भ्यागुतो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भ्यागुताको एक प्रजती।

भ्यागुतो पानी र जमीन दुवैमा बस्ने उभयचर प्राणी हो । भ्यागुतो एक मांशाहारी जीव हो । भ्यागुतोको जीवन चक्र अरु प्राणीहरू भन्दा भिन्न छ । भ्यागुतोका बच्चाहरूलाई चेपागाँडा भनिन्छ । चेपागाँडाहरू हेर्दा माछा जस्तै हुन्छन् र पानीमा नै बस्छन् । पछि गएर चेपागाँडाको खुट्टा उम्रिएर पुच्छर ठझर्छ । त्यस पछि भ्यागुतो बन्छ । चेपागाँडा भन्दा पहिले भ्यागुताको फुलहरू एक डोरी जस्तो देखिने जालिले ढाकिएका हुन्छन् । भ्यागुताहरू धेरै प्रजातीका हुन्छन् । भ्यागुताको प्रजाती अनुसार यिनीहरूको बसोवास, रङ्ग, आकार, आवाज, आदीमा भिन्नता पाइन्छ । भ्यागुतोलाई विशेष गरेर सर्पहरूले खान्छन् ।

बाह्यसूत्र[सम्पादन गर्नुहोस्]