महादेवी वर्मा

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज
महादेवी वर्मा
Ajkal mukhprishth1 cropped.png
महादेवी वर्मा
जन्म: मार्च २६, १९०७
फर्रुखाबाद, उत्तर प्रदेश, भारत
मृत्यु: सेप्टेम्बर ११, १९८७
इलाहाबाद, उत्तर प्रदेश, भारत
कार्यक्षेत्र: अध्यापक, लेखक
राष्ट्रियता: भारतीय
भाषा: हिन्दी
काल: आधुनिक काल
विधा: गद्य र पद्य
विषय: गीत, रेखाचित्र, संस्मरणनिबंध
साहित्यिक
आन्दोलन
:
छायावाद
रहस्यवाद
पहिलो कृति: नीहार कविता संग्रह

महादेवी वर्मा (२६ मार्च १९०७ – ११ सेप्टेम्बर १९८७ ) हिन्दी भाषाको अत्यधिक प्रतिभावान कवयित्रीहरूमा पर्नुहुन्छ। उहाँ हिन्दी साहित्यको छायावादी युगका चार स्तम्भहरूमध्येका एक मानिनु हुन्छ। आधुनिक हिन्दीको सबैभन्दा सशक्त कवयित्रीहरू मध्य एक भएकीले उहाँ आधुनिक मीरा नामले पनि चिनिनुहुन्छ। कवि निरालाले उहाँलाई ‘‘हिन्दीको विशाल मन्दिरको सरस्वती‘‘ पनि भन्नु भएको छ। महादेवीले स्वतन्त्रता अगाडिको भारत पनि हेर्नुभएको छ र त्यस पछाडिको पनि। उहाँ यस्ता कविहरूमध्ये पर्नुहुन्छ जसले व्यापक समाजमा काम गर्दै भारतभित्र विद्यमान हाहाकार, रोदनलाई हेर्नु भयो, जाँच्नु भयो र करुणाले ओतप्रोत भएर अन्धकार हटाउने दृष्टि दिने कोसिस गर्नु भयो। उहाँको काव्य मात्रै नभएर उहाँको समाज सुधारका कार्य र महिलाप्रतिको चेतना पनि यसै दृष्टिकोणले प्रभावित रहे। उहाँले मनको पीडालाई यस्तो स्नेह र सृङ्गारले सजाउनु भयो कि दीपशिखा मा त्यो जनताको पीडाको रूपमा स्थापित भयो र त्यसले केवल पाठकलाई मात्र नभएर समालोचकहरूलाई पनि राम्ररी नै प्रभावित पार्‍यो।

उहाँले खडी बोली नामक हिन्दी कवितामा त्यस कोमल शब्दावलीको विकास गर्नु भयो जुन त्यसबेलासम्म बृजभाषामा मात्रै सम्भव थियो। यसका लागि उहाँले समयअनुकूल संस्कृत र बङगाली का कोमल शब्दहरू छानेर तिनलाई हिन्दीमा ढाल्नुभयो। उहाँ सङ्गीतको जानिफकार भएकाले उहाँका गीतहरूमा, नाद-सौन्दर्य र तीखा उक्तिहरूको व्यञ्जना शैली अत्यन्त दुर्लभ छ। उहाँले कामको सुरुवात अध्यापनबाट गर्नुभयो र अन्तिम समयसम्म उहाँ प्रयाग महिला विद्यापीठ की प्रधानाचार्या रही रहनुभयो। उहाँको बाल-विवाह भए पनि उहाँले अविवाहितले झैँ जीवन यापन गर्नुभयो। प्रतिभावान कवियित्री र गद्य लेखिका महादेवी वर्मा साहित्य र सङ्गीतमा निपुण हुनका साथै कुशल चित्रकार र सृजनात्मक अनुवादक पनि हुनुहुन्थ्यो। उहाँले हिन्दी साहित्यका सबै महत्त्वपूर्ण पुरस्कारहरू प्राप्त गर्नुभएको छ। भारतीय साहित्य-आकाशमा महादेवी वर्माको नाम ध्रुव तारा सरह प्रकाशमान छ। गएको शताब्दी की सर्वाधिक लोकप्रिय महिला साहित्यकार का रूपमा उहाँ जीवनभरी पूजनीय बनिरहनु भयो। सन् २००७ लाई उहाँको जन्म शताब्दीका रूपमा मनाईँदै छ।