भैरव अर्याल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

भैरव अर्याल (वि. सं. १९९३ - वि. सं. २०३३) प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन् । उनका हास्यव्यङ्ग्यका निबन्ध निकै चर्चित छन् ।

विषयसूची

जीवनी[सम्पादन गर्ने]

उनको जन्म वि. सं. १९९३ असोज ५ गते ललितपुरको कोपुण्डोलमा भएको हो । उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो । उनको निधन वि. सं. २०३३ असोज १९ गते काठमाडौंको गोकर्ण भयो ।

नेपालीमा एम्. ए., साहित्यरत्न र संस्कृतमा मध्यमा गरेका अर्यालले पत्रकारिता गरे । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे । उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीँ पत्रकार नियुक्त भएका हुन् । पछि गोरखापत्रको सम्पादन समूहमा रहे । ‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे । ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो ।

उनले नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरे ।

कृतिहरू[सम्पादन गर्ने]

उनले सर्वप्रथम वि. सं. २००९ सालमा 'नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन् । उनको पहिलो रचनाका रूपमा वि. सं. २०१३मा 'नव निर्माण' शीर्षकको कविता प्रकाशित भएको थियो । उनले हाँस्यव्यङ्ग्य, काव्य आदिमा कलम चलाए ।

सम्पादित, अनूदित र फुटकर कृति[सम्पादन गर्ने]

  • साझा निबन्ध (निबन्धसंग्रह, २०२५)
  • छ्याकन (कवितासंग्रह)
  • रत्नश्री (सम्पादन)

निबन्धहरू[सम्पादन गर्ने]

उनका केही चर्चित निबन्धहरूः

पुरस्कार, मानसम्मान, पदक[सम्पादन गर्ने]

  • वि. सं. २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा प्रथम ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]