भानुभक्त आचार्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भानुभक्त आचार्य

काठमाडौं दरवार हाइस्कूल अगाडी भानुको प्रतिमा
जन्म 1814 (1871 B.S)
चुँदी रम्घा, तनहुँ, नेपाल
मृत्यु 1868 (1925 B.S)
पेशा साहित्य
चित्र:भानुभक्त.jpg
आदिकवि भानुभक्त आचार्य

भानुभक्त आचार्य (जन्म वि सं १८७१ असार २९, मृत्यु वि सँ १९२५ असोज ६)[१] नेपाली भाषाका कवि हुन जसलाई नेपाली भाषाका आदिकवि भनेर चिनिन्छ[२]। उनले प्रश्नोत्तर (वि.सं १९१० ), भक्तमाला (वि.सं १९१०), वधूशिक्षा(वि सं १९१९) [१] लगायतका कृतिहरू लेखेका छन्। उनले बाल्मीकीय रामायणलाई नेपाली भाषामा अनुवाद गरेका छन्। उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी साहित्यमा चिनिएका हुन।

जीवनी[सम्पादन गर्ने]

भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो [३]। बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।

१९५ वर्षअघि उदाएका नेपाली बाङ्ग्मयका ज्योति भानुभक्त आचार्य राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शक हुन्। मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युका प्रतीक रामको राजमहलबाट वनबास यात्रा लोकहितका निम्ति जस्तो पनि काम गर्नुपर्छ भन्ने आदर्श उनले प्रचार गरे। हजारौ वर्षदेखि पूर्वीय जगत्मा उपजीव्य बनेको प्रतिनिधि ग्रन्थ रामायणको नेपालीमा पुनर्जन्म गराउन सफल भए भानुभक्त।

नेपाली जगत्मा एकैपल्ट भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्य जस्ता समग्र विषयको समन्वय एवं समष्टि भाव प्रदान गरेर भानुभक्तले आदिकवि तथा नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका हुन्। भानुभक्तका बारेमा अरू कुरा भन्न र उनलाई चिनाउन बाँकी पो के छ र ? मोतीरामका कलमबाट समाजमा मुखरित भानुभक्त प्रत्येक लेखकका कलमको टुप्पामा अडिएका छन् जसले जता घुमाए पनि हुने। जेजस्तो उपाधि दिए पनि हुने।

नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन्। नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले लोहोटा, कचौरा, गिलास पञ्चपात्रो, आचमनी जेले जति पाइयो उघाउने काम भएको छ। यहा केही पत्रपत्रिका र भानुसम्बन्धी कृतिहरूका आधारमा भानुभक्त सम्बन्धी/उनका कृतिहरूका बारेमा लेखिएका रचनाहरूबाट कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख गरिएको छ। शीर्षक र लेखकका बीचमा केही शब्दहरू राखिएका छन् त्यो केवल पूर्वापर सम्बन्ध जोड्ने र भाषिक मिठासका निम्ति भएको हो। भानुसम्बन्धी रचनाका यहा प्रस्तुत गरिएका शीर्षकहरू मेरो आफ्नो अध्ययनले भ्याएसम्म र प्राप्त भएसम्मका पत्रपत्रिकाहरूबाट उद्धृत गरिएको छ। शीर्षक प्राप्त भएका पत्रपत्रिका र अन्य स्रोतहरूको सम्पूर्ण विवरण यो सानो टिपोटमा दिन सम्भव देखिएन। यो एउटा सङ्केत मात्र हो। उदाहरणस्वरूप केही शीर्षकहरू-

कवि भानुभक्तको जीवन चरित्र वि.सं. १९४८मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई तनहुँ चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम गरे मोतीराम भट्टले। अनि मात्र त्यस बेलाको नेपाल (काठमाडौंं उपत्यका) र वरपर रामायणका श्लोकसाग भानुभक्त गाइन थाले। सुब्बा होमनाथ, केदारनाथ, सर्वहितैषी कम्पनी, बाबू माधवप्रसाददेखि बम्बै पुस्तक भण्डारसम्म प्रकाशकहरूले कतै सातकाण्ड त आठकाण्डका रूपमा अनि कतै भानुभक्तको रामायण, भक्तमालाबधूशिक्षा आदि नामबाट प्रकाशन गरेर भानुभक्तलाई अझ धेरै व्यापक बनाए। वि.सं. १९८६ तिरबाट सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधानजस्ता व्यक्तिहरूले नेपालबाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुभक्तले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्टिय -नेपालीभाषी सबै क्षेत्रमा) मान्यता पाए। भक्त भानुभक्तका रूपमा बालकृष्ण समले नाटकीय अभिनयसहित मञ्चमा उभ्याइदिएपछि २००२ भाद्र २२को गोरखापत्रले पनि यसरी लेखेको छः 'गौरी शङ्कर नाट्यसमुदायले भक्त भानुभक्त नाटक देखायो। भानुभक्तको यौटा श्राद्ध मोतीराम भट्टले गरेथे। अर्को गौरी शङ्कर नाट्यसमुदायबाट भयो।'

अनि त्यही दिनको गोरखापत्रले टिप्पणी पनि गर्‍योथ 'अहिलेसम्म भेट्टाएका पुस्तक र कहानीबाट मात्र स्व. कवि भानुभक्तको चित्र लेख्न कनि ट।' तर त्यसैबेला दार्जिलिङको चौरस्तामा भानुभक्तको मूर्ति सूर्यविक्रमहरूको सत्प्रयासाबट स्थापित गरेरै छोडियो। ब्रहृम सम्शेर जबराले पनि कवि भानुभक्त भनेर लेखेका थिए। त्यसैबेला भानुभक्तको महत्त्वका रूपमा सूर्यविक्रम ज्ञवालीले देखे। नेपाली साहित्यका इतिहासमा सर्वश्रेष्ठ पुरुष महाकवि देवकोटाका कलममा घोटिएर घासीसम्म बन्नपुगे। आदिकवि भानुभक्त आचार्य लिएर भाइ चन्द प्रधान उभिएकै बेला भानुभक्तको सच्चा जीवन चरित्र नरनाथ आचार्यका कलममा अझ तिखारियो। 'भानुभक्ताचार्यको जन्म जयन्ती यही आषाढ २९ गते मनाउनुहोस्' भनेर गोपाल पाडेले आहृवान गरेपछि २०१२ सालको भानुजयन्ती भव्यतासाथ सम्पन्न भयो। 'भानुले रामायण सिर्जना गरी नेपालीमा एकता ल्याउनुभयो।' भनी सोही दिन कवि शिरोमणि लेखनाथ सभापतिको आसनबाट गुन्जिए। उक्त दिन सरस्वती सदनमा आयोजित भानुजयन्ती समारोहमा श्री जगदम्बा कुमारीद्वारा भानुभक्तको प्रतिमा बनाइदिने वचन दिइएपछि भानुभक्त सचेत सहृदयीहरूमा व्यापक बन्दैगए।

'नेपाल राष्ट्र रहेसम्म भानुभक्त अमर रहनेछन्' लेखनाथ पौडेलको त्यस बेलाको घोषणा आजसम्म सार्थक छ। नेपाली समाजप्रति आदिकवि भानुभक्तको देन सम्झिने गोपाल पाँडे, नेपाली साहित्यमा भानुभक्तको स्थान खोज्ने कृष्णप्रसाद ज्ञवाली, भानुभक्तको काव्य साधनामा अलमलिने गणेश भण्डारी, भानुभक्तको परिचय दिने ज्योति उपाध्याय, आदिकवि भानुभक्त र उनको साहित्यिक साधनको पृष्ठभूमि पहिल्याउने प्रो.ढुण्डीराज भण्डारी, भानुभक्तलाई नेपालीहरूमा भाषात्मक एकता स्थापित गर्ने श्रेय दिने राजेश्वर देवकोटा, भानुभक्तको गाउः अतीतको सम्झनाभित्र राख्ने रामचन्द्र न्यौपाने, दुई जोईको पोइः भानुभक्त निक्र्‍योल गर्ने काशीनाथ तमोट, कवि भानुभक्त र उनका दृष्टिमा नारी उभ्याइदिने राजेन्द्र सुवेदी, भानुभक्तको कान्तिपुर र आजको काठमाडौको तुलना गर्ने केशवराज पिँडाली, भानुको भावना बुझ्ने मुक्तिप्रसाद आचार्य, भानुभक्त विद्रोही र रुढिवादी भावनाको समन्वय गराउने देवेन्द्रराज उपाध्याय, भानुभक्त रामायणबारे लेखिएका केही कुरा खोतल्ने रामदेव ठाकुर र नेपाली साहित्यका प्रज्वलित ज्योति आदिकवि भानुभक्त भन्दै मदन थापाहरू आएका छन्। एउटा खुलापत्र भानुभक्तलाई लेख्न पनि हिचकिचाउदैनन्। राष्ट्रियता तथा सांस्कृतिक चेतना जगाउन आदिकवि भानुभक्तको उल्लेखनीय योगदानको महत्त्व दिनेहरू पनि छन्। इन्द्ररत्न बज्राचार्यले पनि आदिकवि भानुभक्त चिनेका थिए। भानुभक्त रामायणको महात्म्य भागलाई संस्कृत मूलसित दाजेर हेर्दा भनेर डा. डिल्लीराम तिमसिनाको कलम तिखारियो। केशवप्रसाद उपाध्याय भानुभक्त र उनको रामायणको मूल्याङ्कन गर्छन्। भानुभक्तको देन पाएर नेपाली साहित्य समृद्धिशाली भन्नेहरू राष्ट्रभाषा भानुभक्तको देन ठानेर त्यसैमा रमेका पनि भेटिएका छन्।

आदिकवि भानुभक्त र उनका सर्वश्रेष्ठ गुणहरूको खोजी गर्ने खड्गबहादुर लोहार, युग चेतनाका सजग कवि भानुभक्तः केही सन्दर्भ, केही प्रसङ्ग निकाल्ने डा. सूर्यनाथ, भानुभक्त जागीरे थिए भनेर औाल्याउने मङ्गलदेव परियार, भानुभक्त विषयक मतभेद बटुल्ने मोतीवीर राई, भानुभक्तले कलम किन चलाए ? भन्दै सोधीखोजी गर्ने श्रीभद्र शर्मा, भानुभक्तको युगबोध र नैसर्गिक कवित्व शक्तिसाग जोरी खोज्ने जगन्नाथ त्रिपाठी, भानुको साहित्यिक योगदानबारे प्रकाश पार्ने प्रो. यदुनाथ। भानुभक्तको स्मृतिमा विरह पोख्ने धर्मराज थापा, व्यंग्यात्मक कवि भानुभक्त भनेर व्यंग्य गर्ने श्रीप्रसाद पण्डित, आदिकवि भानुभक्तः केही बुादाहरूमा टिपोट गर्ने अमरकुमार प्रधान, भानुभक्तीय नेपाल भाषाः एक विवेचनामा टुंग्याउने विजय चालिसे, रसभावपूर्ण भानुभक्तभित्र पस्ने नरनाथ शर्मा, भानुभक्त र उनको दिग्दारीमा चिन्तित हुने प्रताप कालिकोटे, भानुभक्तले के गरे त भनेर निहु झिक्ने इन्द्रदेव सिंह, भानुभक्तका राममा रमाउने कमला साङ्कृत्यायन र यस्तैयस्तै धेरै कुराहरू धेरै जनाले देखेका छन् भानुभक्तका कृतित्व र व्यक्तित्वभित्र। सानुभाइ शर्माले भानुलाई मान्छेको रूपमा हेर्दा पनि कसैले अनौठो मानेन। सावित्री सुन्दास भानुभक्तको जीवनदर्शन पाएर खुसी भइन्। कोही चाहि भानुभक्तबाट नेपाली भाषाको उत्थानमा भएको योगदानको कुरा उठाउाछन्। भानु बा नजाती नमान्नु होला भनेर बेस्सरी गाली गर्नेहरू पनि छन्। भानुभक्तलाई कतिले राष्ट्रिय कविको संज्ञा दिएका छन् त कति चाहि जातीय कवि भन्न मन पराउछन्। भाषिक कविको उपाधि दिनेहरू पनि छन्। ... उनका कृतिलाई नेपालीमा लेखेको दर्शनशास्त्र। गीता/नेपाली काव्यक्षेत्रको गुरूग्रन्थ जस्ता पदवी प्रदान गर्नेहरू पनि छन्। नेपाली तब जगाउने, जातीय भेदभाव मेटाउने, भाषिक सङ्कीर्णता हटाएर नेपाली भाषालाई सशक्त राष्ट्र भाषाका रूपमा दरो पार्ने काम भानुभक्तले गरे।' 'नेपाली भाषालाई निक्खार र भावमय रूप दिने यिनै पहिला कवि हुन्।' 'आधुनिक भाषा तथा साहित्यका एउटा महान् जातीय कवि भानुभक्त हुन्। ... विविध वर्गका मानिसलाई मिलाउने एकताको मूलभाषा तथा संस्कृति प्रदान गरेर भानुभक्तले नेपाली मात्रको अनुपम सेवा गरे।' 'पण्डितहरूका विरोधमा जनपक्ष लिने भानुभक्त युगअनुसारका प्रगतिशील थिए।' यस्तै यस्ता असङ्ख्य उद्गारहरू, अभिव्यक्तिहरू, श्रद्धाञ्जलि र सद्भावनाहरू व्यक्त भएका छन् भानुभक्तप्रति।

पहिलोपटक मोतिराम भट्टले भानुभक्तलाई चिनाइदिएपछि यता आजसम्म जसले जति लेखे पनि उनै कुरा हुन्। घुमाइफिराई पुरानै कुरालाई नया रूप दिने काम भएको हो। आफ्ना पुर्खालाई डोर्यारएर आउने क्रममा क्रमशः नया पुस्ताका हातमा पुर्याकइदिनैपर्छ। यतिबेलाको लोकतान्त्रिक गणतन्त्र नेपालमा 'आधुनिक नेपालका दुई महापुरुष राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाह, भाषा निर्माता आदिकवि भानुभक्त आचार्य।' जस्ता भनाइ दोहोर्या उनु अर्घेलो हुनसक्छ तर योभन्दा राम्रो र धेरै काम नभएसम्म जनताले त्यति सजिलै बिर्सने पनि छैनन् र बिर्सनु पनि हुदैन। जसले जे भने पनि भानुभक्त नेपाली वाङ्मयकै विराट् पुरुष हुन्। विराट्को व्यक्तित्व र कृतित्व प्रकाश पार्न अझै विराट कामहरू हुनै छन्। नयानया ढङ्गबाट उनका बारे व्याख्या र विश्लेषण भइरहनुपर्नेछ। पछिल्लो जनआन्दोलनका क्रममा धेरै ठाउमा भानुभक्तका मूर्तिहरू पनि तोडिएका छन्। भानुभक्तले गर्दा हाम्रा भाषाहरूको विकास हुन नसकेको हो भनेर गुनासो पनि धेरैले गरेका छन्। त्यसकारण गणतान्त्रिक नेपालमा भानुभक्तलाई कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा झन् विचारणीय भएको छ। [४]

बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ। भानुभक्तका योगदानको स्मरणसागै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदैजानेछ

रामायण १.बाल काण्ड

एक् दिन् नारद् सत्य लोक् पुगिगया लोक्को हित् गरौ भनि
ब्रम्ह्ना ताहि थिया पर्या चरगनमा खुसि गराया पनि
क्या सोद्च्हौ तिमी सोध् म भन्च्हु म भनि मर्जि भयेथ्यो जसै
ब्रम्ह्नाको करुना भुजेर रिसिले बिन्ति गर्या यो तसै|
हे ब्रम्ह्ना जति हुन् सुभा सुभ सबै सुनि रया छु कछु
बाकि छइन तथा बिसुन्न इछया म यो गर्द्छु
आउ लाज भयो कलि बखतम प्रानि दुराच्रार भइ
गर्न्याछन सब पाप् पनि सरलका निस्काम तिमा गइ|
साच्ह्यो कुरा गरि नकोइ अरुकोइ गर्नन् त निन्दा पनि
अर्कको धन खानलाई अभिला गर्नन् तद यो भनि
कोहि जान् परत्रिमा रतहुनन कोही त हिम्सा महा
दिनइलाई त अत्मा जानि रहलान् नत्तिक पसु झहि कहा|

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

  1. आदिकवि भानुभक्त (पटकथा)
  2. भानुभक्त आचार्यका रचनाहरू (मझेरी डट कममा)

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ "भानु जयन्ती मनाइँदै : हिमालय टाईम्स"
  2. आदिकवि भानुभक्त आचार्य: मुना, असार २०६७
  3. गोरखापत्र
  4. डा. तुलसी भट्टराई