मन्दिर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
भारतको नयाँ दिल्लीमा रहेको अक्षयधाम मन्दिर

मन्दिर हिन्दू धर्म तथा यो धर्मका वैकल्पीक धर्म जैन धर्म, शैव वैष्णव आदी धर्मावलम्बीहरूको पूजा स्थल हो। मन्दिर भित्र विभिन्न देवी देवताहरूका मुर्तीहरूको स्थापना गरेर पूजा पाठ गरिन्छ। मन्दिरलाई हिन्दूहरूको पवित्र स्थलको रूपमा लिइन्छ। मन्दिरमा देवताहरूको वास भएको विश्वास गरिन्छ। मन्दिरमा शंख, घण्ट, कलस, पञ्चपात्र, आदी पूजन सामाग्रीहरू राखिन्छ। प्राय सबै देवताहरूको लागि अलग अलग मन्दिर बनाईन्छ। जस्तै:- भगवान शिवको मन्दिलाई शिवालय भनिन्छ भने देवि दुर्गाको मन्दिरलाई दुर्गा मन्दिर भनिन्छ। त्यस्तै भगवान श्री कृष्णको मन्दिरलाई कृष्ण मन्दिर र भगवान श्रीरामको मन्दिरलाई राम मन्दिर भनिन्छ भने सीताको मन्दिरलाई जानकी मन्दिर भनिन्छ। राम र सीताको संयुक्त मन्दिरलाई राम जानकी मन्दिरराधा कृष्णको संयुक्त मन्दिरलाई राधा कृष्ण मन्दिर भनिन्छ, भगवान गणेशको मन्दिरलाई गणेश मन्दिर भनिन्छ। यसै गरी अलग अलग देवताहरूको मन्दिरलाई अलग अलग नाम दिएको हुन्छ।

हेर्नुहोस्[सम्पादन गर्ने]