मधुपत्र

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

विभिन्न भाषामा 'स्टेभिया' भनिने र संस्कृत र भारतीय भाषा हरूमा मधुपत्र भनिने यो वनस्पतिमा करीव २४० बोट विरुवा हरू पर्दछन |सूर्यमूखी परिवारमा पर्ने यो वनस्पति अमेरीकि महादेशको रैथाने वनस्पति मानिन्छ | नया विश्वको खोजि संगै मकै, आलु संग संगै भारतीय महाद्विपमा भित्रिएको यो वनस्पति लाई हानिरहित भनि विश्व स्वास्थ संगठन बाट प्रमाणित भएता पनि यसको प्रयोग र अओषधिय गुण हरू बारेमा विगय हरू एक मत हुन सकेको देखिदैन| गुलियोपनको लागि खेति गरिने विरुवा चाहि Stevia rebaudiana हो| गुलियोको लागि प्रसिद्द यो वनस्पति लाई अंग्रेजी भाषि समुदायमा candy leaf, sugar leaf, sweetleaf (USA), sweet honey leaf (Australia) आदि नामले जानिन्छ|

मधुपत्रमा पाइने गुलियो रसायन Steviolको अणुसूत्र
मधुपत्र वनस्पति

यो अत्यधिक गुलियोपना भएको कोलेस्ट्रल रहित झार हो । यसमा कार्बोहाइड्रेटको मात्रा नगण्य हुने भएकाले मधुमेहका रोगीले समेत उपभोग गर्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । चिनीको तुलनामा रासायनिक पदार्थ नहुने भएकाले स्टेभियाको गुलियो स्वास्थ्यका लागि निकै लाभदायक हुने यसको प्रवर्द्धनमा लागेको कम्पनी पाम एग्रोटेकको दाबी छ । एक अनुसन्धानले स्टेभियामा उखुको रसको तुलनामा ३ सय प्रतिशत बढी गुलियोपना हुने देखाएको छ ।स्टेभियाको काँचो पातलाई गुलियोका रूपमा प्रयोग गर्न सकिने पामकी काउन्सिलर स्मृति ढकाल बताउँछिन् । यसको पातलाई सुकाएर बनाइएको धूलो बफ्याएर निकालिएको चिनीलाई गुलियो पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ ।

टुप्पा काटिदिएपछि सानो झाडीजस्तै देखिने यसलाई १६ देखि ४५ डिग्री सेल्सिएससम्म तापक्रममा खेती गर्न सकिन्छ| यो समुद्र सतहदेखि १ हजार ५ सय मिटरको उचाइसम्म राम्रो फस्टाउूछ |