महात्मा गान्धी

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

महात्मा गान्धी भारतका महान नेता हुन। यिनी विश्वका महापुरूषहरू मध्ये एक गनिन्छन। बेलायती सरकारको उपनिवेशका रूपमा रहेका दक्षिण अफ्रीकाको रंगभेद अन्त्य गर्न तथा भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ। अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोवरलाई संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउन थालेको छ।

विषयसूची

[परिवर्तन्] शुरू शुरुका दिनहरू

यिनको जन्म सन् १८६९ अक्टोवर २ मा भएको थियो। शुरूमा यिनको नाम मोहन दास करम चन्द गान्धी रहेको थियो।

[परिवर्तन्] बेलायत अध्ययन

[परिवर्तन्] राजनीतिक जीवन

बेलायतको अध्ययन कालसम्म उनीमाथि खासै राजनीतिक प्रभाव परेको देखिँदैन। बेलायतको अध्ययन पश्चात् मोहनदास गान्धी दक्षिण अफ्रिकामा पुगे। त्यहाँ बसोबास गर्ने बहुसंख्यक जनताहरू काला जातका थिए, तर शासन भने गोराहरूको चल्थ्यो। काला जातिमाथि गोराहरूले शासन मात्र होइन ज्यादती गर्ने गर्दथे। यतिसम्म कि रेलको पहिलो श्रेणीमा काला जातिले यात्रा गर्न सम्म पाउँदैनथ्यो। यो कुराले गान्धीलाई एकदमै नराम्रो लाग्यो। त्यहीँदेखि गोरा जातीमाथि उनको धारणा एकाएक परिवर्तन भयो। काला जातीमाथि गोराको ज्यादतीको उनी खुलेरै विरोध गर्न थाले। अफ्रिकामा गोरा विरूद्ध लामो लडाईं लडेका उनले आफ्नो देश भारतमा पनि गोराहरूको त्यस्तै राज भएकोले त्यसको विरूद्धमा लड्ने प्रतिज्ञा गरे। यिनले जीवनको शुरू देखि अन्त्य सम्म नै अहिंसात्मक रूपमा लडीरहे।

[परिवर्तन्] सन्दर्भ सामग्री

महात्मा गान्धीको आत्मकथाः सत्यको खोज

अरु भाषामा