निकुन्ज जुन गैडा (वानहर्न राइनो), शाही वंगाल वाघ, गोहि, हात्ती, विभिन्न किषीम का मृग, र जलचर (डल्फीन,मगर र घडीयाल गोहीहरू, बिभिन्न थरी माछाहरू) का लागि प्रशिद्घ छ।

नारायणगढ :- यो भरतपुरको मुख्य व्यापारीक बजार हो, भरतपुरमा रहेका धेरै जसो ठुला सपीङ सेन्टर, होलसेल पसल र यातायातसाधन मर्मतकेन्द्र, समेत यहाँ रहेका छन।

विस हजारी ताल :- विश्वप्रशिद्ध सिमसार क्षेत्र विसहजारी ताल पंछी प्रेमीहरू माझ प्रशिद्ध छ। यो साइबेरीयादेखि श्रीलंकासम्म चक्ककर लागउने फिरन्ता चराहरूको एक प्रमुख विश्रामस्थल हुनुका साथै स्थानीय चराहरू र गोहीको पनि केन्द्र हो।

जैवीक विविधता संग्राहलय :-टिकोली बारक्षक तालीमकेन्द्र संगै रहेको यो संग्रहालय जीवजन्तु प्रेमीहरू कालागी प्रीय हुनसक्छ।

धार्मिक केन्द्र[सम्पादन गर्ने]

देवघाट धाम :- समस्त हिन्दू जगतको प्रशिध्द देवघाट धाम यही पर्दछ।

वागेस्वरी मन्दीर :- एतिहासीक वागेस्वरी मन्दीर दियालो बंगला राजदरवारको उत्तरी कुनामा अवस्थीत छ।

गणेसस्थान,भरतपुर :- एतिहासीक गणेसस्थान मन्दीर सहरको पूर्वउत्तरमा प्रहरी तालीम केन्द्रको नजीकै रहेको छ।

अन्य मन्दीर :- • हरीहर मन्दीर,• पसुपतीनाथ मन्दीर (नारायणगढ),• विश्व शान्ती बौद्ध गुम्वा, भरतपुर,कालीका मन्दीर, जखडीमाइ मन्दीर,रामेस्वर मन्दीर, दुर्गा मन्दीर

उल्लेखनीय भवन[सम्पादन गर्ने]

दियालो बंगला राजदरवार :- यो शाह राजाहरूको सितकालीन दरवार हो राजा महेन्द्रले यसको निर्माण गर्न लगायका थीए, यो दरवार भरतपुरमा नारायणी नदी किनारमा खडा छ।

कसरा दरवार :- नेपालका राणा शसकहरूले सिकारको बेला बस्न बनाएको दरवार हो अहिले यसमा चितवन राष्ट्रिय निकुन्जको कार्यलय का साथै संग्रहालय राखीएको छ।

भरतपुर कभर्ड हल :- भरतपुरमा इन्डोर गेम खेल्नका लागि बनाइएको यो नयाँ कर्भडहल सहरको बिच गेस्टहाउस मैदानको किनारमा छ।


उपरदांग गढी :- ढुङ्गाले बनाइएको चित्तार्कषक यो गढी वडामाहाराज पृथ्वी नारायण का माहीला छोरा राजकुमार बाहदुर शाहका छोरा शत्रुभन्जन शाहले बनाएका थिए। यो गढी भर्खरै एकीकरण हुदै गरेको नेपालको अङ्ग्रेजसँग हुनसक्ने संभावीत भिडन्तलाई ख्याल गरी बनाइएको थियो। निर्माणपछी प्रसासनीक र ब्यापारीक केन्द्र बनेको उपरदांगगढी चितवन जिल्लाको पुरानो सदरमुकाम रहेको गढी हो पाहडको टाकुरामा रहेको गढी र यातायातको असुवीधाले गर्दा २०१८ सालदेखि २०२४ साल सम्ममा याहाँ बाट सदरमुकाम भरतपुर सारीएको थीयो।हाल भरतपुरमा रहेको बालकुमारी स्कूल पनि उपरदांगगढी बाट सरियको बताईयको छ|

भूगोल[सम्पादन गर्ने]

यो ठाउँको अक्षांश र देशान्तर हो 27.57° N 84.17° E।[१]समुद्र सतह भन्दा यो ठाउँ १३५ मिटर (४४२ फुट) माथि पर्दछ। भित्री मधेस भनीने चितवन उपत्यकामा पर्ने यो सहर गर्मीमा ४० डिग्री र जाडोमा ८ डिग्ी सम्मको तापक्रम रेकर्ड गरिएको छ। याँहाको नारायणगढको पोखरा बसपार्क हुदै शिबघाट सम्म नारायणी नदीको ढांड क्षेत्र रहेको छ जुन नगरको अन्य भाग भन्दा होचो र गर्मीमा बढी गर्मी हुने इलाका पर्दछ। भरतपुर हाइटबाट पस्चीम हुदै जाँदा पुन उचाइ कम हुदै जान्छ सबै भन्दा अल्को भाग वीरेन्द्र क्याम्पस भएको क्षेत्र र सबै भन्दा होचो बाह्र घरे तलको क्षेत्र पर्न जान्छ। उत्तर र पूर्वपट्टी बरण्डाभारको सदावाहर जंगल रहेको छ जाँहा साल, सिसो,साज,बाँझी, लगायतका काठ र बिभिन्न किसिमका विरूवाको झाडी पाइन्छ। नगरका केही साना भाग जस्तै देवघाट, रामनगर, जुगेडी बनभित्रै नारायणी नदी किनारमा रहेका छन।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको सन् २००५को अनुमान अनुसार भरतपुर न.पा.को जनसंख्या ११७,१६२ छ।[२] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।भरतपुरमामा मुख्यतया थारू,दराइ,बोटे,गुरुङ,मगर,चेपाङ, तमाङ,थोरै संख्यामा राइ,लिम्वु, का साथै बराल,पौडेल,अधिकारी,थापा,के.सी. बोहोरा थर भएका बाहुन तथा क्षेत्री जाती श्रेष्ठ,प्रधान,माहर्जन,साही लगायत थर भएका नेवार जातीका मानीस का साथै नेपालमा पाइने सबै जात जातीका मानीस बसोबास गर्दछन।

English Identity Of The City = Bharatpur, Nepal

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

↑ Bharatpur. Falling Rain Genomics, Inc. Retrieved on अप्रिल २८, २००७. ↑ नेपाल जनगणना २००१. Retrieved on अप्रिल २८, २००७. http://www.bharatpurmun.org.np/

बाहिरी लिंकहरू[सम्पादन गर्ने]