भोटसिपा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भोटसिपा
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

भोटसिपा नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। भोटसिपा गाविस जिल्लाको दक्षिणी भेगमा अवस्थित छ। सदरमुकामबाट करिव ४ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १४.९४ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा ठूलोसिरुबारी गाविस, पश्चिममा भीमटार गाविस, सिपापोखरे गाविस, उत्तरमा कुन्चोक गाविस र दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ। भोटसिपा थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण तथा औसत हावापानी पाइन्छ। भोटसिपा गाविसमा तामाङ र ब्राम्हण जातिहरूको बाहुल्यता छ। यस गाविसका अधिकांश मानिसहरू व्यावसायीक खेती, पशुपालन, माछापालनमा व्यस्थ हुन्छन् अन्य मानिसहरू अन्य पेशामा संलग्न हुन्छन्। यस गाविस जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्दछ। भिमटारमा वि.सं. २०५८ सालको साक्षरता दर ३५, घरपरिवार संख्या ८७८ र कुल जनसङ्ख्या ४९५१ थियो।[१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "भोटसिपा", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]