मनकामना मन्दिर
मनकामना/मनोकामना भगवति
गोरखाको मनोकामना पनि महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताएको इच्छा पूरा गर्ने भगवती भन्ने अर्थमा मनकामना नाम रहन गएको हो। राम शाहकी रानी स्वयं मनकामना भगवतीको अवतार थिइन् भन्ने जनविश्वास छ।
दसैंमा पूजा गर्न आउनेहरूको यहाँ ठूलो भीड लाग्छ। यहाँ प्रत्येक अष्टमीका दिन बलि चढाइन्छ। मनोकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। केबुलकारबाट ११ मिनेटमै मनोकामना पुग्न सकिन्छ। पैदल यात्रा गर्न रुचाउनेहरू आबुखैरेनीबाट ४ घन्टाको उकालो हिँडेर मनोकामना पुग्छन्।
साथै आबु खैरेनिबाट गोर्खा तर्फ अबुवा भन्ने ठाउबाट मनकामनासम्म मोटर बाटो पुगेको हुदा मोटरबट पनि जान सकिन्छ। अबुवाबाट लुदिखोला,बेलबोटे, खहरेगाउ, भोगटेनी, गाल्धुक हुदै ढाडबारी बसपार्क पुगिन्छ। सुन्तला बगैचाको बिचमा रहेको बुसपार्कबाट मन्दिरमा पुग्न ५ मिनेट लाग्छ। हाल् आयेर त्यो मोटरबाटो मनकामना केबलकार नजीकै पुगेको हुदा २ मिनेटमा नै पुग्न सकिन्नछ।