मरिचमान सिंह श्रेष्ठ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
मरिचमान सिंह श्रेष्ठ

तस्वीर उपलब्ध छैन

कार्यकाल
२०४३ जेठ – २०४६ चैत्र २४ गते
शासक : राजा बीरेन्द्र
अग्रज : नगेन्द्रप्रसाद रिजाल
उतराधिकारी : लोकेन्द्रबहादुर चन्द

जन्म : १९९७ कार्तिक १७
सल्यान खलङ्गा बजार, नेपाल
मृत्यु : २०७० साउन २९ गते
नर्भिक अस्पताल, काठमाडौं
नागरिकता : नेपाली
धर्म : नेवार
राजनीतिक दल : निर्दलीय
जीवनसाथी : विष्णुदेवी
सन्तान : अनिल प्रधान, सञ्जय, रश्मी र रञ्जन [१]
पेशा : राजनीतिज्ञ
धर्म : हिन्दु

मरिचमान सिंह श्रेष्ठ नेपालका राजनीतिज्ञ तथा पञ्चायती व्यवस्थामा प्रभावशाली व्यक्ति थिए। उनी पञ्चायती व्यवस्थाको अन्त्यतिर नेपालका प्रधानमन्त्री बनेका थिए। पञ्चायती व्यवस्था भित्र गरम गुटको नेतृत्त्व गर्दै २०४३ साल जेठमा यिनी प्रधानमन्त्री बनेका हुन्। त्यस अघि यिनी तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए। नेवार समुदायबाट प्रधानमन्त्री बन्ने यिनी पहिलो व्यक्ति हुन्। राष्ट्रिय पञ्चायतको अध्यक्ष रहुन्जेल मरिचमान सिंह मात्र लेख्दै आएका यिनले प्रधानमन्त्री भएपछि पहिलो पटक मरिचमान सिंह श्रेष्ठ नाम लेखि आफूलाई नेवारको रूपमा परिचित गराएका थिए।

जीवनी[सम्पादन गर्ने]

मरिचमान सिंह श्रेष्ठको जन्म सल्यान जिल्लाको खलङ्गा बजारमा १९९७ कार्तिक १७मा भएको थियो। [२] उनी २०१७ सालदेखि राजनीतिमा सक्रिय थिए। [३] २०३० सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएका सिंह पञ्चायतभित्रको अनुदारवादी खेमामा थिए। दरवारको विश्वासपात्र सिंह २०३८ सालमा पञ्चायती व्यवस्थाको संगठन हेर्ने पञ्चायत नीति तथा जाँचबुझ समितिको अध्यक्ष तथा राष्ट्रिय पञ्चायतको अध्यक्ष बने[३]। पञ्चायतको अन्त्यतिर २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म यिनी नेपालको प्रधानमन्त्री थिए। यिनी प्रधानमन्त्री भएकै बेला नेपाल भारत पारवाहन सन्धिको विषयलाई लिएर भारतले नेपाललाई नाकावन्दी लगायो। यिनले भारत सँग नझुक्ने अडान लिएर बसे। त्यसैबेला सुरू भएको शान्तिपुरूर्ण जनआन्दोलन २०४६मा प्रजातन्त्र प्राप्त गर्न आन्दोलमा लागेका समूह माथि अत्याधिक शक्ति प्रयोग गरेर दमन गरेकाले यिनी सबैभन्दा बढी आलोचित पञ्चायती प्रधानमन्त्री बन्न पुगे। २०४३ साल जेठ ३१ गते राष्ट्रिय पञ्चायतबाट प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित भएका सिंहले जनआन्दोलन उत्कर्षमा पुगेपछि २०४६ साल चैत २३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। [२]

राजनीतिक निस्कृयता[सम्पादन गर्ने]

पञ्चायती व्यवस्थाको अन्त्यपछि यिनी राजनीतिक रूपमा पूर्ण निस्कृय बसे। २०५६ सालको निर्वाचनमा काठमाडौंबाट उम्मेदवारी दिएपनि त्यसपछि पुनः निस्कृय नै रहे। ०४६ परिवर्तनपछि उनी कुखुरापालन र गाईपालन गरेर राजनीतिबाट टाढा बसेका थिए।

राष्ट्रवाद

श्रेष्ठ राष्ट्रवादी छविका नेताका रूपमा चिनिएका थिए। ०४५ सालमा भारतले नुन तेल लगायतका अत्यावश्यक वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको र पारवाहन सन्धी सम्बन्धी विवाद परेका बेला श्रेष्ठले लिएको अडानको प्रशंसा हुने गरेको छ।

निधन[सम्पादन गर्ने]

मरिचमान सिंह श्रेष्ठको निधन २०७० साउन ३० गते काठमाडौंमा भयो। लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित श्रेष्ठको ७१ वर्षको उमेरमा बिहान तीन बजे काठमाण्डौं थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।[२] क्यान्सरले ग्रस्त श्रेष्ठलाई भारतको मेदान्ता अस्पतालमा उपचार गराइएको थियो। आफ्नै देशमा प्राण त्इाग गर्ने इच्छा व्यक्त गरेपछि उनलाई भारतबाट एयर एम्बुलेन्समा २९ गते मंगलबार नेपाल ल्याइएको थियो।[१]

पूर्वाधिकारी
राजेश्वर देवकोटा
राष्ट्रिय पञ्चायतको अध्यक्ष
२०३८ देखि २०४२ सम्म
उत्तराधिकारी 
नवराज सुवेदी
पूर्वाधिकारी
नगेन्द्रप्रसाद रिजाल
नेपालको प्रधानमन्त्री
२०४३ जेठ ३१ देखि २०४६ चैत्र २३ सम्म
उत्तराधिकारी 
लोकेन्द्रबहादुर चन्द

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]