भैरव अर्याल
भैरव अर्याल (वि. सं. १९९३ - वि. सं. २०३३) प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन् । उनका हास्यव्यङ्ग्यका निबन्ध निकै चर्चित छन् ।
विषयसूची |
जीवनी[सम्पादन गर्ने]
उनको जन्म वि. सं. १९९३ असोज ५ गते ललितपुरको कोपुण्डोलमा भएको हो । उनकी माताको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो । उनको निधन वि. सं. २०३३ असोज १९ गते काठमाडौंको गोकर्ण भयो ।
नेपालीमा एम्. ए., साहित्यरत्न र संस्कृतमा मध्यमा गरेका अर्यालले पत्रकारिता गरे । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरे । उनी ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीँ पत्रकार नियुक्त भएका हुन् । पछि गोरखापत्रको सम्पादन समूहमा रहे । ‘मधुपर्क’ लाई स्तरीय बनाउन निकै खटे । ‘रचना’ पत्रिका प्रकाशनमा पनि उनको भूमिका महत्त्वपूर्ण रह्यो ।
उनले नेपालका विभिन्न स्थान, भारत, जर्मनी, बङ्गलादेशको भ्रमण गरे ।
कृतिहरू[सम्पादन गर्ने]
उनले सर्वप्रथम वि. सं. २००९ सालमा 'नयाँ जीवन’ शीर्षक कविता रचेर लेखनयात्रा सुरु गरेका हुन् । उनको पहिलो रचनाका रूपमा वि. सं. २०१३मा 'नव निर्माण' शीर्षकको कविता प्रकाशित भएको थियो । उनले हाँस्यव्यङ्ग्य, काव्य आदिमा कलम चलाए ।
- उपवन (कवितासंग्रह, वि. सं. २०१८)
- राष्ट्रिय आह्वान (लघुकाव्य, वि. सं. २०१८)
- काउकुती (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०१९)
- गलबन्दी (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०२६)
- जयभुँडी (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०२२)
- इतिश्री (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०२८)
- विरही राम (काव्य, वि. सं. २०२०)
- दश औतार (हास्यव्यङ्ग्य निबन्धसंग्रह, वि. सं. २०३३)
- नेपाली काव्यमा प्रकृति (समालोचना, वि. सं. २०३०)
- प्रवेशिका निबन्ध (निबन्धसंग्रह, वि. सं. २०२७)
- टेडो ऐना (निबन्ध र कथा, वि. सं. २०६३)
सम्पादित, अनूदित र फुटकर कृति[सम्पादन गर्ने]
- साझा निबन्ध (निबन्धसंग्रह, २०२५)
- छ्याकन (कवितासंग्रह)
- रत्नश्री (सम्पादन)
निबन्धहरू[सम्पादन गर्ने]
उनका केही चर्चित निबन्धहरूः
- जय भुँडी
- चुरोट : केही झिलिमिली संस्मरण
- लाहुरेको यात्रा-संस्मरण
- भान्सा भो हजुर ?
- विकृति प्रतियोगिताको आयोजक समिति
- नाम फेर्ने धुनमा
- ‘उडाउनु’ सित एकछिन उड्दा
- केही राष्ट्रिय रोग : एक अनुसन्धान
- मपाईं
पुरस्कार, मानसम्मान, पदक[सम्पादन गर्ने]
- वि. सं. २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा प्रथम ।