महाभारत
नेपाली विकिपीडियाबाट
महाभारत हिन्दूहरूको को एक प्रमुख काव्य ग्रंथ हो, जसलाई स्मृति वर्गको ग्रन्थ मानिन्छ। कहिलेकाहीं भारत भनिने यस ग्रन्थ भारतीय सँस्कृतीको अनुपम धार्मिक, पौराणिक, ऐतिहासिक तथा दार्शनिक ग्रंथ हो। हिन्दू धर्म को मुख्यतम ग्रंथहरूमध्ये यो पनि एक हो। यो विश्वको सबभन्दा ठूलो साहित्यिक ग्रंथ हो। हुनत यसलाई साहित्यको सबैभन्दा अनुपम कॄतिहरु मध्येको एक मानिन्छ तरपनि आज पनि हाम्रो लागि यो एक अनुकरणीय स्त्रोत हो। यो कॄति हिन्दूहरुको इतिहास को एक गाथा हो। पूरै महाभारत मा एक लाख श्लोकहरू छन् जुन बाइबल भन्दा चार गुणा बढी र इलियड को ओडिसी भन्दा सात गुणा बढी छ । यसमा भगवद्गीता सन्निहित छ।
[परिवर्तन्] परिचय
महाभारतको विशालता र दार्शनिक गूढता पुरै हिन्दू धर्म र वैदिक परम्पराको पनि सार हो। महाभारत को विशालताको अन्दाज यसको प्रथम पर्वमा उल्लेखित एक श्लोक बाटै लगाउन सकिन्छ: "जुन (कुरा) यहाँ (महाभारतमा) छ, त्यो तपाँईले संसारमा कहीँ न कहीँ अवश्य भेट्नुहुनेछ, जुन (कुरा) यहाँ छैन त्यो तपाँईले संसारमा अन्यत्र कहीँ पनि भेट्नुहुने छैन।"
महाभारत खालि राजा-रानी, राजकुमार-राजकुमारी, मुनिहरु र साधुहरुको कथा मात्र नभएर धेरै नै व्यापक र विशाल ग्रन्थ हो। यसका लेखक व्यासले भनेका छन् कि महाभारत धर्म, अर्थ, काम, र मोक्ष को कथा हो। कथाको निष्पत्ति मोक्षःमा गएर हुन्छ जुन हिन्दुहरुको मानव जीवनको परम लक्ष्य मानिन्छ।
[परिवर्तन्] पृष्ठभूमि र इतिहास
महाभारत को प्रथम अध्याय अनुसार यो महाकाव्य ऋषि वेद व्यास (जो स्वयं यस महाकाव्यका एक प्रमुख पात्र हुन) द्वारा बोलेर, भगवान गणेशद्वारा लेखाइएको हो। व्यासले यो ग्रन्थ आफैले लेख्दा धेरै समय लाग्ने तथा आफ्नो जीवनमा पूर्ण गर्न पनि नसकिने जस्तो देखिए पछि भगवान गणेश, जो छिटो लेख्नको लागि प्रख्यात छन्, को सामुन्ने यो प्रस्ताव राखे। गणेश तत्काल तैयार भए तर आफू रोकी-रोकी लेख्न नसक्ने हुनाले एक शर्त राखे कि व्यासले कथा भन्दाखेरिको समयमा एकछिन पनि आराम गर्नको लागि रोकिन पाउने छैनन्। व्यासले पनि यो शर्तलाइ स्वीकार गरे तर उनले पनि भगवान गणेशसंग एउटा शर्त राखे कि उनले व्यासले बोलेका वाक्यहरुलाई राम्ररी बुझेर मात्र लेख्नेछन्। व्यासले सोच्नको लागि समय निकाल्न गाह्रो-गाह्रो शब्दहरु प्रयोग गरे जसलाई बुझ्न गणेशलाई समय लाग्दथ्यो। यसले गर्दा लेखाउने समयमा व्यासलाई पनि केहि सोच्ने समय मिल्ने भयो। यो कथा जनमानसमा प्रचलित एक कथासँग पनि मेल खान्छ जसमा गणेश जी यौटा दाँत कसरी भाँचियो भन्ने सोचाईमा मग्न हुनु भएको छ (गणेश जी को पारंपरिक छवि)। भनिन्छ कि महाभारत लेख्ने क्रममा हतारमा लेख्न बाधा नआउस भनेर एक पल्ट कलम उनको हातबाट छुटयो र उनले आफ्नो यौटा दाँतै भाँचे।
यस महाकाव्यको शुरुवात एउटा सानो रचना जय बाट भएको थियो भन्ने मान्यता छ। हुन त यसको रचनाको कुनै निश्चित तिथि थाहा छैन तर यसलाइ सामान्यतया वैदिक युगमा लगभग १४०० ईसा पूर्वको समयको मानिन्छ। विद्वानहरुले यसको तिथि निर्धारित गर्नका लागी यसमां वर्णित सूर्य ग्रहण र चंद्र ग्रहणहरुको बारेमा अध्ययन गरेका छन् र यसलाइ ३१औं शताब्दी इसा पूर्वको मान्दछन्, तर मतभेद भने अझै पनि जारी छ।
यस काव्यमा बौद्ध धर्मको वर्णन छैन, तर जैन धर्मको वर्णन भने छ, अतः यो काव्य गौतम बुद्धको काल भन्दा पहिले अवश्य पूरा भएको थियो।[१]
शल्य, जो महाभारतमा कौरवहरुको तर्फबाट लडेका थिए, उनलाई रामायणमा वर्णित लव र कुश पछिको ५०औं पुस्ताको मानिन्छ। यसै आधारमा केहि विद्वानहरु महाभारतको समय रामायण भन्दा १००० वर्ष पछिको मान्दछन्। तिथिहरु चाहे जे सुकै भएपनि यहि काव्यहरुको आधारमा वैदिक धर्मको आधार टिकेको छ जो पछि हिन्दू धर्मको आधुनिक आधार बनेको छ।
आर्यभटका अनुसार महाभारत युद्ध ३१३७ ई.पू. मा भएको थियो। यस युद्धको ३५ वर्ष पश्चात कृष्णको निधनसँगै कलियुगको आरम्भ भयो।
धेरैजसो अन्य भारतीय साहित्यहरु जस्तै यो महाकाव्य पनि पहिले वाचिक परम्पराद्वारा हामी सम्म पुस्तौं-पुस्ता पछि पुगेको छ। छापाको विकास भन्दा पहिले नै यसका धेरै क्षत्रिय (भौगोलिक) संस्करण पनि निस्किए जसमा धेरै यस्ता घटनाहरु छन् जो मूल कथामा देखिदैन वा कुनै अन्य रुपमा देखिन्छ।
[परिवर्तन्] महाभारत: काव्य
यस महाकाव्यको मुख्य कथा हस्तिनापुरको गद्दीको लागि दुई वंशका वंशजहरु [[क
Cite error: <ref> tags exist, but no <references/> tag was found