मानव विकास सूचकाङ्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(मानव विकास सूचकांकबाट अनुप्रेषित)

मानव विकास सूचकाङ्क मानवको जीवन अपेक्षा, शिक्षा र आय सूचकाङ्कलाई प्रयोग गरेर निकालिएको समग्र तथ्याङ्कले कुनै पनि देशको मानव विकास निकाल्ने गरिन्छ। मानव विकास सूचकाङ्कलाई सन् १९९० मा पाकिस्तानी अर्थशास्त्री महबुब उल हक र भारतीय अर्थशास्त्री अमर्त्य सेनद्वारा सिर्जना गरिएको थियो[१] र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा प्रकाशित भएको थियो ।[२]

सन् २०१० मा मानव विकास प्रतिवेदनमा असमान-समायोजित मानव विकास सूचकाङ्क सुरु गरिएको थियो। सरल मानव विकास सूचकाङ्क पनि उपयोगी रहेको छ, तर असमान-समायोजित मानव विकास सूचकाङ्कको उपयोगले (असमानताको लागि लेखाङ्कन) मानव विकासको वास्तविक तह र क्षमता "मानव विकास सूचकाङ्क" निकाल्न सकिन्छ।

विश्वको नक्सा
मानव विकास सूचकाङ्कका श्रेणीहरू प्रस्तुत गरिएको विश्वको नक्सा (सन् २०१९ को तथ्याङ्कमा आधारित, सन् २०२० मा, प्रकाशित)
  अति उच्च (≥ ०.८००)
  उच्च (०.७००–०.७९९)
  मध्यम (०.५५०–०.६९९)
  निम्न (≤ ०.५४९)
  तथ्याङ्क उपलब्ध नभएको
विश्वको नक्सा
मानव विकास सूचकाङ्कको आधारमा देशहरू वा क्षेत्रहरूको विश्वको नक्सा, ०.०५० को वृद्धिमा प्राप्ताङ्क (सन् २०१९ को तथ्याङ्कमा आधारित, सन् २०२० मा, प्रकाशित)
  ≥ ०.९००
  ०.८५०–०.८९९
  ०.८००–०.८४९
  ०.७५०–०.७९९
  ०.७००–०.७४९
  ०.६५०–०.६९९
  ०.६००–०.६४९
  ०.५५०–०.५९९
  ०.५००–०.५४९
  ०.४५०–०.४९९
  ०.४००–०.४९९
  ≤ ०.३९९
  तथ्याङ्क उपलब्ध नभएको

मानव विकास सूचकाङ्क निरपेक्ष नभई सापेक्ष हुन्छ। यो सूचकाङ्कको गणना गर्दा मुख्य तीन सूचकहरु औसत आयु, साक्षरता र प्रति व्यक्ति आयलाई समावेश गरिन्छ। स्वास्थ्यको बारेमा सबै किसिमका सूचनाहरु समेट्न कठिन हुने हुदा स्वास्थ्यको सांराशको रूपमा प्रत्याशित आयुलाई समावेश गरिन्छ। शिक्षाको सरल सारांश नापको रूपमा औसत साक्षरता दर र स्कूल भर्ना दरको औसतलाई समावेश गरिन्छ। जीवन यापन स्तरको नाप गर्न प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादनबाट उपलब्ध औसत क्रयशक्तिको आधारमा प्रति व्यक्ति आय गणना गरी समावेश गरिन्छ । माथिको तीनवटै सूचकहरूलाई यसप्रकार उल्लेख गरिएको छ।

स्वास्थ्य[सम्पादन गर्नुहोस्]

औसत आयुले अनुमानित रूपमा मानिसको जीवित रहने प्रत्याशा भन्ने बुझाउ“छ । यो मुख्यतः शिशु मृत्युदरमा भर पर्ने हु“दा शिशु मृत्युदर कम हुने देशका मानिसको औसत आयु बढी हुन्छ भने शिशु मृत्युदर बढी हुने देशका मानिसको औसत आयु कम हुन्छ । पोषण र स्वास्थ्य सुविधा धेरै हुने ठाउ“मा शिशु मृत्युदर कम हुने हु“दा औसत आयुले स्वास्थ्यका बारेमा सुचना प्रदान गर्छ । स्वास्थ्यको सर्वोत्तम नाप आयु प्रत्याशालाई मानिएको छ कनिभने यसले एकातिर पोषणको कुराालई धयनमा राख्छ भने अर्कातिर शिशु मृत्युदरलाई पनि ध्यान दिएको हुन्छ । आयु प्रत्याशा नाप गर्न सम्पूर्ण जनसङ्ख्याको प्रत्येक उमेर समूहको जनसङ्ख्याको जीवितता अनुपातको जनसांख्यिक इतिहास विश्लेषण गरिन्छ । यस नापमा स्वास्थ्यको जुन नाप प्रयोग गरिन्छ त्यसालई जन्मका समयको आयु प्रत्याशा भनिन्छ । किनभने प्रत्येक उमेर समूहको आयु प्रत्याशा फरक फरक हुन्छ । आयु प्रत्याशाका उच्चतम र न्यूनतम अंकहरूको अन्तरको तुलनात्मक मान निकालेर आयु प्रत्याशा सूचक प्राप्त गरिन्छ । आयु प्रत्याशाको उच्चतम र न्यूनतम मान सं.रा.सं.ले अहिलेलाई ८५ वर्ष र २५ वर्ष लिएको छ ।

ज्ञान र सूचना[सम्पादन गर्नुहोस्]

औसत साक्षरताले शिक्षाको सम्बन्धमा देशले कतिको उन्नति गरेको छ भन्ने कुरा व्यक्त गर्छ । देशमा जति धेरै शिक्षित हुन्छन् त्यति नै देशको आर्थिक र सामाजिक विकास गर्न सजिलो हुन्छ । औसत साक्षरता दरमा प्रौढ साक्षरता र स्कूल भर्ना दरलाई समावेश गरिएको हुन्छ तर त्यसमा उच्च शिक्षा तर्पmको उपलब्धीलाई भने समावेश गरिदैन । प्रौढ साक्षरतालाई बढी भार दिइन्छ र विद्यालय भर्ना दरलाई कम भार दिइन्छ । यी मानहरूको पनि अधिकतम र न्यूनतम उपलब्धिको तुलनात्मक मान प्राप्त गरिन्छ । जसलाई साक्षरता सूचक भनिन्छ । यी दुवै उपलब्धिको अधिकतम र न्यूनतम मान क्रमशः १०० र ० मानिएको छ ।

आर्थिक स्तर[सम्पादन गर्नुहोस्]

प्रति व्यक्ति आय एउटा महत्त्वपूर्ण आर्थिक सूचक हो । जसले देशमा मानिसहरूलाई मर्यादित जीवनस्तरमा बा“च्नका लागि आवश्यक पर्ने साधनहरु कत्तिको प्राप्त छन् भन्ने कुराको सूचना प्राप्त हुन्छ । प्राचीन अवधारणामा प्रतिव्यक्ति आय वा राष्ट्रिय आयलाई नै मानवीय विकासको प्रमुख सूचक मानिन्थ्यो । अहिले आयलाई महत्त्व दिइएको छ । तथापि सम्पूर्ण सूचक मानिएको छैन । प्रति व्यक्ति आयले क्रय शक्तिको ठीक नाप दिन नसक्ने हुंदा सर्वप्रथम त्यसलाई क्रयशक्तिमा रुपान्तर गरिन्छ । त्यसैले यस नापको नाम प्रतिव्यक्ति आय क्रय शक्ति सूचक (पी पी पी) हो । प्रतिव्यक्ति आय क्रय शक्ति कसरी अनुमान गर्ने ? प्रति व्यक्ति आय क्रय शक्ति पत्ता लगाउन क्रयशक्ति समताको प्रयोग गरिन्छ । यसको कारण के हो भने प्रति व्यक्ति आयले भन्दा क्रय शक्ति समताले आयको वास्तविक जानकारी प्राप्त हुन्छ । क्रय शक्ति समतालाई एउटा उदाहरणद्वारा व्याख्या गर्न सकिन्छ । मानौ. एउटा ब्रेड जुन नेपालमा ५० रु मा पाइन्छ त्यस्तै ब्रेडलाई अमेरिकामा एक डलर पर्छ । मुद्राको विनिमय दर अनुसार १ यु एस डलरले १०० नेरु साट्न सकिन्छ भने नेपालमा १ डलरले २ वटा ब्रेड किन्न सकिन्छ । यदि नेपालको प्रति व्यक्ति आय ५०० यु एस डलर छ भने नेपालको क्रय शक्ति समता ५०० डलरको २ गुना बढी हुन्छ । यस क्रय शक्तिको अधिकतम मान ४०००० डलर तथा न्यूतनम मान २०० डलर मानिएको छ ।

मानवीय विकास सूचक HDI निकाल्ने तरीका[सम्पादन गर्नुहोस्]

HDI निकाल्न प्रत्येक सूचकको अधिकतम र न्यूनतम अङ्क थाहा हुनु पर्दछ । यी उच्चतम र न्यूनतम अङ्क सं.रा.सं.ले गणना गरेको हुन्छ ।
तीनवटै सूचकसंग कुनै देशका सम्बन्धित उपलब्धिहरु तुलना गरेर छुट्टा छुट्टै सूचक अङ्क प्राप्त गरिन्छ र सबैको औसत प्राप्त गरे पछि HDI प्राप्त हुन्छ। HDI कोमान ० र १ को बीचमा हुन्छ । १ ले सबै क्षेत्रमा शत प्रतिशत उन्नति भएको देखाउछ ।
निम्नलिखित उदाहरणमा HDI निकाल्ने विधिलाई स्पष्ट गरिएको छ ।
मानौं नेपालको प्रति व्यक्ति आय ७५० यु एस डलर,
आयु प्रत्याशा ६५ वर्ष,
साक्षरता दर ६५ प्रतिशत र प्राथमिक तहमा भर्ना दर ७५ प्रतिशत छ ।

१. आयु सूचक[सम्पादन गर्नुहोस्]

६५–२५= ४० र ८५–२५=६० लाई भाग गर्ने ४०÷६० = ०.६६७

२. शैक्षिक स्तर सूचक[सम्पादन गर्नुहोस्]


क) भर्ना सूचक ७५–०=७५ र १००–० =१००लाई भाग गर्ने ७५÷१००= ०.७५०
ख) प्रौढ साक्षरता सूचक ६५–०= र १००–० लाई भाग गर्ने ६५÷१००=०.६५०
दुवैलाई अलग अलग भार दिएर औसत प्राप्त गर्ने ०.६६७(०.७५०)+०.३३३(०.६५०) =०.५००२५+०.२१६४५=०.७१६७

३. प्रति व्यक्ति आय क्रय शक्ति समता सूचक[सम्पादन गर्नुहोस्]

माथिको उदाहरण अनुसार ७५० प्रति व्यक्ति आयको क्रय शक्ति यसको २ गुना अर्थात् १५०० हुन्छ ।
आय सूचकको गणना यस प्रकार छ–
१५००–२००= १३०० तथा ४००००–२००= ३८८०० लाई भाग गर्ने १३००÷३८८००=०.०३३५
तीनवटै औसतको सूचक अर्थात् (०.६६७+०.७१६७+०.०३३५)÷३=०.४७२४ नै एच डी आई हुन्छ ।
मानव विकास सूचक अंकको विश्लेषण निम्नलिखित प्रकार गरिन्छ ।

  • न्यून माविसू ०–०.५
  • मध्यम माविसू ०.५–०.७९९
  • उच्चतम माविसू ०.८०– १

सन्दर्भ सुची[सम्पादन गर्नुहोस्]

  1. "The Human Development concept", UNDP, अन्तिम पहुँच ७ अप्रिल २०१२ 
  2. "United Nations Development Programme", Undp.org, २०१३-०५-२६, अन्तिम पहुँच २०१३-०५-३०