भूपि शेरचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भूपी शेरचन
भूपी शेरचन
भूपी शेरचन
जन्मभूपेन्द्रमान शेरचन
१९९२ पुस १२ गते
मुस्ताङ, थाक टुकुचे
मृत्यु२०४६ जेठ १
काठमाडौँ
पेशाकवि
भाषानेपाली
राष्ट्रियतानेपाली
विधाकविता (गद्य)
उल्लेखनीय कार्यहरूघुम्ने मेचमाथि अन्धो मान्छे
उल्लेखनीय पुरस्कारहरूसाझा पुरस्कार

भूपि शेरचन (वि.स. १९९२-२०४६) नेपाली आधुनिक कवि हुन् । सन् १९६९ मा उनी घुम्ने मेचमाथि अन्धो मान्छे कृतिको लागि साझा पुरस्कारबाट सम्मानित भएका थिए ।

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

भूपी शेरचनको (वास्तविक नाम: भूपेन्द्रमान शेरचन) जन्म वि.सं. १९९२ साल पुस (१४ मे १९३७ ] महिनामा मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो । भूपी ६ वर्षका हुँदा उनकी आमाको मृत्यु भएको थियो । मातृ वात्सल्यविहीन भूपी अत्यन्त स‌म्वेदनशील थिए ।

शिक्षा[सम्पादन गर्नुहोस्]

अध्ययनको लागि उनी बनारस गए । उनले बि.ए. सम्म अध्ययन गरेका थिए ।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनले दुई विवाह गरे। दोस्री सहयात्री कान्तिसँग उनले २०२५ सालमा अन्तर्जातीय विवाह गरेका थिए।

सेवा, पेसा र संलग्नता[सम्पादन गर्नुहोस्]

उनी विभिन्‍न संगसंस्ता तथा पेसामा संलग्‍न थिए।

१. नेपाल कमन्युस्ट पार्टीको जिल्ला सचिव(२०१२)
२. ठेकेदारी(२०१८ देखि)
३. नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य(२०२६)

कृति र रचनाहरू[सम्पादन गर्नुहोस्]

भूपी शेरचनका प्रकाशित कृतिहरू:-

१. परिवर्तन (नाटक, २०१० साल)
२. नयाँ झ्याउरे (कविता,२०१० साल)
३. निर्झर (कविता, २०१५ साल)
४. घुम्ने मेचमाथि अन्धो मान्छे (कविता, २०२५ साल)
५. अल्झेछ क्यारे पछ्यौरी (गीत)

शब्द - भूपि शेरचन
स्वर - नारायण गोपाल
संगीत - अम्बर गुरुङ

पुरस्कार[सम्पादन गर्नुहोस्]

१. साझा पुरस्कार(२०२६) 'घुम्ने मेचमाथि अन्धो मान्छे' कविता संग्रहको लागि[१]
२. गोरखा दक्षिणबाहु—दोस्रो(२०४२)

मृत्यु[सम्पादन गर्नुहोस्]

भूपीको निधन २०४६ साल जेठ १ गते, काठमाडौँमा भयो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य सुत्र[सम्पादन गर्नुहोस्]