भीमराव अम्बेडकर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।

भीमराव रामजी अम्बेडकर
युवा अम्बेडकर
जन्म 14 अप्रिल 1891
महू, सेन्ट्रल प्रोभिन्स, ब्रिटिश भारत (वर्तमान मध्य प्रदेशमा)
मृत्यु 6 डिसेम्बर 1956 (65वर्ष )
दिल्ली, भारत
राष्ट्रियता भारतीय
अन्य नाम महान बोधिसत्व, बाबा साहेब
शिक्षा एम.ए., पी.एच.डी., डी. एससी., एलएल.डी., डी.लिट., बैरिस्टर एट ल
अल्मा मेटर मुम्बई विश्वविद्यालय
कोलम्बिया विश्वविद्यालय
लण्डन विश्वविद्यालय
लण्डन स्कूल अफ इकनमिक्स
संस्थान समता सैनिक दल, स्वतन्त्र लेबर पार्टी, अनुसूचित जाति फेडरेशन, भारतको बौद्ध सोसायटी
उपाधि भारतका प्रथम कानून मंत्री, संविधान मसौदा समितिका अध्यक्ष
राजनीतिक दल भारतीय रिपब्लिकन पार्टी
राजनीतिक कृयाकलाप अम्बेडकरको बौद्ध धर्म
धर्म बौद्ध धर्म
जिवनसाथी रामाबाई अम्बेडकर (विवाह 1906) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: रामाबाई to भीमराव अम्बेडकर" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A5%80%E0%A4%AE%E0%A4%B0%E0%A4%BE%E0%A4%B5_%E0%A4%85%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%87%E0%A4%A1%E0%A4%95%E0%A4%B0), सविता अम्बेडकर (विवाह 1948) «Did not recognize date. Try slightly modifying the date in the first parameter.»"विवाह: सविता अम्बेडकर to भीमराव अम्बेडकर" Location: (linkback://ne.wikipedia.org/wiki/%E0%A4%AD%E0%A5%80%E0%A4%AE%E0%A4%B0%E0%A4%BE%E0%A4%B5_%E0%A4%85%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A5%87%E0%A4%A1%E0%A4%95%E0%A4%B0)
पुरस्कार भारत रत्‍न (1990)

डाक्टर भीमराव रामजी अम्बेडकर ( १४ अप्रिल , १८९१ -- ६ डिसेम्बर , १९५६ ) एक भारतीय विधिवेत्ता तथा सुधारवादी हुन्। उनी एक राजनीतिक नेता, सुधारवादीबौद्धगुरु तथा भारतीय संविधानका मुख्य वास्तुकार पनि थिए। उनलाई बाबासाहेब नामले पनि चिनिन्छ। यिनको जन्म एक गरीब अस्पृश्य (अछूत) परिवारमा भएको थियो। बाबासाहेब अम्बेडकरले आफ्नो सारा जीवन हिन्दू धर्मको हिन्दू वर्ण व्यवस्था, र भारतीय समाजमा व्याप्त जातीय व्यवस्थाका विरुद्धको संघर्षमा बिताए। हिन्दू धर्ममा मानव समाजलाई चार वर्णहरूमा वर्गीकृत गरिएको छ। अम्बेडकरलाई बौद्ध महाशक्तिहरूको दलित आन्दोलनप्रारम्भ गर्ने श्रेय पनि जान्छ। बाबासाहेब अम्बेडकरलाई भारत रत्नले पनि सम्मानित गरिएको छ, जो भारतको सर्वोच्च नागरिक पुरस्कार हो।

उनी त्यसबेला अछूतहरू मानिएका दलित मध्येका पहिलो व्यक्ति थिए जसले धेरै सामाजिक र वित्तीय बाधाहरू पार गरेर, भारतमा कलेजको शिक्षा प्राप्त गरे। अम्बेडकरले कानूनको उपाधि प्राप्त गर्नका साथै विधि, अर्थशास्त्र अनि राजनीतिक विज्ञानमा आफ्नो अध्ययन र अनुसन्धानका कारण कोलम्बिया विश्वविद्यालयलण्डन स्कूल अफ इकनमिक्सबाट धेरै डक्टरेट डिग्रीहरू पनि अर्जित गरे। अम्बेडकर एक प्रसिद्ध विद्वानका रूपमा आफ्नो देश फर्के र केही वर्ष उनले वकालतको अभ्यास गरे। उनले केही पत्रिकाहरूको प्रकाशन पनि गरे, जसद्वारा उनले भारतीय अस्पृश्यहरूका राजनैतिक अधिकारहरू र सामाजिक स्वतन्त्रताको वकालत गरे डा. अम्बेडकरलाई भारतीय बौद्ध भिक्कूले बोधिसत्वको उपाधि प्रदान गर्यो।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

भीमराव रामजी अम्बेडकरको जन्म ब्रिटिसद्वारा केन्द्रीय प्रान्त ( अब मध्य प्रदेशमा )मा स्थापित नगर अनि सैन्य छावनी मऊमा भएको थियो।[१] उनी रामजी मालोजी सकपालभीमाबाई मुरबादकरको १४ औं अनि अन्तिम सन्तान थिए।[२] तिनको परिवार मराठी थियो र त्यो अंबावडे नगर जो आधुनिक महाराष्ट्रका रत्नागिरी जिल्लाहरूमा छ, सित सम्बन्धित थियो। उनी हिन्दू महार जातिसित सम्बन्ध राख्थे, जसलाई अछूत भनिन्थ्यो र तिनीहरूका साथ सामाजिक र आर्थिक रूपले गहिरो भेदभाव गरिन्थ्यो। अम्बेडकरका पूर्वज लामो समयसम्म ब्रिटिश ईस्ट इण्डिया कम्पनीको सेनामा कार्यरत थिए, र तिनको पिता,भारतीय सेनाको मऊ छावनीमा सेवामा थिए र यहाँ काम गर्दै तिनी सूबेदारका पदसम्म पुगेका थिए। उनले मराठी र अंग्रेजीमा औपचारिक शिक्षाको डिग्री प्राप्त गरेका थिए, आफ्ना नानीहरूलाई स्कूलमा पढने र कडा मेहनत गर्नका लागि सधैं प्रोत्साहित गर्थे।

कबीर पन्थसित सम्बन्धित यस परिवारमा, रामजी सकपाल, आफ्ना नानीहरूलाई हिन्दू ग्रन्थहरू, विशेष रूपले महाभारतरामायण पढनका लागि प्रोत्साहित गरिन्थ्यो। उनले सेनामा आफ्नो हैसियतको उपयोग आफ्ना नानीहरूलाई सरकारी स्कूलदेखि शिक्षा दिलाउनमा गरे, किनभनें आफ्नो जातिका कारण तिनलाई यसका लागि सामाजिक प्रतिरोधको सामना गर्नु परिरहेथ्यो। स्कूली पढाईमा सक्षम भएर पनि अम्बेडकर र अन्य अस्पृश्य नानीहरूलाई विद्यालयमा अलग बसाइन्थ्यो र अध्यापकहरू द्वारा न त ध्यान नैं दिइन्थ्यो, न कुनै सहायता गरिन्थ्यो। उनहरूलाई कक्षा भित्र बस्ने अनुमति थिएन, साथै तिर्खा लागेमा कुनै ठूलो जातिको व्यक्तिले माथिबाट पानी तिनका हातमा दिइन्थ्यो, किनभनें तिनिहरूलाई पानी अनि पानीका भाँडालाई छुने अनुमति थिएन। मानिसहरूका मुताबिक यस्तो गरेमा लागि पात्र र पानी दुइटै अपवित्र हुन्थे। विशेषतयामा यो काम स्कूलका चपरासी द्वारा गरिन्थ्यो जसको अनुपस्थितिमा बालक अम्बेडकरले पानी दिनभरि पानी बिना रहनु पर्थ्यो। १८९४मा राम सकपाल सेवानिवृत्त भएपछि सपरिवार सतारा गए र यसका दुइ साल बाद, अम्बेडकरकी आमाको मृत्यु भयो।नानीहरूको देखभाल तिनीहरूकी काकीले कठिन परिस्थितिमा रहँदै गरिन् रामजी सकपालका केवल तीन छोरा, बलराम, आनन्दराव र भीमराव र दुइ छोरीहरू मंजुला र तुलासा मात्र कठिन हालतमा जीवित बाँचे। आफ्ना भाइहरू र बहिनीहरूमा केवल अम्बेडकर नैं स्कूलको परीक्षामा सफल भए र यसका पछि ठूला स्कूलमा जानमा सफल भए। आफ्नो एक देशस्त ब्राह्मण शिक्षक महादेव अम्बेडकर जो उनीसित विशेष स्नेह राख्थे (को भनाई अनुसार) अम्बेडकरले आफ्नो नामले सकपाल हटाएर अम्बेडकर जोडे जो तिनको गाउँको नाम "अम्बावडे"मा आधारित थियो।

रामजी सकपालले १८९८मा पुनर्विवाह गरे र परिवारका साथ मुम्बई गए। त्यहाँ अम्बेडकर एल्फिंस्टोन रोडमा स्थित सरकारी हाई स्कूलका पहिला अछूत छात्र बने।[३] पढाईमा आफ्नो उत्कृष्ट प्रदर्शनका बावजूद, अम्बेडकर लगातार आफ्नो विरुद्ध भैरहेको यस अलगाव र, भेदभावदेखि व्यथित थिए। १९०७मा मैट्रिक परीक्षा पास गरेपछि अम्बेडकरले बंबई विश्वविद्यालयमा प्रवेश लिए र यस प्रकार उनी भारतमा कलेजमा प्रवेश लिने पहिला अस्पृश्य बनेका थिए। तिनको यस सफलतादेखि तिनको पूरा समाजमा एक खुशीको लहर चल्यो , र पछि एक सार्वजनिक समारोह तिनको सम्मान गरिएको यसै समारोहमा तिनको एक शिक्षक कृषणजी अर्जुन केलूसकरले तिनलाई महात्मा बुद्धको जीवनी भेंट गरे, श्री केलूसकर, एक मराठा जातिका विद्वान थिए। अम्बेडकरको सगाई एक साल पहिला हिन्दू रीतिका अनुसार दापोली की, एक नौ वर्षीय लडकी, रमाबाईसित तय गरिएको थियो।[४] १९०८मा, उनले एलिफिंस्टोन कलेजमा प्रवेश लिए र बडौदाका गायकवाड शासक सहयाजी राव तृतीयबाट संयुक्त राज्य अमेरिकामा उच्च अध्धयनका लागि एक पच्चीस रूपया प्रति माहिनाको छ्त्रवृत्ति प्राप्त गरे। १९१२मा उनले राजनीतिक विज्ञानअर्थशास्त्रमा आफ्नो डिग्री प्राप्त गरे, र बडौदा राज्य सरकारको नौकरी गर्न तैयार भए। तिनकी पत्नीले आफ्नो पहिलो छोरो यशवंतलाई यसै वर्ष जन्म दिइन्। अम्बेडकर आफ्नो परिवारका साथ बडौदा आए तर चाँडै नैं तिनलाई आफ्नो पिताको बीमारीको कार बंबई वापस जानु पर्‍यो, जसको मृत्यु २ फेब्रुअरी १९१३मा भयो।

सन्दर्भ[सम्पादन गर्ने]

  1. Jaffrelot, Christophe (2005), Dr. Ambedkar and Untouchability: Fighting the Indian Caste System, New York: Columbia University Press, p. 2, ISBN 0-231-13602-1 
  2. Pritchett, Frances, "In the 1890s" (PHP) 
  3. Pritchett, Frances, "In the 1900s" (PHP) 
  4. Cite error: Invalid <ref> tag; no text was provided for refs named Columbia.E0.A5.A8

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  • Mahar, Buddhist. Religious Conversion and Socio-Political Emancipation by Johannes Beltz, २००५, New Delhi, Manohar.
  • Reconstructing the World: B.R. Ambedkar and Buddhism in India edited by Johannes Beltz and S. JondhaleNew Delhi: OUP.
  • Dr. Ambedkar and Untouchability: Analyzing and Fighting Caste by Christophe Jaffrelot (२००५) ISBN ०-२३१-१३६०२-१
  • Ambedkar and Buddhism by Urgyen Sangharakshita ISBN ०-९०४७६६-२८-४
  • Ambedkar: Towards an Enlightened India by Gail Omvedt ISBN ०-६७०-०४९९१-३
  • Life of Babasaheb Ambedkar by C. Gautam, Published by Ambedkar Memorial Trust, London, Milan House, ८ Kingsland Road, London E२ ८DA Second Edition, May २०००
  • Thus Spoke Ambedkar Vol-I* (Selected Speeches of Dr. B.R. Ambedkar) Compiled and edited by Bhagwan Das, published by Dalit Today Parkashan,१८/४५५,Indira Nagar, Lucknow (U.P.)India-२२६०१६
  • Revival of Buddhism in India and Role of Dr. BabaSaheb B.R. Ambedkar by Bhagwan Das, published by Dalit Today Prakashan,१८/४५५,Indira Nagar, Lucknow (U.P.)India-२२६०१६
  • Dr. Ambedkar: A Critical Study by W.N. Kuber, published by People's Publishing House, New Delhi, India.
  • Dr Dr. Baba Saheb Ambedkar : Anubhav Ani Athavani by Bhaskar Laxman Bholay, A Sahitya Akademi translation award winning book, २००१, Nagpur
  • Dr. Ambedkar: Life and Mission by Dhananjay Keer published by Popular Prakashan, Mumbai, India.
  • Economic Philosophy of Dr. B.R. Ambedkar by M.L. Kasare published by B.I. Publications Pvt. Ltd.,New Delhi, India.
  • The Legacy Of Dr. Ambedkar by D.C. Ahir published by B.R.Publishing Corporation, Delhi-११०००७,India. (ISBN ८१-७०१८-६०३-X Code No. L००५२२)
  • Ajnat, Surendra: Ambedkar on Islam. Buddhist Publ., Jalandhar १९८६.
  • Fernando, W. J. Basil: Demoralisation and Hope: Creating the Social Foundation for Sustaining Democracy—A comparative study of N. F. S. Grundtvig (१७८३ -१८७२) Denmark and B. R. Ambedkar (१८८१-१९५६) India. AHRC Publication., Hong Kong २०००. (ISBN ९६२-८३१४-०८-४)
  • http://www.columbia.edu/itc/mealac/pritchett/00ambedkar/ambedkar_partition/index.html Pakistan or the Partition of India

बाह्य कडीहरू[सम्पादन गर्ने]