महेन्द्रनगर, कञ्चनपुर
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
(Mahendranagar)(९९.१२४)(कन्चनपुर)
भिम् डत्ता नगरपालिका (महेन्द्रनगर) सुदुर पश्चिम नेपालको पश्चिम फर्केको मुख्य नाका हो। यो जनसंख्याका आधारमा नेपालको आठौ ठूलो सहर हो साथै सुदुर पश्चिम नेपालको एक मुख्य पैठारीकर्ता तथा यातायातको केन्द्र हो। पूर्वबाट आएको महेन्द्रराज मार्ग यहीं बाट अन्त हुने तथा सेती महाकालीका लागि सहज यातायात उपलब्ध भएकाले महेन्द्र नगर पश्चिमको एक प्रमुख बाणीज्य केन्द्र पनि हो। अञ्चल र जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेको महेन्द्रनगर शुक्लाफांटा बन्यजन्तु आरक्षको प्रवेशद्वार रहेको र अध्यागमन कार्यालय समेत रहेकाले पर्यटक आवत जावत भइरहने सहर हो। महेन्द्रनगरमा सिद्धनाथ साइन्स क्याम्पस,शारदा विद्यापीठ, सिद्धनाथ बहुमुखी क्याम्पस, जनज्योति बहुमुखी क्याम्पस तथा फारवेस्ट स्कूल अफ मेडिसिन लगायतका क्याम्पस र बैजनाथ उच्च मा. वि., महेन्द्रनगर उच्च मा. वि. आदि अनेक विद्यालय समेत रहेका छन। त्यसैगरी महाकली अञ्चल अस्पतालका साथै केही प्राइभेट अस्पताल समेत संचलीत छन महेन्द्रनगर मा। यहा एकलाख भन्दा माथी जनसंख्या रहेको छ। महेन्द्रनगरको टेलीफोन कोड नं. ०९९ हो। महेन्द्रनगर आन्तरीक विमानस्थल सहरबाट छोटो दुरी मै रहेको छ।