भोर्ला
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
| भोर्ला | |
|---|---|
| Flower in Ananthagiri Hills, in Ranga Reddy district of Andhra Pradesh, India | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | Plantae |
| (unranked): | Angiosperms |
| (unranked): | Eudicots |
| (unranked): | Rosids |
| गण: | Fabales |
| कुल: | Fabaceae |
| वंश: | Bauhinia |
| प्रजाति: | B. vahlii |
| द्विपद नाम | |
| Bauhinia vahlii Wight & Arnott, 1834 |
|
भोर्ला अथवा भोर्लो नेपालको बनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको लहरा प्रजातिको वनस्पति हो।
विषयसूची |
भोर्लाको औषधीय गुणहरू [सम्पादन गर्ने]
यौन शक्ति बढाउन र टनिकको रूपमा यसको बीउको सेवन गरिन्छ । छाला फुटेकोमा यसको पातको रस दलिन्छ । यसको डाँठ/लहरालाई डोरीको रूपमा प्रयोग गरिन्छ । पातबाट दुना टपरी बनाइन्छ । भोर्लाका दुना टपरी ठूलो परिमाणमा भारत निकासी भइरहेकोले यो विदेशी मुद्रा आर्जन र गरिव मानिसको लागि जिविकोपार्जनको एउटा माध्यम बनेको छ । [१]
पाइने स्थान [सम्पादन गर्ने]
नेपालमा यो महाभारत तथा चुरे भेकमा पाइन्छ।
प्रयोग [सम्पादन गर्ने]
यसको पात बाटुलो, ठूलो र लामो समय टिक्ने भएकाले घुम छाप्न यसको प्रयोग हुन्छ।
सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]
- ↑ नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री
- विभिन्न पत्रपत्रिकामा प्रकाशित वातावरण सम्बन्धी लेखहरू