मकबूल फ़िदा हुसैन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
  • एम एफ हुसैन/ एम.एफ/मकबूल फिदा हुसैन
एमएफ हुसैन
मकबूल फिदा हुसेन, मकबूल फिदा हुसैन, مقبول فدا حسين

न्वारनको नाम मकबूल फिदा हुसैन
जन्म 17 सेप्टेम्बर 1915
Pandharpur, महाराष्ट्र, भारत
मृत्यू 9 जुन 2011 (95वर्ष )
लण्डन, बेलायत
राष्ट्रियता कतारी[१]
विधा चित्रकार, लेखक
तालिम जे. जे. स्कूल अफ आर्ट
अभियान प्रोग्रेशिभ आर्ट ग्रूप
प्रमुखकार्य मदर इण्डिया; रामायण तथा महाभारतका झलकहरू
पुरस्कारहरू पद्म श्री (1955)
पद्म भुषण (1973)
पद्म विभुषण (1991)
वेबसाइट http://www.mfhussain.com/

केवल एम.एफ उपनामले चित्रकला जगतमा प्रसिद्द , यदा कदा भारतीय पिकाशो पनि भनिने प्रसिद्द् अत्याधुनिक चित्रकार तथा वहुमुखि प्रतिभा संपन्न कलाकार । पंढरपुर महाराष्ट्रमा सेप्टेम्बर १९१५मा जन्मिएका एम.एफ हुसैनको बुधबार,९ जुन २०११मा लण्डनमा निधन भएको थियो ।

उनी भारतीय चित्रकलामा अन्तरराष्ट्रिय ख्याती कमाएका पहिलो चित्रकार हुन् । हुसेन चर्चित हुँदा हुँदै पनि विवादस्पद समेत थिए । उनले विभिन्न हिन्दू देवीदेवताको आपत्तिजनक चित्र बनाएपछि भारतमा बिरोध भएको थियो । सन् २००६ देखि उनी स्वनिर्वासनमा थिए । गत वर्ष उनले भारतीय नागरिकता त्यागेर कतारी नागरिकता लिएका थिए । उनका चित्रहरू करोड भन्दा बढी मुल्यमा बिक्री भएका छन् ।[२]

गत वर्ष क्रिस्टिज लिलामीमा उनको एउटा पेन्टिङ २० लाख अमेरिकी डलरमा बिक्री भएको थियो । पेन्टिङमा घोडायुवतीलाई विशेष स्थान दिने हुसैन प्रगतिशील कलाकारको रूपमा पनि प्रख्यात मानिन्छन् । चालीसको दशकतिर 'प्रोग्रेसिभ आर्टिस्ट ग्रूप'मा सामेल भएका उनलाई कलामा पश्चिमेली प्रभावबाट टाढिएर भारतीय रंग, दैनिकी, प्राकृतिक सुन्दरतालाई क्यानभासमा स्थान दिएकोमा सम्मान गरिन्छ । उनले आफ्नो कुचीबाट संसारभर भारतीय कलात्मक रंगलाई क्यानभासमा प्रस्तुत गरेका थिए ।

एमएफ हुसैन जति कलात्मक प्रतिभाका लागि प्रख्यात रहे, त्यति नै विवादप्रिय पनि । उनलाई धेरैले 'कन्टोभर्सिज चाइल्ड' अर्थात विवादका सन्तान पनि भन्छन् । सत्तरीको दशकमा उनले बनाएका हिन्दू देवीहरूको नग्नता र कामुकताप्रति लक्षित पेन्टिङले उनलाई नब्बेको दशकमा विवादमा पारेको थियो । यी पेन्टिङले हिन्दू धर्मालम्बीको विश्वासमा ठेस पुर्‍याएको भन्दै उनलाई अनेक मुद्दा लाग्यो । सर्वोच्च अदालतले उनलाई दोषी नठहराएको भए पनि केही हिन्दू धर्मालम्बी समूहले उनलाई मार्ने धम्की दिएका थिए । उनको टाउकोको मोल पनि तोकिएको थियो, जसले गर्दा उनी पाँच वर्ष यता स्वनिर्वासनमा थिए ।

हिन्दु धर्मग्रन्थ महाभारतबाट प्रभावित पेन्टिङका लागि पनि उत्तिकै चर्चित हुसैन सन् २००६मा फेरि विवादमा परे । भारतको मानचित्रलाई नग्न युवतीझैं प्रस्तुत गरेका 'भारत माता' पेन्टिङले उनलाई चारैतिरबाट आलोचना आएको थियो । उनी पेन्टिङबाट मात्र नभई सिनेमाका लागि पनि विवादमुक्त रहन सकेनन् । उनले बनाएको फिल्म 'मिनाक्षी: अ टेल अफ थ्री सिटी' मुस्लिम समुदायबाट विरोध गरिएपछि हलमा चल्नबाट रोकिएको नै थियो । तर, नायिका तब्बुको प्रमुख भूमिका रहेको यो फिल्मले थुप्रै अवार्ड भने जितेको थियो ।

सेतो लामो दाह्री र खाली खुट्टा हिँड्ने चित्रकारका रूपमा पनि चिनिएका हुसैनले जति कलाबाट चर्चा कमाए, बलिउडप्रतिको लगाबले पनि उनलाई सधैं चर्चामा राख्यो । उनी 'हम तपाईंको है कौन ?' स्टार माधुरी दीक्षितको स्वघोषित नम्बर एक फ्यान थिए । उनले केही पेन्टिङ संग्रह नायिकाप्रति समर्पित गरेका छन्, जसमा उनले 'फिडा' उपनाममा साइन गरेका छन् । उनले माधुरीकै लागि भनेर 'गज गामिनी' फिल्म बनाएका थिए जसमा नायिका नै प्रमुख भूमिकामा छिन् । पछिल्लोपटक उनले अमृता राव, विद्या बालन, अनुष्का शर्मा र मिनिसा लाम्बाप्रति आफ्नो क्यानभास समर्पण गर्न खोजेको बताइएको थियो । उनले १९६७मा बनाएको पहिलो फिल्म 'थ्रु द आइज अफ अ पेन्टर' बाट बर्लिन फिल्म फेस्टिभलमा गोल्डेन बियर अवार्ड समेत जितेका थिए । आलोचकले उनको फिल्मलाई अपच मात्राको काव्यिक ड्रामा भनेर आलोचना गर्ने गर्छन् ।

बलिउड नजीक रहेका हुसैनको जीवनीमा आधारित फिल्म 'द मेकिङ अफ अ पेन्टर'को काम सुरु भइसकेको छ । उनको युवा अवस्थाको रोलमा नायक श्रेयास टल्पडे अभिनय गरिरहेका छन् । उनको मृत्युले बलिउड स्तब्ध बनेको छ । सामाजिक सञ्जाल फेसबुक, टि्वटरका साथै ब्लगहरूमा उनलाई श्रद्धाञ्जलि दिने सेलिबि्रटीहरूको ओइरो लागेको छ । नायक देव आनन्ददेखि निर्देशक अनुराग कैश्यप, नायक रघुवीर यादव, नायिका सावना अज्मी, अभिषेक बच्चन, जावेद अख्तर, राहुल बोस, शेखर कपुर, मधुर भण्डारकरजस्ता बलिउडका जानिमानीहरूले सञ्जालबाट उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

'केही शोक र केही लज्जामा हाम्रो शिर झुकेको छ । हामीले उनलाई आफ्नो देशमा अन्तिम दिनहरू बिताउन दिएनौं,' नायक राहुल बोसले श्रद्धाञ्जलि दिँदै टि्वटरमा लेखेका छन् । हुसैनको प्रदर्शनीमा पेन्टिङ ध्वस्त पार्ने तथा मार्ने धम्की आएपछि २००६मा दुबईतिर लागेर स्वनिर्वासन बसेका कलाकार फेरि भारत फर्केका थिएनन् । गत वर्ष भारतीय नागरिकता त्यागेर कतारी नागरिक बनेका हुसैन आफ्नो स्टुडियो रहेको लन्डन र दोहामा पालैपालो बसिरहेका थिए । भारतीय राज्यसभामा समेत मनोनित भएका उनी पद्म श्री (१९५५), पद्म भुषण (१९७३), पद्म विभुषण (१९९१) जस्ता अवार्डबाट सम्मानित छन् ।

कतारी नागरिकको रूपमा लन्डनको रोयल ब्रम्टन अस्पतालमा बिहीबार बिहान साढे दुई बजेतिर अन्तिम श्वास फेरेका 'भारतका पिकासो'को निधनसँगै क्यानभासमा भारतको सुनौलो युग सकिएको केही कला समालोचकहरूले दाबी गरेका छन् ।[३]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]