मनभित्रको मन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मनभित्रको मन मुक्तक सङ्ग्रह हो । रोल्पाका खेमराज गाउँले (२०४४)ले यो सङ्ग्रह २०७० सालमा प्रकाशन गरेका हुन् ।[१] सङ्ग्रहभित्र ८० वटा मुक्तकहरू छन् । यस सङ्ग्रहको प्रकाशन राप्ती साहित्य परिषद् जिल्ला शाखा, रोल्पाले गरेको हो । यिनी मुक्तकमा कृति प्रकाशन गर्ने तेस्रा व्यक्ति हुन् भने यो कृति जिल्लाको चौथो मुक्तकसङ्ग्रह हो । यसअघि डी.बी. टुहुरोको २ वटा र मनोज समीप जिएमको १ वटा मुक्तकसङ्ग्रह प्रकाशन भएका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. मनभित्रको मन मुक्तक सङ्ग्रह (२०७०)