मनमोहन सिंह
डा. मनमोहन सिंह (पंजाबी: ਮਨਮੋਹਨ ਸਿੰਘ) भारतको वर्तमान भारत का प्रधानमन्त्री हुन। उनी एक कुशल राजनेता तथा एक राम्रा विद्वान, अर्थशास्त्री र विचारक पनि हुन। एक मंजिएका अर्थशास्त्रीको रूपमा उनको ज्यादा पहिचान छ। आफ्नो कुशल र ईमानदार छविको कारणले सबै राजनैतिक दलहरूमा उनको राम्रो चिनाजानी छ, तर टूजी स्पेक्ट्रम घोटालामा मनमोहन सिंह चुपचाप सँग उनको ईमानदार छविमा प्रश्न उठेको छ। २००९को लोक सभा निर्वाचनमा जितेपछे उनी जवाहर लाल नेहरू पछि भारतको पहिला यस्तो प्रधानमन्त्री बनेका हुन जसलाई पाँच वर्षको कार्यकाल सफलता पूर्वक पूरा गरे पछि लगातार दोस्रो पल्ट प्रधानमन्त्री बन्ने अवसर मिलेको छ। उनले २१ जून १९९१ देखि १६ मे १९९६ सम्म नरसिंह रावको प्रधानमन्त्रित्व कालमा वित्त मन्त्रीको रूपमा पनि कार्य गरेका छन्। वित्त मन्त्रीको रूपमा उनले भारतमा आर्थिक सुधारहरूको शुरुवात गरे। २८ फेब्रुअरीमा मनमोहन सिंह साउदी अरबको यात्रामा गए। १९८२ पछि साउदी अरबको यात्रा गर्ने वालामध्ये मनमोहन सिंह पहिलो प्रधानमन्त्री बनेका छन्।
विषयसूची |
जीवनी [सम्पादन गर्ने]
मनमोहन सिंहको जन्म पाकिस्तानको पंजाब प्रान्तमा २६ सेप्टेम्बर १९३२मा भएको थियो। देशको विभाजन पछि सिंहको परिवार भारत आए। यहाँ पंजाब विश्वविद्धालय बाट उनले स्नातक तथा स्वनातकोत्तर स्तरको पढ़ाई पूरी गरे। त्यस पछि उनी क्याम्ब्रिज विश्वविद्धालय गए। जहाँ बाट उनले पी. एच. डी. गरे। तत्पश्चात् उनले आक्सफोर्ड विश्वविद्धालय बाट डी. फिल. पनि गरे। उनको पुस्तक इंडियाज एक्सपोर्ट ट्रेंड्स एन्ड प्रोस्पेक्ट्स फर सेल्फ सस्टेइन्ड ग्रोथ, (अङ्ग्रेजी: India's Export Trends and Prospects for Self-Sustained Growth), भारतको अन्तर्मुखी व्यापार नीतिको पहिलो र सटीक आलोचना मानिन्छ। डा. सिंहले अर्थशास्त्रको अध्यापकको तरिकामा एकदम ख्याति अर्जित गरे। उनी पंजाब विश्वविद्धालय र त्यस पछि प्रतिष्ठित डेलही स्कूल अफ इकनामिक्समा प्राध्यापक रहे। त्यहि बीच उनी UNCTAD सचिवालयमा सलाहकार पनि रहे र १९८७ तथा १९९०मा जेनेवामा साउथ कमीशनमा सचिव पनि रहे। १९७१मा डा. सिंह भारतको वाणिज्य मन्त्रालयमा आर्थिक सलाहकारको रूपमा नियुक्त गरिएको। यसको तुरुन्त पछि १९७२मा उनलाई वित्त मन्त्रालयमा मुख्य आर्थिक सलाहकार बनाइयो। इसपछिको वर्षमा उनी योजना आयोगको उपाध्यक्ष, रिजर्व बैंकको गवर्नर, प्रधानमन्त्रीको सलाहकार र विश्वविद्धालय अनुदान आयोगको अध्यक्ष रहे छन्। भारतको आर्थिक इतिहासमा हालको वर्षमा सबै भन्दा महत्वपूर्ण मोड तब आयो जब डा. सिंह १९९१ देखि १९९६ सम्म भारतको वित्त मन्त्री रहे। उनिलाई भारतको आर्थिक सुधारहरूको प्रणेता मानिएको छ। साधारण जनमानसमा यो वर्ष निश्चित रूपले डा. सिंहको व्यक्तित्वको वरिपरि घूमिरहेको छ। डा. सिंहको परिवारमा उनको पत्नी श्रीमति गुरशरण कौर र उनका तीन छोरीहरू छन्।
डा. सिंहको महत्वपूर्ण पडाव [सम्पादन गर्ने]
- १९५७ से १९६५ - चंडीगढ़ स्थित पंजाब विश्वविद्धालयमा अध्यापक
- १९६९-१९७१ - दिल्ली स्कूल अफ इकोनमिक्समा अन्तर्राष्ट्रिय व्यापारको प्रोफेसर
- १९७६ - दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा मानर्थ प्रोफेसर
- १९८२ से १९८५ - भारतीय रिजर्भ बैंकको गभर्नर
- १९८५ से १९८७ - योजना आयोगको उपाध्यक्ष
- १९८७ - पद्मविभूषण
- १९९० से १९९१ - भारतीय प्रधानमन्त्रीको आर्थिक सलाहकार
- १९९१ - नरसिंहरावको नेतृत्व वाला काँग्रेस सरकारमा वित्त मन्त्री
- १९९१ - असम बाट राज्यसभाको सदस्य
- १९९५ - दोस्रो पल्ट राज्यसभा सदस्य
- १९९६ - दिल्ली स्कूल अफ इकोनमिक्समा मानद प्रोफेसर
- १९९९ - दक्षिण दिल्ली बाट लोकसभाको निर्वाचन लडे तर हारे।
- २००१ - तेस्रो पल्ट राज्य सभा सदस्य र सदनमा विपक्षको नेता
- २००४ - भारतको प्रधानमन्त्री
उनले अन्तरराष्ट्रिय मुद्रा कोष र एशियाई विकास बैंकको लागि पनि काम गरेका छन्।
पुरस्कार एवं सम्मान [सम्पादन गर्ने]
भारतको सार्वजनिक जीवनमा डा. सिंहको धेरै वटा पुरस्कारहरू र सम्मानहरूले सम्मानित गरिएको छ। यिनीहरूमा प्रमुख छन्: -
- १९८७मा पद्म विभूषण,
- १९९५मा इंडियन साइन्स कांग्रेसको जवाहरलाल नेहरू पुरस्कार,
- १९९३ र १९९४को एशिया मनी अवार्ड फर फाइनैन्स मिनिस्टर आफ् द इयर,
- १९९४को यूरो मनी अवार्ड फर द फाइनैस मिनिस्टर अफ द इयर,
- १९५६मा क्याम्ब्रिज विश्वविद्धालयको ऐडम स्मिथ पुरस्कार
डा. सिंहले धेरै राष्ट्रिय र अन्तरराष्ट्रिय संगठनहरूमा भारतको प्रतिनिधित्व गरेका छन्। आफ्नो राजनैतिक जीवनमा उनी १९९१ बाट राज्य सभाको सांसद रहेका छन्। र १९९८ तथा २००४मा संसदमा विपक्षको नेता रहिसकेका छन्।
बाहिरी कडिहरू [सम्पादन गर्ने]
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: Manmohan Singh |