मन्दाक्रान्ता छन्द

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मन्दाक्रान्ता छन्दमा १७वटा अक्षर् र ५वटा गण हुन्छन। येसमा एक १.मगण १.भगण १.नगण २.तगण २.गुरु हुन्छन।

मान्दाक्रान्ता छन्दमा प्रयोग भएका गण र तिनीहरूको मात्रा येस प्रकार रहेको छ। यसमा S को अभिप्राय दीर्घ अक्षर र । अभिप्राय को ह्रस्व अक्षर हुन्छ यहाँ S र । गरेर १७ वटा अक्षर छन जसमा ह्रस्व र दीर्घको क्रममा तल प्रस्टसँग बुझाउने प्रयास गरिएको छ ।

गण--
मात्रा-- sss s॥ ॥। ss। ss। s s
  • यो नेपाली जनमानसमा बसेको शास्त्रीय समपाद छन्द हो। यसका पनि चारै पाउ समान हुन्छन्।[१]
  • यो छन्दका हरेक पाउमा सत्र अक्षर हुन्छन्। चौथो , दशौँ र सत्रौँ अक्षरमा विश्राम हुन्छन्।

यस छन्दमा

मगण SSS
भगण SII
नगण III
तगण SSI
तगण SSI
अन्त्यमा दुईटा गुरू SS

यसको लय यसरी तयार हुन्छः

नानानाना SSSS = ४
नननननना IIIIIS = ६
नाननानाननाना SISSISS = ७

उदाहरणः[सम्पादन गर्नुहोस्]

मेरा प्यारा सखि विपिनका वल्लरी वृक्षसारा।

जो जो बढ्थ्यौ मसँग सुखमा जिन्दगीका सहारा।

बाँडी मेरा सुखदुःख भरी भाव , सम्झे मलाई।

तिम्रो प्यारो दिलसँग रुँदै लिन्छु ऐले विदाई।।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. http://pallawa.com.np/?p=16005[dead link] (मोदनाथ शास्त्री, छन्दविज्ञान)

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]