भ्यागुतो
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
भ्यागुतो पानी र जमीन दुवैमा बस्ने उभयचर प्राणी हो। भ्यागुतो एक मांशाहारी जीव हो। भ्यागुतोको जीवन चक्र अरु प्राणीहरू भन्दा भिन्न छ। भ्यागुतोका बच्चाहरूलाई चेपागाँडा भनिन्छ। चेपागाँडाहरू हेर्दा माछा जस्तै हुन्छन् र पानीमा नै बस्छन्। पछि गएर चेपागाँडाको खुट्टा उम्रिएर पुच्छर झर्छ। त्यस पछि भ्यागुतो बन्छ। चेपागाँडा भन्दा पहिले भ्यागुताको फुलहरू एक डोरी जस्तो देखिने जालिले ढाकिएका हुन्छन्। भ्यागुताहरू धेरै प्रजातीका हुन्छन्। भ्यागुताको प्रजाती अनुसार यिनीहरूको बसोवास, रङ्ग, आकार, आवाज, आदीमा भिन्नता पाइन्छ।