भरत सिटौला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भरत सिटौला
विधापप, रक
पेशागायक, संगीतकार, टेलिभिजन प्रस्तोता
वाद्ययन्त्रस्वर, गीतार
सक्रिय वर्ष२००५-हाल

भरत सिटौला नेपालका पप गायक हुन्।

जीवनी[सम्पादन गर्नुहोस्]

ताप्लेजुङ निघुरादीनको भरत सिटौला मध्यमवर्गिय परिवारमा परिवारमा जन्मिनु भएको हो । उहाले सङघर्ष गदै ब्याच्लर सम्मको अध्ययन् गर्नु भएको छ । जिवनमा धेरै संघर्ष गदै अगाडि बढ्दै उहाले आफुलाई अगाडि बढाउनु भएको छ । यसरी अगाडि बढ्ने क्रममा संगित क्षेत्रमा २०५८ सालबाट प्रवेश गरी काठ्माडौ आयर संर्घष गदै अगाडि बढ्नुभयो । २० वर्षको उमेरबाट नै यस क्षेत्रमा अगाडि बढ्नुभएको उहाको रुची सानैबाट गित गाउनुमा थियो । व बोलन नामक गितबाट उहाले आफुलाई त्यसक्षेत्रमा प्रवेश गराउनु भएको थियो भने् मोड द टर्निङ पोइन्ट उहाको पहिलो एल्बम रहेको छ । यस एल्बम २०६० सालमा रिलिज भएको थियो । जुन एल्बममा रहेका अचानक आज तिमीलाई के भयो, माया लाउन त लगाएतका गितहरु हिट भएपछि नेपाली संगित क्षेत्रमा विशेष गरी पप गित मनपराउने श्रोताहरूले भरत सिटौलालाई गायकका रूपमा चिन्न थाले । हिट्स एफएम अवार्डको बेस्ट न्यु आर्टिस्ट अफ द इयरको उपाधि समेत जित्न सफल भएपछि एकाएक चर्चामा आए । त्यसपछि २०६३ सालमा आएको दोश्रो एल्बम म अनि तिमी मा समाबेश कहिले आगो कहिले पानी, ओ रिया लगाएतका गितहरु पनि त्यो समयमा निकै चर्चाको शिखरमा थिए । यो एल्बममा समाबेश हुन्छ भने हुन्छ भन् भन्ने गित पनि त्यो बेला निकैनै रुचाइएको थियो । त्यस्तै २०६६ सालमा महिमा एल्बम निकालेर हरेराम हरेकृष्णा भन्ने फरक शैलिको गित पनि निकै सफल मानिन्छ । सांगितक भ्रमणको सिलशिलामा युरोप, हङकङलगायतका देशहरू साथै नेपालका अधिकांश स्थानमा आफ्नो प्रस्तुती यि गायकले दि सक्नु भएको छ । अहिले नया एल्बमको तयारी गदै गरेका गायक भरत सिटौला एक कुशल संञ्चारकर्मीको रूपमा केही समय हिमालय टेलिभिजनमा पनि सक्रिय हुनुभएको थियो । ।[१] नेपाली चलचित्र म अनि तिमी, कामचोर, तिम्रो मनको मान्छे म लगायतका चलचित्रमा संगित सृजना र गित रचना, गायन पनि उहाले गरिसक्नु भएको छ ।

गायन जीवन[सम्पादन गर्नुहोस्]

२०५८ सालबाट प्रवेश गर्नु भएको हो । पहिलो एल्बम २०६० सालमा मोड द टर्निङ पोइन्ट, दोश्रो २०६३ सालमा म अनि तिमी, तेश्रो २०६६ सालमा महिमा निकाली सक्नुभएको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "कुन फुल होला भन्दै भरत सिटौला", सिस्टम चेक, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-२५ मिति
  2. name="http://www.onlinekhabar.com/2016/09/484411