भ्याकुर
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
| भ्याकुर | |
|---|---|
| भ्याकुरको लहरा | |
| वैज्ञानिक वर्गीकरण | |
| जगत: | वनस्पति |
| (unranked): | Angiosperms |
| (unranked): | Monocots |
| गण: | Dioscoreales |
| कुल: | Dioscoreaceae |
| वंश: | Dioscorea L. |
| Species | |
|
See text |
|
बैज्ञानिक नाम ( ल्याटिन नाम ) : डाएस्कोरिया डेलट्वाइडिया (Dioscorea deltoidea Wall.)
संस्कृत नाम : बहाहकन्द
अन्य नाम : नेपालीमा “गुने माउरो” , “कुकुर तरुल”
वनस्पति परिवार : डाएस्कोरियसी (Dioscoreaceae)
विषयसूची |
परिचय [सम्पादन गर्ने]
नेपालको महाभारत तथा निम्न हिम श्रृंखलाको ९०० देखि ३,००० मिटरसम्म उचाईमा चिसो , ओसिलो र पतकर कुहेर मल भएको , अक्सर गरेर ढुङ्गै ,ढुङ्गा भएको भिरालो जग्गामा साल , सल्ला , लालीगुँराँस , कटुस , फलाँस इत्यादिको जंगलमा यो प्रशस्त मात्रामा पाइन्छ।
वसन्त ऋतु शुरु भएपछि भ्याकुरको झिनो , चिल्लो लहरा जमीन मुनि रहेको अदुवाको आकार जस्तो गानोबाट पल्हाई आउँछ। गानो साहृो , कडा , मोटो ( मोटाई ६ मिलिमिटर देखि २ से.मी. ) र जमीन भित्र समकोण बनेको हुन्छ। गानाको बाहिरी भाग खैरो रंगको हुन्छ। यसको भित्री भाग (भाँच्दा) पँहेलो वा सेतो तथा सुन्तला रंगको हुन्छ। अरु रंगको भन्दा सेतो रंगको गानोलाई उच्च गुणस्तरको ठहराईएको छ। गानोबाट निस्केका जराहरू बँदेलका रौँ जस्ता दहृो , लामा तथा झिना हुन्छन्। लहराका हरेक आँख्लामा एक एक पात हुन्छन्। पात २ देखि १४ से. मी. लामो र १ देखि ५ से. मी. चौडा , अण्डाकार , भालाकार तथा मुटु आकार भै टुप्पो तिखो र लामो भएको हुन्छ।
एक आँख्लाबाट फूलहरू एउटा झुप्पा बनि निस्केको हुन्छ। फूलको रंग सेतो हुन्छ। एकै विरुवामा भाले तथा पोथी दुवै फूल पाईँदैन।
खेती [सम्पादन गर्ने]
भ्याकुरको खेती अक्सर ६० देखि ७० ग्राम तौल भएको काटिएको गानोबाट गरिन्छ। कोपिलाहरू आएको गानोलाई बसन्त ऋतुमा ड्याङ्गमा लगेर सारिन्छ।यसको बीजबाट पनि विरुवा उमारी खेती गरिन्छ। विरुवाहरूलाई सार्नु अघि खेतलाई खनजोत गरि गाई गोरुको मल (१,००० के. जी. प्रति रोपनी ) हाल्नु पर्दछ। त्यसपछि ड्याङ्गमा ६० से.मि.को फरकमा रोप्नु पर्दछ। गानोबाट लहराहरू पल्हाई आएपछि तिनलाई थाँक्रो दिनु अत्यन्त जरुरी छ। थाँक्रो दिन नर्कट , बाँसका चिरा , निगालो र अन्य काठका घोचाहरू काममा लगाउन सकिन्छ।
नयाँ डाँठको कलमीबाट पनि विरुवा उमारिन्छ। नेपालको निम्न लिखित जिल्लाहरूमा यसको खेती गर्न सकिन्छः काठमाडौं , ललितपुर , भक्तपुर , काभेपलान्चोक , नुवाकोट , रसुवा , सिन्धुपाल्चोक , मकवानपुर , गोर्खा , पाल्पा , दैलेख , जुम्ला , जाजरकोट आदि।
संकलन [सम्पादन गर्ने]
हरेक दोस्रो तथा चौथो वर्षमा कार्तिक देखि माघसम्ममा खनेर गानो झिकिन्छ। जंगलबाट संकलन गरिंदा एक पटक संकलन गरिसकेको क्षेत्रभित्र कम्तिमा २ वर्ष सम्म फेरि संकलन गर्नु हुंदैन , कारण पछि फेरि आँफै पल्हाएर आवोस् भनि संकलन गर्दा यसको गानोको केही भाग जमीन भित्रै छोड्नु अति जरुरी छ।
सुकाउने तथा संरक्षण [सम्पादन गर्ने]
संकलन गरिएको गानोहरूमा टाँसिएको माटो हटाउन पानीमा पखालिन्छ। पछि टुक्रा टुक्रा गरी काटिन्छ र त्यसलाई घाम वा छहारीमा राम्ररी सुकाईन्छ। राम्ररी सुकिसकेका गानाका टुक्राहरूलाई बोरामा राम्ररी बाँधी ओभानो ठाउँमा राख्नु पर्दछ।
उपयोगिता [सम्पादन गर्ने]
यो जुम्रा मार्न र माछा मार्ने विषको रूपमा प्रयोग गरिन्छ। यसको प्रशोधन गरि प्राप्त हुने डायोस्जेनिनबाट स्टेरोयेड हरमोन्स गर्भ निरोधक चक्कि (औषधी) पनि निर्माण गरिन्छ। घाउ , खटिरा र तागतको औषधीमा पनि यो प्रयोग गरिन्छ। यसलाई पोलेर खाने पनि गर्दछन्।