मञ्जुश्री थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मञ्जुश्री थापा

मञ्जुश्री थापा (काठमाडौँ, १९६८) अङ्ग्रेजी भाषामा लेख्ने नेपाली साहित्यकार हुन्।[१]

उनले अङ्ग्रेजी भाषामा आधा दर्जन जति पुस्तक लेखेकी छन्।

उनले Mustang Bhot in Fragments (१९९२), The Tutor of History २००१, आदि पुस्तक लेखेकी छन्। राजा ज्ञानेन्द्रले कू गरेर शासन सत्ता हातमा लिनुभन्दा एक हप्ता अघि निस्केको 'Forget Kathmandu: An Elegy for Democracy (२००५) नामक पुस्तक Lettre Ulysses Award २००६ का लागि मनोनयनमा परेको थियो।

२००७मा उनलेTilled Earth. र २००९मा 'A Boy from Siklis: The Life and Times of Chandra Gurung. लेखिन्।

त्यसपछिका कृतिमा 'Seasons of Flight' उपन्यास र २०११मा 'The Lives We Have Lost: Essays and Opinions on Nepal.' प्रकाशित भएका छन्। नेपालमा जन्मेर क्यानडा तथा अमेरिकामा हुर्केकी मञ्जुश्री अहिले क्यानडामा बसोबास गर्छिन्।

हाल उनी न्यु योर्क टाइम्स (न्यु योर्क टाइम्स)मा op-ed contributor लेख्ने गर्छिन्। [२][३]

उनका बाबू पूर्व परराष्ट्रमन्त्री तथा पूर्व राजदूत डा. भेष बहादुर थापा नेपालका प्रसिद्ध परराष्ट्रविद् हुन् भनें आमा डा. रीता थापा नेपालमा मातृशिशु स्वास्थको अभियन्ताहरूमध्ये एक हुन्।

पुस्तक सूची[सम्पादन गर्नुहोस्]

Fiction

  • Tutor of History (२००१)
  • Tilled Earth (२००७)
  • Seasons of Flight (२०१०)

Non-Fiction

  • Mustang Bhot in Fragments (१९९२)
  • Forget Kathmandu (२००५)
  • A Boy from Siklis (२००९)

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Kathmandu Centre for Social Research and Development. Nepal Studies (२००५), Studies in Nepali history and society, Mandala Book Point, पृ: ४५९, अन्तिम पहुँच ५ अप्रिल २०११, ""Senior" Nepali language writers have not been able to come to terms with the fact that Manjushree Thapa and Samrat Upadhyay have been established as the two important representatives of contemporary writings in English. ..." 
  2. Thapa, Manjushree (२२ फेब्रुअरी २०११), "Nepal's Stalled Revolution", The New York Times 
  3. Thapa, Manjushree, "Waiting at the Top of the World", Waiting at the Top of the World, New York Times। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]