भरतराज उप्रेती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भरतराज उप्रेती
जन्म(१९५०-०७-०८)जुलाई ८, १९५०
सिन्धुपाल्चोक
मृत्यु२०७२ जेठ १० गते
काठमाडौँ

भरतराज उप्रेती नेपालको सर्वोच्च अदालतका पूर्व न्यायाधीश तथा वरिष्ठ अधिवक्ता थिए ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

भरतराज उप्रेती वि.सं. २०३३ सालमा सर्वोच्च अदालतको अधिवक्ताका रूपमा नियुक्त भएका थिए । वि.सं २०६५ माघ ९ गते सालमा सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश नियुक्त भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयमा २१ वर्ष अध्यापन पनि गरेका थिए भने काठमाडौँ विश्वविद्यालयमा भिजिटिङ फक्याल्टिका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए। [१]

मृत्यु[सम्पादन गर्नुहोस्]

वि.सं. २०७२ जेठ ११ गते भरतराज उप्रेतीले ज्ञानेश्वरस्थित आफ्नो निवासको बैठक कक्षमा झुन्डिएर आत्महत्या गरेका थिए। [२] उप्रेतीले सुसाइड नोटमा 'मेरो काज क्रिया गर्नुपर्दैन । मेरो शवलाई अध्ययनमा प्रयोग गर्न शिक्षण अस्पताललाई दिनु र काज क्रिया वापतको ५ लाख राहत कोषमा जम्मा गरिदिनु' लेखेका थिए।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]