भैरवबहादुर थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भैरवबहादुर थापा (वि सं १९८९-) वरिष्ठ नृत्यनिर्देशक हुन्। उनको जन्म १९८९ साल फागुन ६ गते काठमाडौंमा भएको हो। २०१० सालदेखि नृत्य-निर्देशन गर्न थालेका हुन्। उनले २०१८ सालमा लोकसेवा आयोगबाट परीक्षा उत्तीर्ण गरी सांस्कृतिक संस्थानमा नृत्य-निर्देशक पदमा रही सेवा गर्न थालेका हुन्। सांस्कृतिक संस्थानबाट अवकाश लिएपछि उनले भैरव नृत्य दल खोली नृत्य-निर्देशनको कामलाई निरन्तरता दिए। उनीबाट नृत्य प्रशिक्षण लिएका सयौं कलाकार नेपाली कला क्षेत्रमा स्थापित छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]