भुवन चन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भुवन चन्द
चित्र:फोटो छैन्।
जन्म (1949-06-14) १४ जुन १९४९ (उमेर ७४)[१]
धोबीचौर, काठमाण्डौ, नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री (नेपाली चलचित्रको पहिलो नायिका)[२]
जीवनसाथी
माइकल चन्द
(
वि १९७६)

भुवन चन्द नेपाली चलचित्रको पहिलो नायिका हुन्। वि. सं. २००६ साल असार १ गते काठमाडौंको धोबीचौरमा जन्मेकी चन्द १५ वर्षकै उमेरमा नेपाली चलचित्रमा पहिलो नायिका बनेकी थिइन्। आमा (चलचित्र)मा नायिकाको भूमिका निभाउँदा उनको उमेर मात्र १५ वर्षको थियो।

वि. सं. २०२२ साल असोज ५ गते काठमाडौंको न्युरोडमा रहेको रञ्जना हलमा चलचित्र आमा सार्वजनिक प्रदर्शन गरिएको थियो। नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द सुरुमा गायिका थिइन्। आफ्ना पिता उस्ताद स्वर्गीय भैरवबहादुर थापाकी छोरी भुवन चन्दले वि. सं. २०१८-२०१९ सालतिर गीत गाउन थालेकी थिइन्। आफ्ना पिता गायक भएका कारण छोरी पनि गायन क्षेत्रमा नै लाग्नुपर्छ भन्ने परिवारको मान्यताविरुद्ध गएर त्यसबेलाको अवस्थामा पनि साहसिक कार्य गर्दै उनी अभिनयतिर लागिन्। त्यसो त बालकृष्ण समको नाटकबाटै वि. सं. २०१० सालबाट उनले बाल कलाकारको रूपमा रंगमञ्चमा देखा परेकी थिइन्।[३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनको जन्म कुस्लेचौर, काठमाडौं, नेपालमा भएको थियो। उनले कत्थक नाचमा म्याट्रिक र डिप्लोमा हासिल गरेकी छिन्। उनी पदम बहादुर थापाकी नातिनी; गुजेश्वरी थापा र भैरव बहादुर थापाकी सुपुत्री हुन्। सन् १९७६ मा उनी माइकल चन्दसँग वैवाहित सम्बन्धमा गासिएकी थिइन्।[४]

नेपाली सिनेमाको पहिलो अभिनेत्री भवन चन्द फिल्म निर्माणमा प्रवेश गर्न लागेकी छिन्। उनले भर्खर राजधानीमा एक प्रेस बैठक आयोजना गरी आगामी फिल्म "साइनो" निर्माण गरिरहेको जानकारी दिइन्। फिल्मका नायकहरूलाई प्रेस बैठकमा जनतालाई प्रस्तुत गरिएको थियो।[५]

नेपाल सरकारले निर्माण गरेको पहिलो फिचर फिल्ममा उनको मुख्य भूमिकाका कारण उनी नेपालको पहिलो अभिनेत्री भनेर चिनिन्छिन्। उनले हिजो, आज, भोलि(१९७६), मनको बाँध(१९७३), सिन्दुर(१९८०), जीवन रेखा, के घर के डेरा(१९८७), पच्चिस बसन्त (१९८८) र शान्तिदीप (१९८९) लगायत अन्य चलचित्रहरूमा काम गरेकिछिन्। उनी १९ औँ वार्षिकोत्सव समारोहमा, फिल्म विकास बोर्डबाट "असाधारण सेवा पुरस्कार (अभिनेत्री), २०१९" "प्राप्त गर्ने तयारीमा छिन्।[६]

पुरस्कार[सम्पादन गर्नुहोस्]

 उनले प्राप्त गरेका केही पुरस्कारहरुः
  • नेफ्टा फिल्म पुरस्कार २०७२:"स्वर्ण जयन्ति सम्मान सम्मानित"
  • नेपाल मोशन पिक्चर अवार्ड (नेम्पा) २०५६:" विशेष योगदान पुरस्कार" हुन्। यी लगायत उनले अरु थुप्रै सम्मान प्राप्त गरेकी छिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. पन्ध्र वर्षमै कसरी नायिका बनिन् भुवन ?-राजन घिमिरे - घटना र विचार अनलाईन
  2. पन्ध्र वर्षमै कसरी नायिका बनिन् भुवन ?-राजन घिमिरे - घटना र विचार अनलाईन
  3. पन्ध्र वर्षमै कसरी नायिका बनिन् भुवन ?-राजन घिमिरे - घटना र विचार अनलाईन
  4. "Personal life", अन्तिम पहुँच जनवरी १९,२०२० 
  5. "First Nepali actress Bhuwan Chand into filmmaking", अन्तिम पहुँच Jan १९,२०२० 
  6. "Bhuwan Chand" 

बाहिरी सूत्र[सम्पादन गर्नुहोस्]