भारतीय राष्ट्रपति भवन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ढाँचा:ज्ञानसन्दूक ऐतिहासिक इमारत

भारतीय राष्ट्रपति भवन भारत सरकारको राष्ट्रपतिको सरकारी आवास हो। सन १९५० सम्म यसलाई वाइसरय हाउस भनिन्थ्यो। त्यसबेला यो तत्कालीन भारत का गभर्नर जनरलको आवास थियो। यो नयाँ दिल्लीको मुटुमा स्थित छ। यस भवनमा ३४० कक्ष छन् र यो विश्वमा कुनै पनि राष्ट्राध्यक्षको आवास भन्दा ठूलो छ। वर्तमान भारतको राष्ट्रपति, ती कक्षहरुमा रहँदैनन्, जहां वाइसरय रहन्थे, बरु उनि अतिथि-कक्षमा रहन्छन। भारत को प्रथम भारतीय गभर्नर जनरल सी. राजगोपालाचारीलाई यहाँको मुख्य शयन कक्ष, आफ्नो विनीत नम्र रुचिहरुको कारण, अति आडंबर पूर्ण लाग्यो जसको कारण उनले अतिथि कक्षमा रहन उचित सम्झे। उनी पछी सबै राष्ट्रपतिहरुले यही परम्परा निभाए। यहाँको मुगल उद्यानको गुलाब वाटिकामा अनेक प्रकारको गुलाब लगाईएको छ र यो कि जन साधारण हेतु, प्रति वर्ष फरवरी महिनाको समयमा खुल्दछ। यस भवनको खास कुरा छ कि यस भवन को निर्माण मा फलामको प्रयोग नगण्य मात्रा भएको छ।

परिकल्पना[सम्पादन गर्ने]

चित्र:Rashtrapati bhawan.JPG
राष्ट्रपति भवन भवन समूह को खाका
चित्र:Rashtrapati bhawan water.jpg
भवन मा धेरै गोलाकार परात/कुण्ड रूपी घेरा छन् जो कि भवन को माथि लगे छन्, र जसमा पानीको फोहोरा पनि लागेको छ, उनि भारतीय स्थापत्य को अभिन्न अंग हो।

दिल्ली दरबार को वर्ष १९११ मा भारतको राजधानी लाई तत्कालीन कोलकाता बाट स्थानान्तरित गरेर दिल्ली ल्याउने निर्णय लिईयो। यो निर्णय १२ डिसेम्बरमा जर्ज पंचम द्वारा घोषित गरियो। यस योजनाको अनुसार गभर्नर जनरलको आवासलाई प्रधान र अति विशेष दर्जा दिइयो। ब्रिटिश वास्तुकार सर एड्विन लैंडसियर लूट्यन्स लाई, जो कि नगर योजना को प्रमुख सदस्य थिए, यस भवन स्थलको परिकल्पनाको कार्यभार सुम्पियो। यसको मूल योजनाको अनुसार, केहि यस्तो बनाउनु थियो, जो कि पूर्वीय र पाश्चात्य शैलीको मिश्रण होस। केहि मानिसको रायमा यो भवन परम्परागत शैली को हुनु पर्छ भन्ने थियो, जो कि प्राचीन यूनानी शैलीमा हुन्थ्यो। तर यो भारतमा स्पष्टतः पाश्चात्य शक्ति प्रदर्शन हुन्थ्यो, जो कि अमान्य थियो। त्यही दोश्रो तर्फ धेरै मानिसहरुको मत थियो, कि यो पूर्णातया भारतीय शैलीको होस। यि दुवै को मिश्रणको धेरै अनुपात पनि प्रस्तावित थिए। त्यसबेला वाइसरयले भने, कि भवन परम्परागत हुनेछ, तर भारतीय मोटिफ को बिना। यही त्यो परिकल्पना थियो, जो कि मूर्त रूपमा आज उभिएको छ। यो भवन लगभग त्यसै रूपमा बन्यो, जो कि लूट्यन्सले बेकर लाई शिमलाबाट १४ जुन १९१२ मा पठाएका थिए लूट्यन्सको परिकल्पना वृहत रूपले परम्परागत थियो, जो कि भारतीय वास्तुकला देखि वर्णमेल, ब्यौरे, इत्यादि मा अत्यधिक प्रेरित थियो, साथै वाइसरय को आदेश को अनुसार पनि थियो। लूट्यन्स र बेकर, जसलाई वाइसरय हाउस र सचिवालयहरुको कार्य सुम्पियो, उनले शुरुमा एकदम सौहार्द रुपमा कार्य गरे, तर त्यस पछि झगडा गरे पनि। बेकरलाई यस भवनको अगाडी बनेको दुइ सचिवालयहरुको योजनाको कार्य दिईएको थियो। शुरुको योजनानुसार वाइसरय हाउस को रायसिना को पहाड को माथि बनाएर दुवै सचिवालय तल बनाउनु थियो। त्यस पछि सचिवालयहरुलाई ४०० गज पछि धकेलेर पहाडमा नै बनाउन तय भयो। लूट्यन्स को योजनानुसार यो भवन एक्लै ऊंचाई मा स्थित हुन्थ्यो, जसलाई कि सचिवालयको कारण आफ्नो मूलयोजना बाट पछाडी फर्कनु पर्यो, साथै अगाडी दुवै सचिवालय खाडा भयो, जसबाट कि त्यो दृष्टि मा केही दब्यो। यही उनको विवादको कारण थियो। यस भवन पूर्ण भए पछि लूट्यन्स ले बेकर देखि राम्रो लडाई गरे, किनकी बस्तबमा हाउस को दृश्य, सडकको उच्च कोणको कारण छोपिएको थियो।

रात्रि मा राष्ट्रपति भवन को दृष्य
चित्र:Rpb canyons.jpg
भवन को अगाडी सजी तोपें

लूट्यन्स ले यस विवादलाई बेकरलू (वाटरलू को युद्ध को सन्दर्भ मा) को स्तर को माने। तर भरपूर प्रयास को बावजूद यसलाई पाएनन। उनी चाहन्थे, कि भवनबाट तल सम्म एक लामो ढाल मा सडक आओस, जसबाट कि भवन को दृश्य न छोपियोस, एवं टाढा बाट पनि दृश्य होस। सन १९१४ मा बेकर र लूट्यन्स सहित बनी एक समितिमा तय भयो, कि सडक को ढाल २५ मा १ होस, जो त्यस पछि केवल २२ मा १ बन्यो। यसले धेरै उभिएको ढाल भवन को दॄश्य लाई अरु बाधित गर्दथ्यो। लूट्यन्स यो जान्दथे, कि यो ढाल पनि यसको दृश्य लाई पूर्णतया देखाउन पाउदैन। त्यसबेला उनले यसलाई कम गराउने निवेदन गरे। सन १९१६ मा इम्पीरियल दिल्ली समिति ले लूट्यन्स को यस प्रस्तावलाई रद्द गर्यो। लूट्यन्स ले त्यसबेला पनि यही बुझे कि बेकर सरकारलाई खुशी पारेर, अरु पैसा कमाउनमा धेरै लाउएको थियो, न कि राम्रो श्रेणीको वास्तु रूपांकनमा ध्यान केद्रित गर्न मा। लूट्यन्स ले भारत र इंगल्याण्ड को बाइस वर्ष मा लगभग प्रतिवर्ष यात्रा गए, दुवै स्थानहरु को वाइसरय भवन बनाउन हेतु। उसलाई लर्ड हार्डिंग को बजेट नियंत्रण को कारण भवनको आका लाई धेरै गुणा सानो पनि गर्नु पर्यो। लर्ड हार्डिंग ले यद्यपि खर्च नियंत्रित गरेर मूल्य घटाउने निर्देश दिएका थिए। तथापि उनी चाहन्थे, कि केही निश्चित मात्रा मा त भवन मा वैभव दर्शन होस नै।

भारतीय रूपांकन[सम्पादन गर्ने]

चित्र:Rashtrapati bhawan chhajjaa2.jpg
छज्जेदार भवन को एक दृश्य।

भवनको माथि सहायक गुम्बदनुमा ढांचा छाता भनिन्छ, जो कि भारतीय स्थापत्यकला को एक अभिन्न अंग हो। यस चित्र मा बेकर द्वारा अभिकल्पित सचिवालयहरु भध्येको एक दृश्य हो, जो कि भवन को अंग हैन। भवनमा विभिन्न भारतीय स्वरुप हालियो र जोडियो। यिनीहरुमा धेरै गोलाकार परात/कुण्ड रूपी घेरा छन्, जो कि भवन को माथि राखिएको छ, र जसमा पानी को फौव्वारे पनि लागेको छ, त्यो भारतीय स्थापत्य को अभिन्न अंग हो। यहां परम्परागत भारतीय छज्जे पनि छन्, जो कि आठ फीट पर्खालबाट बाहिर तर्फ निस्किएका छ, र तल पुष्पाकृति देखि सम्पन्न छन्। यसले भवनलाई सिधा घाम झ्यालमाहरुमा पर्नबाट, र मनसुनमा वर्षा को पानि र बाछिटालाई जानबाट रोक्दछ। छतको माथि बनेको धेरै छाताहरु, भवनको छत को त्यो भागलाई, जहां मुख्य गुम्बद बनेको छैन, त्यहाको सपाट दृश्य हुन बाट रोक्दछ। लूट्यन्स ले धेरै भारतीय शैली को नमूनहरुलाई उपयुक्त स्थानहरु मा प्रयुक्त गरेका छन, जो कि एकदम प्रभावशाली छन्। यिनीहरु मध्ये केहि हो, बगैंचामा बनेको नाग, स्तम्भहरुमा बनेको सजाईएको हात्ती, र साना खम्भाहरुमा राखिएको बसेको सिंह। ब्रिटिष शिल्पकार चार्ल्स सार्जियेन्ट जैगर, जो कि आफुले बनाएको धेरै युद्ध स्मारकहरुको लागि जानिन्छन, ले बाहिरी पर्खालहरुमा बनेको हात्तीहरुको सजावट गरेका थिए थियो। यसको साथै जयपुर स्तम्भको नजिकको पूर्ण बास रिलीफ पनि उनले नै ले बनाएका थिए। [१].

चित्र:Rashtrapati bhawan chhajjaa.jpg
भवनको अलंकृत छज्जा

रातो बलुआ पत्थर ले बनेको जालिहरु पनि भारतीय स्थापत्यबाट प्रेरित थिए। भवनको अगाडी तिर, पूर्वी तर्फ, बाह्र असमान स्थित स्तम्भ छन्, जसमा माथि तिर, खडी रेखाहरु को बर्डर छ, र अकैन्थस को पातहरु सहित बेक बनी छ, जसको संग चार पैन्डेन्ट रूप मा घंटी बनी छ, जो कि भारतीय हिन्दू धर्म को मन्दिरहरु को एक अनिवार्य अंग हो। प्रत्येक स्तम्भको प्रत्येक माथि कोणमा एक घन्टी बनेको छ। यो कथित थियो, कि किनकी यो घंटियां शान्त छं, यसैले भारत मा ब्रिटिश राज्य समाप्त हुनेछैन। प्रासाद को अगाडी तिर कुनै खिडकी छैन, सिवाय किनारों तिर बनी भयो वाला के। लूट्यन्स ले भवन मा केहि व्यक्तिगत प्रभाव पनि डाले छन्, जस्तै कि उद्यान को पर्खाल मा एक स्थान, र स्टेट कक्ष मा दुइ रोशनदान, जो कि चश्मा जस्तै प्रतीत हुन्छन्। यो भवन मुख्यतः १९२९ मा, बाकी नयाँ दिल्ली संग ही, पूर्ण भएको थियो, र यसको आधिकारिक उद्घाटन सन १९३१ मा भएको थियो। यो एक रोचक तथ्य छ, कि यो भवन सत्रह वर्शःहरुमा पूर्ण भयो, र सत्रह वर्ष नै ब्रिटिश राज्य मा रह पाया,। आफ्नो निर्माण पूर्ण भएको अठ्ठारहवें वर्ष नै, यो स्वतंत्र भारत मा आयो। १९४७ मा, भारतीय स्वतन्त्रता पछि, तत्कालीन वाइसरय त्यहा रहि रहे, र अंततः १९५० मा भारतीय गणतन्त्रता पछि देखि यहां भारतीय गणतन्त्रको राष्ट्रपति रहन थाले, र यसको नाम बदलेर राष्ट्रपति भवन भयो। यसको गुम्बद, लूट्यन्स को अनुसार रोमन पैन्थेयन देखि प्रेरित भनियो थियो। वैसे यो मूलतः मौर्य समयमा बनेको सांची स्तूप, सांची, मध्य प्रदेशबाट व्युत्पन्न छ। यहाँ यूरोपीय र मुगल स्थापत्यकलाको घटक पनि छन्। सम्पूर्णतः यो भवन अन्य ब्रिटिश भवनहरु भन्दा एकदम भिन्न छ। यसमा ३५५ सुसज्जित कक्ष छन्। यसको भूक्षेत्र फल २,००,००० वर्ग फीट (१९००० वर्ग मीटर) छ। यस भवन मा ७०० मिलियन ईटाहरु र ३.५ मिलियन घन फीट (८५००० घन मीटर) पत्थर लाग्एको छ , जससंग फलाम को न्यूनतम प्रयोग भएको छ।

खाका[सम्पादन गर्ने]

चित्र:Rpb left.jpg
भवनको बाँया तर्फ।
चित्र:Rpb right.jpg
भवनको दाँया तर्फ।

प्रासादको खाका, एक वृहत वर्ग ले बनाइएको छ। यद्यपि यहाँ अनेकौ आँगन र भित्री खुला क्षेत्र छ। यहां वाइसरयको लागि पृथक स्कंध छ, र अभ्यागतहरुको लागि पृथक स्कंध छ। वाइसरय स्कंध आफै मा, एक अलग चार तले घर हो, जसमा आफ्नो स्वयं को आंगन छ। यो यति ठुलो छ, कि भारत को प्रथम राष्ट्रपति श्री राजेंद्र प्रसादले यहाँ नबसेर, पाहुना स्कंध मा रहन रुचि देखाए। यही परम्परा उनको उत्तराधिकारिहरु द्वारा पनि अनुगमित भयो। प्रासादको मुख्य भागको केन्द्र मा, मुख्य गुम्बद को ठीक तल छ – दरबार हल, जसलाई ब्रिटिश समयमा राजगद्दी कक्ष भनिन्थ्यो। त्यसबेला यहाँ वाइसरय र उनको पत्नी को लागि राजगद्दिहरु हुदथ्यो। यस कक्षको अंतस अनलंकृत छ, जो कि यहाँको पाषाण नक्काशी को, सट्टा पेचीदा सजावटलाई, उजागर गर्न हेतु गरिएको छ। यस्तो नै अधिकांश कक्षहरुमा गरिएको छ। यहाँको स्तम्भ पनि बाहिरको मुख्य स्तम्भहरु सरह नै, माथि घन्टी र उभिएको रेखाहरु वाला बर्डर सहित छन्। पर्खालहरुको माथि यही बर्डर पनि छन्। कक्षको बीचमा एक दुइ टन भार को झाड-फानूस (शैन्डेलियर) लागाईएको छ , जो कि ३३ मीटर अग्लो छतबाट झुन्डि्छ। यस विशाल कक्षको चारै कोणहरुमा स्थित छ एक कक्ष प्रति कोण। यिनीहरु मध्ये दुइ स्टेट ड्रविंग कक्ष छन्, एक स्टेट अपर कक्ष र एक स्टेट पुस्तकालय छ। अन्य कक्ष गल्ली जस्तै पनि छन्, जो कि एका तर्फ खुला छ। यो तल आँगनमा खुल्दछ। एक वृहत भोजन कक्ष, बैठक कक्ष, बिलियर्ड्स कक्ष र एक ठुलो बल कक्ष र धेरै बाँच्ने छन्। प्रासाद मा सर्वत्र धेरै स्थानहरु मा पानिको फव्वारे र बेसिन बनेका छन्, जस मध्ये केहि वाइसरयको आसनको सीध्इयों को नजिकै पनि छन्। यिनीहरुमा आठ सँगमर्मर को सिंह छः पानि बेसिनहरुमा पानी हालदै बनेका छन्। यो सिंह ब्रिटेन को सूचक थियो। यिनीहरु मध्ये एक कक्ष को खुल्ला छत पनि छ, जो कि प्रचुर मात्रामा प्राकृतिक प्रकाश दिदछ।

गुम्बद[सम्पादन गर्ने]

चित्र:Rpb gumbad.jpg
मुख्य भवन

मध्यवर्ती गुम्बद भारतीय र ब्रिटिष शैलियहरुको सम्मिश्रण हो। केन्द्रमा एक अग्लो ताम्र गुम्बद छ, जो कि एक समग्र भवन भन्दा भिग्दै दिखाई दिन्छ, र एक ऊंचे ढोलाकार या बेलनाकार ढाँचाको माथि स्थित छ। भवनको चारै कुनाको बीच कर्णरेखाहरुको मध्यमा यो गुम्बद स्थित छ। यो पुरा भवनको ऊँचाईको दुई गुना ऊँचाईको छ।

गणतन्त्र दिवसमा प्रकाशित गुम्बद

सन १९१३ को भवनको योजना मा जो यसको ऊंचाई थियो, त्यसलाई लर्ड हार्डिंग द्वारा बढाइएको थियो। यस गुम्बदमा परम्परागत र भारतीय शैलियहरुको मिश्रण छ। लूट्यन्सको अनुसार, यो रूप रोम को पैन्थियन देखि उठेको छ , तर यो पनि धेरै सम्भव छ, कि यसलाई साँची स्तूपको प्रेरणामा बनाइएको हो। यस गुम्बद घेरे भएका एक द्वार मण्डप (पोर्च) बना भएको छ, जसमा समान स्थित स्तम्भ छन्, जो कि गुम्बद को उठाए भएका छन्, र यिनी स्तम्भहरुको बिच खाली स्थान छ। यो गुम्बदको सबै तर्फ, सबै दिशाहरुमा छन। यसको कारण नै, यो गुम्बद कुनै पनि कोण देखि देखने मा, यदि गर्मीको धुंधले मौसममा हेर्नुहोस, त तैरदै गरेको प्रतीत हुन्छ। बाहिरी गुम्बदको रेनफोर्स्ड कांक्रीट सीमेंट निर्मित गुम्बद, सन १९२९ को लगभग आफ्नो आकार लेने लाग्यो थियो। यस गुम्बद को अन्तिम पाषाण ६ अप्रिल १९२९ मा लगाइएको थियो। यद्यपि यसको माथि ताम्र आवरण सन १९३० सम्म लागेको थिएन।

जयपुर स्तम्भ[सम्पादन गर्ने]

जयपुर स्तम्भ
भवन को अगाडी नै जयपुर स्तम्भ उभिएको छ, जसको शिखरमा तत्कालीन जयपुरको महाराजा द्वारा भारत सरकारलाई शुभकामना स्वरूप पठाएको कमलमा सितारा लागाईएको छ ।
जयपुर स्तम्भको दक्षिणमा

भवनको ठीक अगाडी भन्दा एक मार्ग नारंगी बदरपुर बजरी देखि छोपएको सीधा फलाम को मुख्य द्वार रूपी फाटक सम्म जान्छ, जो कि त्यो फाटक देखि होता भयो, दुवै सचिवालयों, नर्थ ब्लक र साउथ ब्लक को बीचबाट भएर रातो पर्खालहरुको बीचबाट तल उतरिन्छ, र विजय चौकबाट हुदै, राजपथ भनिन्छ। यो मार्ग इण्डिया गेट सम्म जान्छ। यस बाटो को भवन ले फाटक को दूरी को ठीक बीचमा उभिएको छ एक पत्थर को गुलाबी बढी रातो स्तम्भ, जो एकदम अग्लो छ, र त्यसमा जयपुरको तत्कालीन महाराजाद्वारा पठाइयो एक चांदी को शुभकामना प्रतीक यसमा माथि लागाईएको छ | यस कारण यसलाई जयपुर स्तम्भ भनिन्छ| यस स्तम्भको उत्तर र दक्षिण तर्फ, तल सीढिहरु उतरकर दुइ सड्कहरु लगभग २०० मीटर सम्म जान्छन, र बाहिरी वघेरे को पाटकों संख्या ३७ र ३५ मा गएर मिल्दछ|

मुगल उद्यान[सम्पादन गर्ने]

चित्र:Mughal garden2.jpg
मुगल उद्यान को एक दृश्य

राष्ट्रपति भवनको पछाडीको मुगल गार्डन आफ्नो किसिमको एक्लो यस्तो उद्यान हो, जहां विश्वभरीको रंगी-बिरंगी फूलहरुको छटा देख्न पाईन्छ। मैसूरको वृन्दावन गार्डनलाई छोडेर शायद नै र कुनै उद्यान यसको मुकाबलाको हुनेछ। यहां विविध प्रकार को फूलहरुको गजब को बहार छ। एक्लै गुलाबको नै २५० भन्दा पनि धेरै किसिमहरु छन। मुगल गार्डनको परिकल्पना लेडी हार्डिंग को थियो। उनले श्रीनगरमा निशात र शालीमार बगैंचा देखेका थिए, जो उनलाई धेरै मन पर्यो। बस त्यतिखेर देखि मुगल गार्डन उनको मनमा बसेको थियो। भारतको अहिले सम्म जति पनि राष्ट्रपति यस भवनमा निवास गर्दै आएका छन्, उनको अनुसार यसमा केहि न केहि परिवर्तन निश्चित भएका छन्। प्रथम राष्ट्रपति, डा. राजेन्द्र प्रसादले यस गार्डनमा कुनै परिवर्तन गराएनन तर उनले यस खास बगैंचालाई जनताको लागि खोल्ने कुरा गरे। उनैको कारणबाट हरेक वर्ष मध्य-फरवरी देखि मध्य-मार्च सम्म यो आकर्षक गार्डन साधारण जनताको लागि खोलिईन्छ।

स्थिति[सम्पादन गर्ने]

मुख्य द्वार प्रतीति

राष्ट्रपति भवनको मुख्य प्रवेश द्वार हो द्वार संख्या 35, जो कि प्रकाश वीर शास्त्री एवेन्यु (२२ नोभेम्बर २००२ मा नर्थ एवेन्यु बाट बदलिएको नाम) मा स्थित छ। उनले आफ्नो संसद सदस्यको कार्यकालमा यहाँ सेवा गरेका थिए, एवं उत्तर प्रदेशबाट थिए। [२]

विशेष[सम्पादन गर्ने]

  • भारतको राष्ट्रपति, ति कक्षहरुमा बस्तैनन, जहां वाइसरय रहन्थे, बरु उनि पाहुना कक्षमा बस्छन। प्रथम भारतीय गभर्नर जनरल श्री सी. राजगोपालाचारीलाई स्वामी शयन कक्ष, आफ्नो विनीत नम्र रुचिहरुको कारण, अति आडम्बरिक लाग्यो। उनको उपरान्त सबै राष्ट्रपतिहरुले यही परम्परा निभाए।
  • भारतको राष्ट्रपति भवन, विश्वको कुनै पनि राष्ट्रपति आवास भन्दा धेरै ठुलो छ।
  • यहाँको गुलाब वाटिका, जो कि मुगल उद्यानको एक अंश हो, मा अनेक प्रकारको गुलाब लागेका छन्, जो कि जन साधारण हेतु, हरेक वर्ष फरवरी महिनाको समयमा खुल्दछ।
  • यस भवनको निर्माणमा फलामको नगण्य प्रयोग भएको छ।
  • यस प्रासाद/भवनमा ३४० कक्ष छन।
  • प्रसिद्ध हिन्दी चलचित्र फना को गीत मेरा देस रंगीला को शूटिंग, त्यसको रिहर्सल सहित यहीं भएको थियो।

चित्र दीर्घा[सम्पादन गर्ने]

हेर्नुहोस[सम्पादन गर्ने]

  • संसद भवन
  • मुगल उद्यान, दिल्ली

ढाँचा:राष्ट्रपति ढाँचा:गभर्नर जनरल

सन्दर्भ[सम्पादन गर्ने]

  1. क्रिस्टोफर हस्से (1953), [Expression error: Unrecognized punctuation character "�". द लाइफ ओफ सर एड्वर्ड लूट्यन्स], एन्टीक कलेक्टर्स क्लब, <Expression error: Unrecognized punctuation character "�".>  ISBN 0-907462-59-6
  2. "ए.एन.एम.सी २१ इज एयरबौर्न विद ग्रैंडोइज प्लान्स" 
  • Davies, P. (1985). Splendours of the Raj: British Architecture in India, 1660 to 1947 , John Murray Ltd, London.
  • Gradidge, R. (1981). Edwin Lutyens, Architect Laureate , George Allen & Unwin, London.
  • Irving, R. (1981). Indian Summer: Lutyens, Baker, and Imperial Delhi , Yale University Press, New Haven.
  • Nath, A. (2002). Dome over India: Rashtrapati Bhevan , India Book House Pvt Ltd, New Delhi.

बाहिरी कडिहरु[सम्पादन गर्ने]