भारतमा गणतन्त्र दिवस
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
गणतन्त्र दिवस भारतको राष्ट्रिय पर्व हो, जो हरेक वर्ष २६ जनवरीको दिन मनाइन्छ। यसै दिन सन १९५०को दिन भारतको संविधान लागू भएको थियो।
इतिहास [सम्पादन गर्ने]
सन १९२९को डिसेम्बरमा लाहौरमा भारतीय राष्ट्रिय कांग्रेसको अधिवेशन पण्डित जवाहर लाल नेहरूको अध्यक्षतामा भयो, जसमा प्रस्ताव पारित गरेर यस कुराको घोषणा गरिएको थियो कि यदि अङ्ग्रेज सरकार २६ जेनवरी, १९३० सम्म भारतलाई उपनिवेशको पद (डोमीनियन स्टेटस) प्रदान गर्दैन भनें भारतले स्वयंलाई पूर्ण स्वतंत्र घोषित गर्नेछ। २६ जेनवरी, १९३० सम्म जब अङ्ग्रेज सरकारले केही गरेन तब कांग्रेसले त्यस दिन भारतको पूर्ण स्वतंत्रताको निश्चयको घोषणा गरियो र सक्रिय आन्दोलन आरंभ गरियो। त्यस दिनदेखि १९४७मा स्वतंत्रता प्राप्त नभएसम्म २६ जेनवरीमा स्वतंत्रता दिवसको मनाइयो। तदनंतर स्वतंत्रता प्राप्तिपछि वास्तविक दिन १५ अगस्टलाई स्वतंत्रता दिवसको रूपमा स्वीकार गरियो। २६ जेनवरीको महत्व बनाई राख्न संविधान सभा (कास्टीट्यूएंट असेंबली)द्वारा स्वीकृत संविधानमा भारतको गणतंत्र स्वरूपलाई मान्यता प्रदान गरियो।