महादेव-पार्वती गुफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

महादेव-पार्वती गुफा नेपालको पूर्वाञ्चल विकास क्षेत्रको कोशी अञ्चलको मोरङ जिल्लामा अवस्थित पर्यटकीय स्थल हो। मोरङको पाटिगाँउ गाविसमा जङ्गलको बिचमा रहेको यो गुफा प्राकृतिक रूपमा ठूलो नभए पनि आन्तरिक पर्यटनको लागि उपयुक्त स्थल बन्न सक्छ। यस स्थान केराबारीसम्म यातायातको साधनमा गई त्यहाँवाट ४-५ घण्टा उकालो हिँडे पछि सो स्थान पुग्न सकिन्छ। महादेव-पार्वती गुफा मोरङ जिल्लाको पाटी गा. बि. स. को वडा न. ७ मा पर्छ । जङगलको बिचमा रहेको यो गुफाको ढोका एक जना मात्र जान सकिने रहे पनि भित्र भने १५/२० जना आट्न सकिन्छ । पहाडको बिच भागमा रहेको यो गुफा पहिले काठको भर्र्याङ् भए पनि अहिले सिमेन्टको भर्र्याङ् रहेको छ । यहाँ अहिले विशेष गरी माघे सङ्क्रान्तिका दिन आन्तरिक पर्यटकको घुइचो लाग्ने गर्दछ । यस स्थान केराबारीसम्म यातायातको साधनमा गई त्यहाँवाट ४-५ घण्टा उकालो हिँडे पछि सो स्थान पुग्न सकिन्छ र अहिले भेडेटार देखी उक्त स्थानसम्म बस जान नसके पनि डाँडाबजार, पाटीगाउँ हुँदै उक्त गुफा जान ल्यान्ड रोभरमा ५०० मिटर वर सम्म गएर पैदल हिंडेर जान सकिन्छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]