माओवादी लडाकू समायोजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बाह्रबुँदे सहमति अनुरुप माओवादीहरू शान्तिप्रक्रिया मा आए पश्चात पुर्व लडाकूहरूलाई नेपाली सेनामा समायोजन प्रेक्रिया सुरु गरिएको थियो । उक्त प्रक्रिया सम्पन्न गर्ने क्रम मा अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६०२ लडाकू मध्य १५ हजार ६३० जना लडाकू 'स्वेच्छिक अवकाश' रोजेर घर फर्किए भने १ हजार ४२१ जना नेपाली सेनामा समायोजन भए। शुरु देखि उक्त प्रक्रिया पुरा गर्न ६ वर्ष लागेको र उक्त प्रक्रिया मा रु.१९ अर्ब ७१ करोड ५२ लाख ६८ हजार ३९३ खर्च भएको थियो।अनमिनले प्रमाणीकरण गरेका १९ हजार ६०२ लडाकूलाई अनमिन फर्केपछि 'माओवादी सेनाका लडाकूहरूको रेखदेख, पुनर्स्थापन तथा समायोजन विशेष समिति'ले पुनः वर्गीकरण गर्दा २ हजार ४५६ लडाकू अनुपस्थित भेटिएका थिए। क्यान्टोन्मेन्टमा नरहेका उनीहरूको नाममा गएको करीब रु.४ अर्ब रकम हिनामिना गरेको आरोप एमाओवादी र क्यान्टोन्मेन्टको लडाकू नेतृत्वलाई लाग्ने गरेको छ।[१]

लडाकूदेखि सैनिकसम्मको यात्रा[सम्पादन गर्नुहोस्]

  • ५ मंसीर २०६३:सरकार–माओवादीद्वारा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर, लडाकू र हतियार २८ क्यान्टोन्मेन्टमा राख्ने सहमति।
  • २२ मंसीर २०६३:सेना तथा हतियार व्यवस्थापन–अनुगमन सम्झौतामा हस्ताक्षर।
  • १२ पुस २०६४:राष्ट्रसंघीय मिसन (अनमिन) द्वारा लडाकू र हतियारको वर्गीकरण सम्पन्न।
  • १ पुस २०६६:सरकार–माओवादीबीच अयोग्य लडाकूलाई क्यान्टोन्मेन्टबाट बाहिर निकाल्ने सहमति।
  • २५ माघ २०६६ अयोग्य लडाकूको क्यान्टोन्मेन्टबाट बहिर्गमन।
  • १ माघ २०६७:नेपालस्थित राष्ट्रसंघीय मिसन (अनमिन) को बिदाइ।
  • ८ माघ २०६७:माओवादी लडाकूहरूको शिविर (क्यान्टोन्मेन्ट) औपचारिक रूपमै विशेष समिति मातहत आएको घोषणा।
  • २२ चैत २०६८:सेना समायोजन प्रक्रिया टुंग्याउने विशेष समितिको निर्णय।
  • २८ चैत २०६८:प्रमुख दलहरूबीच लडाकू शिविर र हतियार सरकार मातहतमा ल्याउने सहमति, सबै क्यान्टोन्मेन्टमा नेपाली सेनाको तैनाथी, मुलुकमा द्वैध सैनिकको स्थिति अन्त्य।
  • ७ असोज २०६९:नेपाली सेनाद्वारा अन्य दर्जाका लागि १ हजार ३८८ र अधिकृत तहको परीक्षामा ७५ जना पूर्व लडाकू उत्तीर्ण भएको जानकारी।
  • १६ कात्तिक २०६९:प्रमुख दलहरूबीच लडाकूको सेनामा समायोजन तथा पुनर्स्थापना सम्बन्धी ७ बुँदे सहमति, समायोजनका लागि छानिएका लडाकू सेनाको जिम्मा।
  • ३० चैत २०६९:विशेष समिति भंग भएपछि औपचारिक रूपमै शान्ति प्रक्रिया सम्पन्न।
  • २१ असार २०७०:समायोजित १ हजार ३५१ पूर्व लडाकूद्वारा नेपाली सेनाको आधार सैन्य तालीम पूरा। अधिकृत तहमा समायोजित ७० जना तालीममै।

माओवादी युद्द को प्रभाव

  • १७,८२८ नेपालीको मृत्यु
  • १,४५२ बेपत्ता
  • ९,००० विधवा
  • ५,९१२ अंगभंग
  • २२,८६३ परिवार विस्थापित
  • १४,४३८ जनाको सम्पत्ति नष्ट

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]