मंगल पांडे (क्रान्तिकारी)

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शहीद मंगल पांडे
[[Image:|none|280px|मंगल पांडे (क्रान्तिकारी)]] "पहले भारतीय क्रांतिकारी" — मंगल पांडे
जन्म
नागवा, जिला बलिया, उत्तर प्रदेश, भारत
मृत्यु ८ एप्रील, १८५७
बैरकपुर, कोलकाता, भारत

मंगल पांडे, सन १८५७ का प्रथम भारतीय स्वतन्त्रता संग्रामका अग्रदूत थिए।

जीवन वृत[सम्पादन गर्ने]

उनको जन्म 19 जुलाई 1827 मा उत्तर प्रदेशको बलिया जिल्लाको नगपा गाँवमा भएको थियो। उनी , कोलकाताको छेउ बैरकपुरको सैनिक छावनी मा ३४ औं बंगाल नेटिव इन्फैंट्रीका एक सिपाही थिए। भारतको स्वतत्रताको पहिलो लड़ाई अर्थात १८५७ को विद्रोहको शुरुवात उनकै विद्रोहबाट भएको थियो। २९ मार्च सन १८५७ कादिन उनले अंग्रेज अफसरहरुमाथि आक्रमण गरे। उनले आफ्ना अन्य साथीहरुसित उनलाई सघाउने आह्वान गरे। तर उनीहरुले उनको साथ दिएनन् र उनलाई पक्रा गरियो। उनलाई मुद्दा(कोर्ट मार्शल)लगाएर ६ अप्रिलको दिन मृत्यु दण्ड सुनाइयो। १८ अप्रिलको दिन उनलाई फांसी सजाई दिनुथियो। तर यस निर्णयमा प्रतिक्रिया विकराल रूप लिन नसकोस्, यस रणनीति अनुसार ब्रिटिस सरकारले मंगल पांडेलाई दस दिन पूर्व नै ८ अप्रिल सन १८५७ को दिन फांसी दियो।

मंगल पांडेद्वारा लगाइएको आगो निभेको थिएन। एक महिनापछि १० मई सन १८५७ को दिन मेरठको छावनीमा विप्लव (विद्रोह) भयो । यो विपलव हेदा हेर्दै पूरै उत्तरी भारतमा फैलियो र अंग्रेजले स्पष्ट संदेश पाए कि अब भारतमाथि राज्य गर्नु सजिलो हुनेछैन।

वाह्य सूत्र[सम्पादन गर्ने]

गदरका पुरोधा (अमर उजाला)

यो पनि पढ्नुहोस्[सम्पादन गर्ने]