भरत बाबु प्रसाईं

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

छत्रवान केसरी प्रसाईं (भरत बाबु)https://www.facebook.com/ckprasaibharatbabu प्रसिद्ध नाम सी.के. प्रसाईँ(१९८८-२०५०) नेपालका बौद्धिक चिन्तक, दार्शनिक तथा राजनीतिज्ञ थिए। सिद्धान्त र निष्ठाको राजनीति गर्ने नेताका रूपमा उनी परिचित छन्।

सि के प्रसाईंको जन्म बाबु देवीप्रसाद प्रसाई तथा आमा देवकुमारी प्रसाईको गर्भबाट वि.सं. १९८८ फागुन ७ गते काठमाडौंमा भएको थियो। काठमाडौंमा प्राथमिक शिक्षा पूरा गरी थप अध्ययन गर्न बनारस पुगेका यिनी २०१२ सालमा एम. कम. तहको अध्ययन पूरा गरी २०१४ मा झापाको विर्ता बजारमा बसोबास गर्न पुगे।

२०१७ सालको घोषणा पछि पञ्चायत सरकारले सर्वस्व हरण गरेपछि यिनी भारतको नक्सलबारीमा निर्वासित भए। भारत बस्दा यिनले उत्तर बङ्गाल विश्वविद्यालयमा अध्यापन गरे। [१]

यिनले नेपाली राजनीति र दर्शन विषयमा विभिन्न पुस्तकहरू लेखेका छन्। जस मध्ये यिनको मौलिक कृति आजको सरल राजनीति र अनुवादित कृति कम्युनिष्ट मेनिफेस्टो: समाजवादको आधारशीला चर्चित छन्। यिनको निधन पछि यिनकी श्रीमती गिरिराज कुमारी प्रसाईं पनि राजनीतिमा आइन्। उनले २०५१ को निर्वाचनमा झापा जिल्ला क्षेत्र नं २ मा केपी ओली सँग प्रतिष्पर्धा गरी झिनो (१७) मतले पराजित भएकी थिइन्।

भरतबाबूका दाजू रामबाबू (खड्गराज केशरी प्रसाईं, खनुपरुदे) नेपाली राजनीतिमा थिए। उनी नेपाली कांग्रेसको महामन्त्री सम्म बनेका थिए।

प्रसाईंको नाममा झापाको विर्तामोडसी.के. चिन्तन पतिष्ठान को स्थापना भएको छ। प्रतिष्ठानले प्रत्येक वर्ष फागुन ८ गते सी.के. स्मृति दिवस मनाउँदै आएको छ ।[२] यस प्रतिष्ठानको ३० लाख रूपैयाँ लागतमा निर्मित आफ्नै भवन छ।

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "सी.के. प्रसाई (भरतबाबू)", Nai Publication, अन्तिम पहुँच १२ जुलाई २०१८  वेब्याक मेसिन अभिलेखिकरण ३१ अगस्ट २०१८ मिति
  2. http://www.purwanchalnationaldaily.com/सीके_देशकै_गौरव[dead link]