माचू पिचू

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
माचू पिचू
80 - Machu Picchu - Juin 2009 - edit.2.jpg
माचू पिचू is located in पेरू
माचू पिचू
पेरूको नक्सामा माचू पिचू
स्थान कस्को क्षेत्र, पेरू
निर्देशांक 13°09′48″S 72°32′44″W / -13.16333, -72.54556}
उचाई २,४३० मीटरs (७,९७० फिट)
इतिहास
स्थापित अं. १४५०
परित्याग १५७२
संस्कृती इन्का सभ्यता
Official name: Historic Sanctuary of Machu Picchu
प्रकार मिस्रित
मापदण्ड i, iii, vii, ix
Designated १९८३ (7th session)
सन्दर्भ नं. 274
State Party  Peru
क्षेत्र Latin America and the Caribbean

माचू पिचू १५ औं सताब्दीमा कोलम्बियन पूर्वको युगको इन्का साम्राज्यको एक महत्वपूर्ण स्थान थियो । माचू पिचूको शाब्दिक अर्थ पुरानो पहाड भन्ने हुन्छ । यो स्थान समुद्र सतहबाट करिब २४३० मीटर (७९७० फीट) उचाइमा अवस्थित छ । माचू पिचू पेरूको उरुबाम्बा उपत्यका माथि कस्कोबाट करिब 80 किलोमीटर (50 मील) उत्तरपश्चिममा रहेको एक पर्वत श्रृंखलामा अवस्थित छ र यहि स्थान हुँदै उरुबाम्बा नदी बहन्छ । धेरैजसो पुरातत्वविदहरू माचू पिचू इन्का सम्राट Pachacuti (१४३८-१४७२)को लागि निर्माण गरिएको हो भन्ने कुरामा सहमत छन । अक्सर मानिसहरूले यसलाई "इन्का साम्राज्यको हराएको शहर"को रूपमा पनि परिचित गराउँछन, सम्भवत यो स्थान इन्का साम्राज्यको विश्वप्रशिद्ध प्रतीक हो ।

इन्का समुदायले सन् १४००को आसपासमा यसको निर्माण शुरू गरे, तर एक सताब्दी नबित्दै स्पेनिश साम्राज्य विस्तारको समयमा तत्कालिन शासकहरूको लागि आधिकारिक क्षेत्रको रूपमा छोडी दिए । हुनत स्थानीय स्तरमा यो क्षेत्र निकै प्रशिद्ध छ, तर सन् १९११मा अमेरिकी इतिहासकार हीराम बिंह्याम द्वारा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनुपूर्व बाहिरी सन्सारको लागि माचू पिचू अज्ञात थियो । त्यही समय देखि, माचू पिचू एक महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्यो, स्पेनिशहरूले इन्का साम्राज्यमाथि विजय प्राप्त गरी लुटपाट मच्चाएको यो स्थान एक सांस्कृतिक स्थलको रूपमा समेत महत्वपूर्ण छ ।

साम्राज्यवादीहरूको लुटपाटको साक्षी बनेको माचू पिचू सन् १९८१मा पेरूको ऐतिहासिक संरक्षित क्षेत्र र सन् १९८३मा यूनेस्को विश्व सम्पदा सूचीमा सूचिकृत स्थल घोषित भएको थियो । त्यस्तै सन् २००७ मा, माचू पिचू विश्वभर गरिएको इन्टरनेट सर्वेक्षणमा आधुनिक विश्वका सात आश्चर्यहरू मध्ये एकको रूपमा चुनिएको थियो ।

इतिहास[सम्पादन गर्ने]

माचू पिचू सन् १४५०को आसपासमा बनाइएको थियो । त्यतिबेला इन्का साम्राज्य चरम उत्कर्षमा थियो । तर एक सताब्दी नबित्दै स्पेनिश साम्राज्यवादीहरूको विजय सँगै यो स्थान मानव रहित अवस्थामा पुगेको थियो । केही इतिहासकार तथा पुरातत्वविदहरू स्पेनिश हस्तक्षेप पूर्व नै Smallpox रोगका कारण यहाँका वस्तिहरू उजाड भइसकेका थिए भन्ने मत राख्छन । हुन त तत्कालिन अवस्थामा कुनै स्पेनिशले यस स्थानको यात्रा गरेको कुनै प्रमाण छैन तर कुनै पिचु भन्ने ठाउँ छ भन्नेकुरा चाही उनीहरूलाई थाह थियो । त्यो समयमा स्पेनिशहरूले अन्य पवित्र स्थानहरूमा रहेका चट्टानहरू ध्वस्त पारिदिएका थिए तर माचू पिचूमा रहेका चट्टानहरूमा कुनै विध्वंस गरिएको थिएन ।

इतिहासकार हीराम बिंह्यामले यस स्थानलाई इन्का समुदायले एक सुरक्षित वासस्थानको रूपमा प्रयोग गरेको तथ्य प्रस्तुत गरेका छन । उनका अनुसार माचू पिचू इन्का समुदायका 'Virgins of suns'को जन्मस्थल हो । पुरातत्वविदहरू जोन रोव र रिचर्ड बर्गरले गरेको एक अनुसन्धानले माचू पिचू इन्का सम्राट Pachacuti (१४३८-१४७२)को लागि निर्माण गरिएको हो भन्ने कुरामा विश्वका पुरातत्वविदहरूलाई विश्वस्त गरेको छ । अर्का अनुसन्धानकर्ता जोहन रेइनहार्डले उक्त स्थानको भौगोलिक अवस्थिति र त्यस क्षेत्रमा रहेका पहाडहरूका कारण नै माचू पिचूलाई इन्का समुदायले पवित्र स्थानको रूपमा चुनेको हुनसक्ने तथ्यहरू पेशगरेका छन । माचू पिचूबाट अन्तरीक्षमा हुने विभिन्न घटनाहरूको अवलोकन गर्न सहजहुने भएकोले पनि यो स्थान इन्का समुदायको लागि महत्वपूर्ण थियो ।

अर्का पुरातत्वविद जोहन रेइनहार्ड माचू पिचू इन्का समुदायको एक पवित्र धार्मिक स्थल थियो भन्ने विस्वास गर्छन । उनको सिद्धान्तले मुख्य रूपमा माचू पिचूको भौगोलिक अवस्थितिलाई जोड दिएको छ । उच्च पहाडी भूभागमा निर्माण गरिएको यो स्थान इन्का समुदायका लागि धार्मिक महत्व बोकेको पवित्र स्थल थियो त्यसैले उनिहरूले माचू पिचूलाई आफ्नो बासस्थान बनाए । रेइनहार्ड यसलाई "पवित्र भूगोल"को उपमा दिएकाछन । जुन पहाडको नामबाट माचू पिचूको नामाकारण गरियो त्यो पहाडमा निर्माण गरिएका संरचनाहरूमा इन्का समुदायका मानिसहरूले धार्मिक कार्यमा चढाएका सामाग्रीहरू गाडिएको अवस्थामा पाइएका छन । यस्ता संरचनाहरू अन्य प्रमाणित इन्का समुदायका धार्मिक स्थलहरूमा पनि पाइने तथ्य रेइनहार्डले अघिसारेका छन । यस क्षेत्रमा कुदिएका ढुंगाहरूमा पाइएका कलाकृतिहरू तथा गुप्त लिपिहरूको बारेमा तत्कालिन स्पेनिस घुसपैठीयाहरूले -यस्ता किसिमका भवनहरू धार्मिक महत्वका हुन भनी लेखेका पाइएको छ । रेइनहार्डले प्रसतुत गरेको यो तथ्य सबैभन्दा ठोस सबूत मान्न सकिन्छ किनकि वास्तव मै यस्ता कलाकृतिहरू अन्य धार्मिक स्थलहरूमा पनि पाइन्छन् र यो स्वभाविक पनि हो कि धार्मिक महत्वका वस्तुहरू पवित्र स्थान मै राखिन्छन् ।

एउटा अर्को सिद्धान्त अनुसार माचू पिचू इन्का समुदायको llaqta थियो, जुन तत्कालिन अवस्थामा विजय प्राप्त क्षेत्रहरूको अर्थव्यवस्थामा नियन्त्रण गर्न निर्माण गरिएको वस्ति थियो । त्यस्तै केही इतिहासकारहरू अझैसम्म पनि यो स्थान इन्का समुदायको बिरुद्ध जघन्य अपराध गर्ने अपराधिहरूको लागि एक जेलको रूपमा निर्मित गरिएको हुनसक्ने दावी गर्छन । एक वैकल्पिक सिद्धान्तले माचू पिचू एक कृषि परीक्षणस्थल थियो भन्ने तथ्यहरू समेत प्रस्तुत गरेको छ । उक्त स्थानमा सानो भूगोल भित्रनै गहरा निर्माण गरी विभिन्न अलग-अलग हावापानीमा हुर्कने बालीको परिक्षण सम्भव भएकोले इन्का समुदायले उक्तस्थानमा वस्ती निर्माण गरेका थिए । यो सिद्धान्तले माचू पिचूमा रहेका खेतियोग्य गहराहरू ठूलोमात्रामा अन्न उत्पादनको लागि नभएर कस्तो हावापानीमा कुन बाली लगाउन सकिन्छ भन्ने परिक्षणगर्नको लागि मात्र पर्याप्त भएको तथ्य प्रस्तुत गरेको छ । यो सहर देवताहरूको वासस्थानको रूपमा वा राजाहरूको राज्याभिषेकको लागि बनाइएको थियो भन्नेहरूको पनि कमि छैन ।

तत्कालिन इन्का साम्राज्यको राजधानी सहर कस्कोबाट करिब ८० किलोमीटर (५० मील)को दुरिमा रहेको भएपनि, स्पेनिशहरूले माचू पिचूको अस्तित्वको भेउपाउन सकेनन । फलस्वरूप जुन रूपमा अन्य इन्का सहरहरू स्पेनिशहरूबाट लूटिए वा नष्ट गरिए त्यो नियती यसले भोग्नुपरेन । समय बित्दैजाँदा वरपरका जङ्गलको वृद्दिसँगै उक्त स्थान बाहिरी दुनियासँग अलगियो, थोरै मानिसहरूले मात्र यो स्थानको बारेमा चालपाएका थिए ।

सन् १९११मा लिइएको माचू पिचूको तस्विर

सन् १९११को जुलाई २४ तारिखमा अमेरिकी इतिहासकार हीराम बिंह्यामले माचू पिचू तर्फ अन्तर्राष्ट्रिय अध्ययनकर्ताहरूको ध्यानाकर्षण गराएका थिए । येल विश्वविद्यालयमा प्राध्यापक रहेका बिंह्याम स्पेनिशहरूबाट लखेटिएका इन्का समुदायहरूले अन्तिम पटक शरण लिएर वासस्थानको रूपमा प्रयोग गरेको Vilcabamba सहरको खोजिको क्रममा उक्त स्थानमा पुगेका थिए । त्यस भन्दा पहिला पनि उनले उक्त क्षेत्रको वरपरका भूभागहरूको पटक-पटक यात्रागरी अनुसन्धान तथा खोजीकार्य गरेका थिए । पाब्लितो अल्वरेज नाम गरेको स्थानीय ११ बर्षको केच्वा (Quechua) जातिको बालकले बिंह्यामलाई उक्त स्थानको जानकारी दिएका थिए । त्यो समयमा केही केच्वा जातिका मानिसहरू इन्काहरूले निर्माण गरी छोडेका भवनहरूलाई नै बासस्थानको रूपमा प्रयोग गर्दै माचू पिचूमा बसोबास गर्दथे । हिराम बिंह्यामले माचू पिचू र आसपासको क्षेत्रमा विभिन्न पुरातात्विक वस्तुहरूको अध्ययन गरे । उनले त्यो क्षेत्रको पूर्ण अवलोकन तथा सर्वेक्षण गरेपश्चात माचू पिचूलाई इन्का समुदायको हराएको सहर भनी नामाकरण गरे, यो बिंह्यामको पहिलो पुस्तकको शीर्षक पनि थियो । सन् १९१५ तिर बिंह्यामले धेरै पटक उक्त स्थानको भ्रमण गरे र त्यहाँ विभिन्न स्थलहरूमा उत्खनन गरी धेरै कलाकृतिहरू संकलन गरे । उनले आफ्नो जीवन अवधि भर माचू पिचूको आविस्कारको बारेमा धेरै पुस्तक तथा लेखहरू लेखे ।

सन् १९१३ अप्रिल महिना भर नेशनल जिओग्राफिक सोसाइटीले आफ्नो प्रकाशनमा माचू पिचूलाई स्थान दिएपछि दुनियाको नजरबाट हराएको यो सहर विस्तारै बाहिरी सन्सारमा परिचित हुन पुग्यो ।

सन् १९८१मा पेरूको सरकारले माचू पिचू र यस आसपासको ३२५.९२ वर्ग किलोमिटर क्षेत्रलाई 'ऐतिहासिक संरक्षित क्षेत्र' घोषणा गर्‍यो । यो संरक्षित क्षेत्रमा पुरातात्विक महत्वको भग्नावशेषका अलावा वानस्पतिक तथा जैविक विविधता युक्त घना जङ्गलहरू समेत रहेकाछन । आर्द्र तथा घना जङ्गलले ढाकेको यो क्षेत्र पर्यावरणीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण छ ।

सनन् १९८३मा युनेस्कोले माचू पिचूलाई विश्व सम्पदा क्षेत्रको रूपमा घोषणा गर्‍यो । युनेस्कोले यस क्षेत्रलाई प्राचिन इन्का सभ्यताको वास्तुकलाको अनुपम र अतुलनीय नमुनाको रूपमा वर्णन गरेको छ ।

विश्व भरका स्मारक क्षेत्रहरूको संरक्षणमा योगदान पुर्याइरहेको विश्व स्मारक क्षेत्र संरक्षण कोष (World Monuments Fund)ले सन् २००८मा माचू पिचूलाई वातावरणीय ह्रासका कारण खतरामा परेका १०० स्थानहरूमा सुचिकृत गरेको छ । अनियन्त्रित पर्यटन, नजीकै रहेको सहर Aguas Calientesमा भइरहेका विकास निर्माणका कार्यले गर्दा यो क्षेत्रको वातावरण दिनप्रतिदिन खस्कदो अवस्थामा छ । अदालतको आदेश तथा सरकारी हस्तक्षेपको समेत बेवास्ता गर्दै Vilcanota नदीमा निर्माण भएको पुलले यस क्षेत्रमा मानिसको आवतजावत ह्वात्तै बढेको छ ।

प्रारम्भिक अध्ययन[सम्पादन गर्ने]

हुनत माचू पिचूलाई इतिहासकार हिराम बिंह्यामले नै बाहिरी विश्वसँग परिचित गराएका थिए तर उनी भन्दा पहिला नै अरू धेरै मानिसहरूले यसको अस्तित्वको बारेमा थाह पाइसकेका थिए । कस्को क्षेत्रमा लामो समय अनुसन्धान गरिसकेका सिमोन वाइसबर्डले सन् १९०१को जुलाई १४मा Enrique Palma, Gabino Sánchez र Agustín Lizárraga नामगरेका तीन व्यक्तिहरूले माचू पिचूमा भएका चट्टानहरूमा आफ्नो नाम खोपेका थिए भनेर दावी गरेका थिए । त्यस्तै सन् १९०४मा एकजना फ्र्याङ्कलिन नाम गरेका इन्जिनियरले टाढाको पहाडबाट माचू पिचूमा रहेको भग्नावषेस देखेका थिए भनिन्छ । उनले यस स्थानको बारेमा तत्कालिन बेलायती क्रिश्चियन मिसीनरी Thomas Payneलाई भनेका थिए भनेर Payneको परिवारले दावी गरेका थिए । उनीहरूका अनुसार सन् १९०६मा Payne र Stuart E. McNairn (१८६७-१९५६)ले माचू पिचूको भग्नावषेस सम्म पुगेर त्यसको अवलोकन पनि गरेका थिए ।

प्राप्त तथ्यहरू अनुसार जर्मनीका अगस्टो बर्न्स नाम गरेका एक व्यापारीले सन् १८६७मा माचू पिचू पत्ता लगाएर त्यहा भएका महत्वपूर्ण सामाग्रीहरू उठाऐर लगेका थिए । त्यस्तै जेएम भन ह्यासल नाम गरेका जर्मन इन्जिनियरले पनि उक्त स्थानको यात्रा गरेका प्रमाणहरू पाइएका छन । इतिहासकारहरूले फेलापारेका केही नक्साहरूले माचू पिचू सन् १८७४ भन्दा अगाडि नै पत्ता लागिसकेको तथ्य प्रस्तुत गरेका छन ।

भौगोलिक अवस्था[सम्पादन गर्ने]

माचू पिचू पृथ्वीको उत्तरी गोलार्द्धमा, भूमध्यरेखा देखि करिब १३ डिग्री दक्षिणमा अवस्थित छ । पेरुको प्राचिन सहर कस्कोबाट करिब ८० किलोमीटर उत्तरपश्चिममा रहेको माचू पिचू पहाडको काखमा रहेको यो स्थान समुन्द्री सतह देखि २,४५० मिटर अर्थात ८,०४० फिट उचाइमा रहेको छ । समुन्द्री सतह देखि ३,६०० मिटर अर्थात ११,८०० फिट उचाइमा रहेको इन्का समुदायको राजधानी सहर कस्को भन्दा होचो स्थानमा रहेको हुनाले माचू पिचूको हावापानी केही न्यानो छ । माचू पिचू दक्षिण अमेरिका भरिकै सबैभन्दा धेरै पुरातात्विक महत्वको स्थान हो भने पेरू तथा ल्याटिन अमेरिकाभरिकै सबैभन्दा धेरै मानिसले भ्रमण गर्ने पर्यटकीय गन्तव्य पनि हो ।