महेन्द्रनगर

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

(Mahendranagar)(९९.१२४)(कन्चनपुर)

सुदुर पश्चिम नेपालको पश्चिम फर्केको मुख्य नाका हो महेन्द्रनगर । यो जनसंख्याका आधारमा नेपालको आठौ ठुलो सहर हो साथै सुदुर पश्चिम नेपालको एक मुख्य पैठारीकर्ता तथा यातायातको केन्द्र हो । पुर्वबाट आएको महेन्द्रराज मार्ग यहीं बाट अन्त हुने तथा सेती माहाकालीका लागी सहज यातायात उपलब्ध भएकाले महेन्द्र नगर पश्चिमको एक प्रमुख बाणीज्य केन्द्र पनि हो। अञ्चल र जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेको महेन्द्रनगर शुक्लाफांटा बन्यजन्तु आरक्षको प्रवेशद्वार रहेको र अध्यागमन कार्यालय समेत रहेकाले पर्यटक आवत जावत भइरहने सहर हो । महेन्द्रनगरमा महेन्द्र बहुमुखी क्याम्पस, सिद्धनाथ साइन्स क्याम्पस, सिद्धनाथ बहुमुखी क्याम्पस तथा महेन्द्र नगर मेडिकल कलेज लगायतका क्याम्पस तथा बिद्यालय रहेका छन । त्यसैगरी महाकली अञ्चल अस्पतालका साथै केही प्राइभेट अस्पताल समेत संचलीत छन महेन्द्रनगर मा। यहा एकलाख भन्दा माथी जनसंख्या रहेको छ । महेन्द्रनगरको टेलीफोन कोड नं. ०९९ हो । महेन्द्रनगर आन्तरीक विमानस्थल सहरबाट छोटो दुरी मै रहेको छ ।