मलाला युसफजई

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
मलाला युसफजई
ملاله یوسفزۍ
[[File:200px|frameless|alt=]]
जन्म १९९७
राष्ट्रियता पाकिस्तानी
अन्य नाम गुल मकई
जातीयता पश्तून
प्रशिद्धि महिला अधिकार कार्यकर्ता, शिक्षाविद्
गृहनगर मिंगोरा, खैबर पख्तूनख्वाह, पाकिस्तान
धर्म इस्लाम
मातापिता जियाउद्दीन युसफजई (पिता)
पुरस्कार अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कार
पाकिस्तानको राष्ट्रिय युवा शान्ति पुरस्कार (2011)

मलाला युसुफजई पाकिस्तानी बालअधिकारवादी कार्यकर्ता हुन् । मलालाको जन्म १९९७मा पाकिस्तानको खैबर पख्तूनख्वाह प्रान्तको स्वात जिल्लामा भयो । उनी पाकिस्तानको मिंगोरा शहरमा आठ कक्षाकी छात्रा हुन् । [१][२] छद्म नाम प्रयोग गरी बीबीसीको लागि ब्लगिङ्द्वारा तालिबान शासनको अत्याचारको विरोध गर्ने मलाला १३ वर्षको उमेरमा नै स्वातमा रहेका महिलाहरूको नायिका बनिन् । अन्तर्राष्ट्रियस्तरमा बालअधिकारको वकालत गर्ने संस्था किड्स राइट्स फाउण्डेशनले उनलाई अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारको लागि नामाङ्कन गरेको थियो, उनी यस्तो पुरस्कारको लागि नामांकित पहिलो पाकिस्तानी बालिकाहुन । दक्षिण अफ्रीकाका नोबेल पुरस्कार विजेता देस्मुंड टूटू एम्स्टर्डमले नेदरल्याण्डमा एक समारोहमा २०११को यस नामांकनको घोषणा गरे, तर युसफजई यो पुरस्कार जित्न सफल भइनन् उक्त पुरस्कार दक्षिण अफ्रीकाकी १७ वर्षीय बालिकाले जीतिन । यो पुरस्कार हरेक वर्ष बालबालिकाहरूको अधिकारको लागि काम गर्ने बालिकालाई दिइन्छ ।[३] मलालाले तालिबानको धम्कीको बावजुद बालिकाहरूलाई शिक्षित गर्ने अभियान चलाइरहेकी छिन् । यही कारण तालिबान आतंककारीहरूले उनलाई आफ्नो हिट लिस्‍टमा राखेका थिए। अक्टोबर २०१२ मा, मंगलबारको दिनमा करीब सवा १२ बजे स्वात घाटीको कस्बे मिंगोरामा विद्यालयबाट फर्किरहेको समयमा आतंककारीहरूले हमला गरेका थिए। यस हमलाको जिम्‍मेदारी तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी)ले लीएको छ ।[४]

सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]