मातृ मृत्युदर
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अगस्त २०१२) |
मातृ मृत्युदर महिला गर्भवती हुँदा वा बच्चा जन्माउने क्रममा वा कारणले हुने मृत्युको दर भन्ने बुझिन्छ। विश्व स्वास्थ्य संगठनको अनुसार गर्भावस्था र सुत्केरी भएको ४२ दिन (६ हप्ता) सम्मको अवधिमा गर्भवती वा सुत्केरीका कारणबाट हुने मृत्यु नै मातृ मृत्यु हो। प्रतिवर्ष प्रति १००००० जीवित जन्ममा गर्भधान,बच्चा जन्माउदाको जटिलता अथवा सुत्केरी भएको ४२ दिन भित्र प्रसवजन्य व्यथाबाट हुने आमाहरूको मृत्युसंख्या भने मातृमृत्युदर हो।